Khoj
Saturday, May 30, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा


ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

सिरहा, २५ वैशाख – लहान नगरपालिकाले ज्यान जोखिममा राखेर काम गरिरहेका कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य बीमा गर्ने भएको छ। नगरपालिकाले सरसफाइकर्मी, सवारी चालक तथा हेभी उपकरण सञ्चालन गर्ने कर्मचारीहरूका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो।
नगर प्रमुख महेश प्रसाद चौधरीले दैनिक रूपमा जोखिमपूर्ण अवस्थामा काम गर्ने कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो योजना ल्याइएको जानकारी दिएका छन्। उनका अनुसार नगरपालिकामा कार्यरत सरसफाइकर्मी, ट्र्याक्टर चालक, बरुण यन्त्र चालक, जेसिभी चालक, टिपर चालक लगायत करिब एक सय जना कर्मचारी यस योजनाबाट लाभान्वित हुनेछन्।
नगर प्रमुख चौधरीले नगरको सरसफाइ, ढल व्यवस्थापन, फोहोर उठाउने काम तथा सडक निर्माणजस्ता क्षेत्रमा खटिएका कर्मचारीहरू दिनहुँ दुर्घटनाको जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षाका लागि बीमा आवश्यक रहेको बताए। “नगरलाई सफा र व्यवस्थित बनाउन योगदान दिने कर्मचारीहरूलाई सुरक्षित बनाउनु हाम्रो दायित्व हो,” उनले भने, “काम गर्ने क्रममा कुनै दुर्घटना वा स्वास्थ्य समस्या आएमा परिवारलाई आर्थिक राहत मिलोस् भन्ने उद्देश्यले बीमा कार्यक्रम लागू गर्न लागिएको हो।”
नगरपालिकाका अनुसार सरसफाइकर्मीहरू बिहानदेखि साँझसम्म फोहोर व्यवस्थापन, ढल सफाइ तथा वातावरण संरक्षणमा खटिने गरेका छन्। त्यस्तै हेभी उपकरण तथा सवारी चालकहरू सडक मर्मत, निर्माण कार्य र फोहोर व्यवस्थापनमा निरन्तर सक्रिय रहने भएकाले उनीहरू उच्च जोखिममा पर्ने गरेका छन्। यस्ता कर्मचारीलाई सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो।
बीमा कार्यक्रम लागू भएपछि कर्मचारी तथा उनीहरूको परिवारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। विशेषगरी न्यून आय भएका श्रमिक वर्गका कर्मचारीहरूलाई आकस्मिक दुर्घटना वा स्वास्थ्य समस्याका बेला उपचार खर्च जुटाउन सहज हुने विश्वास नगरपालिकाको छ।
नगरपालिकाले आगामी दिनमा श्रमिक तथा कर्मचारीहरूको सेवा सुविधा थप विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ। स्थानीयवासीले पनि नगरपालिकाको यो निर्णयलाई स्वागत गर्दै जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरूको मनोबल बढ्ने बताएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनसँगै लहानमा कार्यरत श्रमिक कर्मचारीहरूको सामाजिक सुरक्षामा नयाँ पहल भएको स्थानीयले बताएका छन्।

साझा खोज

साझा खोज

Next Post
हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.