Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

लहान,२६ चैत । बाँसको महत्व तथा यसको बजारीकरणको विषयमा सरोकारवालाहरूसँगको एकदिने कार्यशाला गोष्ठी लहानमा सम्पन्न भएको छ ।
सुरक्षित आवास परियोजना अन्तर्गत Hilti Foundation, Habitat for Humanity नेपालको आर्थिक सहयोग तथा भवानी एकीकृत विकास केन्द्र, धनगढीमाई नगरपालिका–२ भवानीपुर, सिरहाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै केन्द्रका सामाजिक परिचालन अधिकृत ज्ञानदीप चौधरीले बाँसको महत्व र बाँस उपचार प्रविधिबाट निर्माण गरिने सुरक्षीत आवास घर बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनका अनुसार उपचार प्रविधिबाट निर्माण गरिएका बाँसका घर वातावरणमैत्री, टिकाउ तथा सुरक्षित हुने गर्छन्। “यस्ता घरहरू हत्तपत्त आगो नलाग्ने, हुरीबतासले असर नगर्ने, बाढीले नबगाउने र भूकम्पको जोखिम पनि न्यून हुने भएकाले कम लागतमा सुरक्षित आवासको उत्कृष्ट विकल्प हुन्,” उनले भने।
चौधरीका अनुसार बाँसको एउटा घर निर्माण गर्न करिब ४ लाख ५० हजार रुपैयाँ लागत लाग्नेछ, जसमा दुईवटा सुत्ने कोठा, एउटा भान्सा र एउटा शौचालय निर्माण गर्न सकिन्छ। यस्ता घरहरूको आयु करिब ३० वर्षसम्म हुने उनले जानकारी दिए । कम लागतमा आकर्षक र सुरक्षित घर निर्माणका लागि सबैलाई उपचार प्रविधिबाट बनाईएको बाँसको घर निर्माण गर्न उनले आग्रह गरे।
तालिम प्राप्त दक्ष जनशक्तिबाट सिरहाको धनगढी बजारमा बाँस उपचार केन्द्र सञ्चालनमा रहेको उल्लेख गर्दै उनले सर्वसाधारणलाई उक्त केन्द्रमार्फत बाँसको घर निर्माण गर्न अनुरोध गरे।
सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिकाका वडा नं. १२, १३, १५, २१ र २२ मा विपन्न मुसहर समुदायका लागि हालसम्म १ सय १८ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकिएको छ भने चालु आर्थिक वर्ष २०८२/०८३ मा लहान नगरपालिकाको वडा नम्बर ७, ८, १०, १३, १५, १८, १९, २०, २१, २२ र २४, मा १ सय घर निर्माण कार्य भइरहेको छ। जसमध्ये केही वडामा यसै आर्थिक बर्षभित्र घर हस्तान्तरण हुनेछ ।
परियोजनाका संयोजक कृष्णकुमार राईका अनुसार प्रत्येक घर निर्माणका लागि लहान नगरपालिकाबाट ३ लाख रुपैयाँ र परियोजनाबाट १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। उनले विगत तीन वर्षदेखि सिरहा जिल्लामा उक्त परियोजना सञ्चालनमा रहेको र अघिल्लो आर्थिक वर्ष कर्जन्हामा कार्यक्रम सञ्चालन गरिएको बताए। हाल लहान नगरपालिकामा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
उनका अनुसार प्राविधिक इन्जिनियरको डिजाइन अनुसार घर निर्माण गरिन्छ।
कार्यशालाको सहजीकरण बेत, बाँस तथा जडीबुटी विज्ञ (पिएचडी) सी.एल. चौधरीले गरेका थिए। कार्यक्रममा बाँस उपचार केन्द्रका सञ्चालक, बाँस उत्पादन गर्ने किसान, घर निर्माणमा संलग्न कामदार तथा मिस्त्रीलगायत करिब २० जनाको सहभागिता रहेको थियो ।

साझा खोज

साझा खोज

Next Post
विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.