काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनका लागि भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो ।
गृह मन्त्रालयले भर्ना प्रक्रियाका लागि म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । प्रवक्ता राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।











तपाईको ईमेल गोप्य राखिनेछ