लहान २४, जेठ । सिरहाको अर्नमा गाउँपालिकामा आज स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम (ट्यांकी) वितरण गरेको छ । ३ सय ९० जना दलित कृषकहरुलाई उक्त सामग्री पालिक अध्यक्ष अशोक यादव र वडा नं. ३ का वडा अध्यक्ष महेश प्रसाद यादवले संयुक्त रुपमा वितरण गरेको हो ।
अशा परियोजना मार्फत INF/UK को आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह ( सहास) नेपाल संस्थाद्धारा उक्त समाग्री खरिद गरिएको थियो । दलित विपन्न परिवारलाई आर्गानिक तरकारी खेती तर्फ आकर्षित गर्नुको साथै जिविकोपार्जन र आयआर्जनमा सुधार ल्याउने उदेश्यले सो सामग्री वितरण गरिएको आयोजक संस्थाले जनाए ।
प्रत्येक कृषकलाई एक / एक वटाका दरले १६ लिटरको स्प्रेयर ट्यांकी र ६० लिटरको ड्रम (ट्यांकी) वितरण गरिएको छ ।













तपाईको ईमेल गोप्य राखिनेछ