Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै


राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

संतोष कुमार यादव
बिष्णुपुर (सिरहा) / सिरहा जिल्लाको श्री जनता मा.बि.प्राविधिक बिद्यालय २००७ सालमा स्थपना भएको थियो । पहिले उक्त विद्यालय लल्भितिया र कोवाहाको बिचमा पर्ने पाकड रुखको नजिक थियो । पछि राजपुरका केहि मानिसहरु सो स्कुललाई राजपुरमा सारे । विद्यालयको पहिले प्र.अ. असरफी यादव थियो । त्यस्तै यस विधालयबाट सुर्यनाथ यादव ,मदन यादव ,जिवछ यादव राम सेबक यादव,लागायत कयौँ प्रधानाध्यापकहरु अवकास पाइसकेको छ । यिनिहरुको पालेमा जसो गरे पनि पढाई लेखाई राम्रो चल्दै आईरहेको थियो ।

राम सेवक यादवको पालामा उच्च शिक्षाकोअध्यापन सुरु गरियो । सो समयमा पनि शिक्षक ,शिक्षिकाहरुको कमि नै थियो ।कक्षा १० मा शिक्षकको कमिका कारण प्रधानाध्यापक रामसेबक यादवले निजि स्रोतवाट पवन दास, शिवशंकर कामती र कबिता यादवलाइ राखे । शिवशंकर कामती पछि विजय यादव बिजय यादव पछि सरिता यादवलाई शिक्षकमा राखे ।
प्रधानाध्यापक राम सेवक यादवको पालामा वनेको व्यवस्थापन समितिका अध्यक्ष शंकर यादबले पनि आफ्नै नातोदार पर्ने दुईजना रामसागर यादब र सरोज यादबलाई अस्थाई नियुक्ती दियो ।

पछि रामसागर यादवले लोकसेवामा स्वास्थ्य तर्फ नाम निकालेर स्थायी जागीरमा प्रवेश गरे । अर्को निजि श्रोतका शिक्षक सरोज यादव पनि स्थायी सेवामा प्रवेश गरे । प्लसटु संचालनमा भुख्य भुमिका खेलेका कुसेश्वर यादवले चार लाख साप्टी (ऋण) लिई र प्रधानाध्यापक राम सेवक यादवको सहयोगमा प्लसटुको कक्षा संचालन गरेपछि स्कुलको पोखरी बडकि गिदरमारी र स्कुलको लगभग दुई बिघा जग्गाका स्रोतबाट ऋण साप्टी चुक्ता गरे । तर पनि केहि दिन नबित्दै कक्षा बन्द भयो ।

२०७२ सालमा प्रधानाध्यापक राम सेवक यादवकै पालामा अर्को विद्यालय व्यवस्थापन समिति बने । त्यसको अध्यक्षमा फुलगेन यादव मनोनित भयो । अध्यक्ष भए लगतै धेरै प्रतिबद्धताहरु जनाए । त्यस क्रममा कयौं कामहरु भयो । जस्तैः भवन निर्माण, शैक्षिक कार्यक्रम र पावर पहुँचकै कारण नै रामरतण यादव, प्रदिप यादव ,मोहन यादव, कविता यादव र श्याम किशोर यादब लाई नियुक्ति गरियो ।

तर, एउटा राम्रो शिक्षिका सरिता यादवलाई राजनीतिक दवावका कारण हटाईयो । विद्यालयमा स्थानीय र व्यवस्थापन समितिको हर–हिसाब माग्ने क्रममा भैm–भगडाको सुरुवात भयो यस्ता घटनाहरु पटक पटक भए र दोहरिए । पछि मुलुकमा संघियता आईसकेपछि तिन तहको सरकार बन्यो । जस्मा पहिलो स्थानीय तहको निर्वाचनमा सिरहाको बिष्णुपुर गाउँपालिकाको अध्यक्षमा जागेश्वर यादव निर्वाचित भयो । स्कुलको पोखरीहरू पालिकाको मातहतमा पालिकाले गरे । विद्यालय भवन भुकम्पीय सुरक्षा कार्यक्रम अन्तर्गत एसएसडिपी केन्द्रले १५ लाख रुपैयाँ स्कुललाई हस्तान्तरण गरे ।

तर पावरको दुरुपयोग गरी तत्कालिन पालिका अध्यक्ष जागेश्वर यादवले ज. मा. बि. राजपुरको १५ लाख रकम कटौती गरेर अधारभुत विद्यालय रजोखर लगियो तर यहिले पनि अधारभुत विद्यालय रजोखरको जग्गा ब्यक्तिकै नाममा रहेको छ ।प्रधानाध्यापक राम सेवकको पालामा तेस्रो विद्यालय व्यवस्थापन समितिमा दिनेश यादव ,प्रदिप यादव ,बुलोदेबी यादव, प्रमिला यादव लगायत चार सदस्यहरु मनोनित भयो । केहि दिनमा प्रधानाध्यापक राम सेवक यादव अवकास भए । निमित्त प्रधानाध्यापकको रुपमा जागेश्वर कामतीलाई अधिकार दियो तर पालिकाको पावर तथा व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि निमित्त प्रधानाध्यापकबाट जागेश्वर कामतीलाइ हटाई निमित्त प्रधानाध्यापक शिवदयाल यादवलाई बनाईयो । केहि दिनमा पुनः गाउँपालिका अध्यक्ष अर्को प्रधानाध्यापक शत्रुधन यादवलाई ज.मा.वि. राजपुरमा ल्याईयो तर व्यवस्थापन समितिका अध्यक्ष आफ्नो मान्छेलाई बनाउन असफल भयो ।

विद्यालय व्यवस्थापन समिति सदस्यहरुलाई आ–आफैमा भागबण्डा तथा अध्यक्षको तालमेल नमिलेको कारणले भै– झगडाको सुरुवात भयो र जि.प्र.का. मा विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेश यादवलाई चुनियो । बुलोदेवीको अध्यक्षतामा केहि मिटिङ्गहरु पनि सुरुवात भए तर शिक्षक नियुक्ति गर्न पाएन ।

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवले विद्यालय व्यवस्थापन समितिका सदस्य बुलोदेबी यादवको छोरा रामबिनय यादवलाई पालिकाले प्राविधिक शिक्षक कमप्युटर अपरेटरमा नियुक्ति गरियो । अर्को स्थानीय तहको चुनाव जागेश्वर यादव हारे लगतै राम बिनय यादवलाई हटाईयो । र इ. नरेश यादवलाई दैनिक ज्यालादारीको रुपमा राख्यो । केहिदिनपछि लेखा परिक्षण सरोज यादव, इ. नरेश यादव र प्रधानाध्यापक शत्रुधन यादव बिच एउटा चेकको कारणले हातपात भयो । केहिदिन पछि ज.मा.वि. प्राबिधिक राजपुर पास भई बिभिन्न बिभागमा काम गरिरहेका विद्यालयहरुले पुर्व बिद्यार्थी समाज ज.मा.वि. प्राबिधिक राजपुर गठन गरियो । उनिहरुको एउटै उदेश्य थियो कि आफुहरुले पढेका विद्यालय सुधारको लागि केहि गरु र विधालयलाइ राजनीतिक चपेटबाट मुक्त गरु । तर असफल भयो ।

विधालयमा झन झन राजनीति बढ्दै गयो । प्रधानाध्यापक शत्रुधन यादव स्टाफ मिटिङ्ग गरी काजमा बिष्णुपुर गाउँपालिका वडा नं– १ गोरीपुर स्कुलमा गए र निमित्त प्रधानाध्यापक रुपमा प्रदिप यादवलाई जिम्मेबारी दिईयो । जवकि नियम र कानुनले निमित्त प्रधानाध्यापकको रुपमा पवन दास हुनु पर्ने थियो तर जातिय तथा राजनीतिक दवावको कारण निमित्त प्रधानाध्यापक प्रदिप यादवलाई नै बनाईयो । २०८० माघ २१ गते विद्यालय व्यवस्थापन समितिको चुनाव भयो । जसमा प्रदिप यादव, जयनन्दन यादव, सिता पासमान र मनिसा यादव निर्वाचित भयो । विद्यालयमा राजनीतिक दलहरु त राजनीति गर्छ नै तर विद्यालयका कयौं शिक्षकहरु पनि नेताको चाकरी गर्न छोडेको छैन् ।

विधालय व्यवस्थापन समितिको चुनाव भएको महिनौ बित्दा पनि विद्यार्थीको पठन पाठनमा केहि सुधार भएको देखिदैन् । व्यवस्थापन समितिको २०८० माघ २१ निर्वाचन भए पनि अध्यक्ष पदको लोभ र मोटो रकम कमाउने दाउमा व्यवस्थापन समितिका सदस्यहरु रहेको मेरो ठहर छ । कतिपय सदस्यहरु त चुनावमा लाखौ खर्चगरी निर्वाचनमा बिजय भए लगतै अध्यक्ष तथा शिक्षक नियुक्तिमा मोटो रकम कमाउने दाउमा लागि परेकोछ । निर्वाचनमा लाखौं खर्च गरेको पैसा विद्यालयमा करोडौं कमाउने दाउमा छ ।

यहाँ व्यवस्थापन समिति भएपनि अध्यक्षको लागि जहिले नि झै–झगडा हुने गर्छ । विद्यालयमा शिक्षकहरुको कमिले गर्दा कक्षा १० को म्याथ, साईन्स तथा ओपिटी म्याथ बिषयको कक्षा नै संचलन हुदैन् । झन प्लसटु को त कहिले क्लास नै हुदैन् । प्लसटुमा पढने विद्यार्थी अधिकांस दलित मजदुर र किसानका छोराछोरी छन् । बालबालिकाहरु क्लास नै नगरी परिक्षा दिन्छ । तर केहि राजनीतिक दलका नेताहरुले विद्यालयमा राजनीति गरि ति दलितर मजदुरका छोराछोरीहरुको भविष्यसंग खेलबाड गरिरहेको छ । कहिले सुधार होला राजपुरको विद्यालयको पठन पाठन यो युवा पुस्ताको लागि चिन्ताको बिषय हो ।

साझा खोज

साझा खोज

Next Post
अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

सरकारले राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको रक्सी अनिवार्य गर्ने

सरकारले राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको रक्सी अनिवार्य गर्ने

मधेश सरकारले गुरूदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा झुकाउने

मधेश सरकारले गुरूदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा झुकाउने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.