लहान २३, पौष । लहान नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित पोषण विशेष कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ ।
नगर प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न पोषण सम्बन्धी पालिका स्तरिय समिक्षा गोष्ठी कार्यक्रममा अगामी आर्थिक बर्षमा संचालन भएको कार्यको प्रगति सम्पादनमा प्राप्त भएका उपलब्धि, सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल भई चालु आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक कार्ययोजना समेत तयार भएको जनाइएको छ ।
नगर प्रमुख महेश प्रसाद चौधरी निर्वाचित भएर आएपछि पालिका भित्रको सवै वडामा प्रत्येक महिनाको २२ गते विपन्न परिवारका गर्भवती महिलाहरुको लागि सो कार्यक्रम संचालन हुँदै आएको छ । जस अन्तर्गत प्रत्येक महिनाको २२ गते १० किलो चामल, नुन, तेल, आलु, चना, मटर लगायतका खाध्यान्न सामग्री वितरण भैरहेको छ ।
कार्यक्रमा बोल्दै नगर प्रमुख चौधरीले नगरभित्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रको कर्मचारी, जनप्रतिनिधि सवैको भूमिका महत्वपूर्ण हुने बताउँदै औषधि अभावले कसैको ज्यान जाने अवस्था सिर्जना हुन नदिनेगरी काम गर्न पालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य चौकीको ईन्चार्जहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले स्वास्थ्य सेवाको गुणस्तरीयतामा ध्यान दिने बेला आएको बताउदैं जागिरको रुपमा काम नगरी मानवसेवाको रुपमा अहोरात्र काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
लहान – १० स्थित नगर अस्पतालको भौतिक संरचना निर्माणको काम तिब्र गतिमा भैहरकोले नगरक्षेत्र भित्रको जनतालाई स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने बाध्यता केहिदिन भित्रै अन्त्य हुने बताए । उनले भने ,’ स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएमा वाहिरबाट औषधी नआए नगरपालिकाले सो समस्या तत्कालै सामाधान गर्नेछ । नगरपालिकाले तत्काल आफ्नै बजेट लगाएर औषधी खरिद गर्नेछ । औषधी आभाव भएमा तुरन्त मलाई जानकारी गराउन मेयर चौधरीले स्वास्थ्य चौकीका ईन्चार्जहरुलाई निर्देशन दिए ।’
अर्काे प्रसङ्गमा बोल्दै उहाँले, ‘जनचेतनाको आभावको कारण ग्रामिण भेगका बुढापाखा लगायत विपन्न परिवारका नगरबासीहरु हालसम्म पनि बल्ड प्रेसर, सुगरको जाँच गराउँदैन् । जाँच नगराएको कारण अकालमै ज्यान गुमाउनु परेको बताउँदै निःशुल्क जाँचका लागि चालु आर्थिक बर्ष भित्रमै पुनः ग्रामिण भेगको सवै वडामा निःशुल्क रुपमा जाँचका लागि स्वास्थयकर्मीहरु खटिने साथै नगरपालिकाले अभियान चलाउने बताए ।’
कार्यक्रममा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, स्वास्थ्य शाखाका शाखा प्रमुख रामानन्द चौधरी, अन्नपुर्ण पोष्टका सिरहा सम्बाददाता शम्भु कुमार यादव, हर्षित नेपाल साप्ताहिक पत्रिकाका सम्पादक बिरेन्द्र प्रसाद नेपाल, सिरहा टाईम्सका संचालक ओम प्रकाश यादव लगायत लहान नगरपालिकाका सम्पूर्ण स्वास्थ्य चौकीका ईन्चार्जहरुको सहभागिता रहेको नगर प्रमुखका स्वकिय सचिव शंकर कुमार बाँनियाले बताएका छन् ।












तपाईको ईमेल गोप्य राखिनेछ