लहान १२, असार । हिजो रातीदेखि आएको बर्षाको कारण सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ४ सन्तनगर टोलको दर्जनौ घरहरु डुवानमा परेको छ । गाउँको बिच बस्तीमा रहेको सानो पोखरी (डबरा) मा पानी जमेपछि स्थानियहरुको घर आँगनमा पानी पसेकोले बिजोग अवस्था सृजना भएको स्थानीय बलराम चौधरीले बताए । पानीको निकासका लागि आज बिहानैदेखि युवाहरु आफ्नै जन–श्रमदानमा खटिरहेको छन् । नगरपालिकालाई पटक / पटक जानकारी गराउँदा पनि वेवास्ता गरकोले आफ्नै जनश्रमदानमा आफुहरु पानीको निकासको लागि कुलो निर्माण गर्न खटिएको अर्का युवा जय प्रकाश चौधरीले बताउनुभएको छ । टोलका करिब ५० / ६० जनाको युवाहरुको एक समूहले आज विहानै देखि उक्त कार्यमा जुटेको हो । बीच बाटो र टोलमा पानी जमेकोले आवतजावत गर्न समस्या भैरहेको स्थानीयहरुले बताएका छन् ।
फोटो हेर्नुहोस् ।












तपाईको ईमेल गोप्य राखिनेछ