Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

काठमाडौँ। २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माणस्थलमा ६ दिनदेखि थुनिएका कामदार, प्राविधिक तथा कर्मचारीहरूको तत्काल उद्धारको माग गर्दै आफन्तहरूले दबाब दिएपछि आज आयोजनास्थलतर्फ हेलिकप्टर पठाइएको छ।

थापाथलीस्थित प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा परिवारजनले निरन्तर दबाब दिएपछि आयोजनाका प्रतिनिधि र पीडितका आफन्तबीच छलफल भई हेलिकप्टर र उद्धार टोली पठाउने सहमति भएको थियो।

कम्पनीको खर्चमा सरकारसँग समन्वय गरी पठाइएको हेलिकप्टरमा बेपत्ताका आफन्तहरूसमेत सहभागी छन्। आफन्तहरूले त्यहाँ भइरहेको खोजी-उद्धार कार्यको अवलोकन गर्नुका साथै वास्तविक अवस्थाबारे जानकारी लिनेछन्।

हालसम्म आयोजनास्थल तथा आसपासका क्षेत्रहरूबाट २५४ जनाको सकुशल उद्धार भइसकेको भए तापनि अझै ५७६ जनाभन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्।

यतिका दिन बितिसक्दा पनि पर्याप्त उद्धार टोली पुग्न नसकेको भन्दै आफन्तहरू आक्रोशित बनेका छन्। खाना र पानीको अभावमा भीर तथा सुरुङभित्र फसेका नागरिकहरूको ज्यान जोखिममा परेको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन्।

सडक पहुँच पूर्ण रूपमा अवरुद्ध भएकाले हवाई मार्गबाट उद्धार कार्यलाई तीव्र बनाउन र फसेकाहरूलाई तत्काल उद्धार गर्न परिवारजनले जोडदार माग गरेका छन्।

साझा खोज

साझा खोज

Next Post
बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.