Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

निर्वाचन हारेका झलनाथ र उपेन्द्र यसरी बन्न खोज्दैछन् सांसद


निर्वाचन हारेका झलनाथ र उपेन्द्र यसरी बन्न खोज्दैछन् सांसद

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सांसद वन्ने दौडधुपमा लागेका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तर्फको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि उनीहरु जसरी पनि सांसद वन्ने तयारीमा छन् ।

खनाल निर्वाचनक्षेत्र इलाम–१ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतबाट पराजित भएका थिए। यो निर्वाचनमा पराजित हुने खनाल एक्ला पूर्व प्रधानमन्त्री र सबैभन्दा शीर्ष नेता हुन्। यता, यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए । तर, अव उनीहरु दुवै जना जसरी भएपनि प्रतिनिधि सभा सदस्य बन्न दौडधुप गरिरहेका छन् ।

खनाल र यादवको प्रयासमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन जोडिएको छ। यद्यपी उनीहरु दुई मध्ये एक जना सांसद वन्न सक्ने सम्भावना भने धेरै छ। खनाल कसैगरी प्रतिनिधि सभामा पुग्न चाहन्थे। यो कुरा पुन मतगणनाको माग गर्दै अदालतमा उनले दायर गरेको मुद्दाबाट प्रष्ट हुन्छ। जानकारहरुका भनाईमा, यसका लागि खनालले आफ्ना इलामे सहकर्मी सुवाष नेम्वाङ राष्ट्रपति बनेको देख्न चाहिरहेका छन्।

यहीकारण हुनसक्छ, निर्वाचनपछि खनाल एकिकृत समाजवादीका अन्य नेताहरुको तुलनामा एमालेप्रति अपेक्षाकृत नरम देखिन्छन्। नेम्वाङ राष्ट्रपति उम्मेदवार बने भने उनी निर्वाचित इलाम–२ को प्रतिनिधि सभा सिट रिक्त हुनेछ। त्यो स्थितिमा इलाम–२ मा हुने उपनिर्वाचनबाट निर्वाचित हुने अवसर खनालले प्राप्त गर्न सक्छन्।

यही कारण खनाल एमालेप्रति नरम बन्दै गएको चर्चा एमालेबृत्तमा चल्ने गरेको छ। खनालजस्तै गत निर्वाचनमा पराजयका कारण प्रतिनिधि सभामा प्रवेश गर्न नपाएका अर्का शीर्ष नेता हुन– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव।

गत निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका अरु सबै दलका अध्यक्ष निर्वाचित हुँदा यादवमात्रै पराजित भए। खनालजस्तै अध्यक्ष यादवपनि कुनै हिसावले प्रतिनिधि सभामा प्रवेश गर्न चाहेको र यही कारण नाटकीय रुपमा एमाले–माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भएको चर्चा सुरु भएको छ। यादवलेपनि राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई नै प्रतिनिधि सभा प्रवेशको माध्यम बनाउन चाहेको बताइन्छ। यस्तो चर्चाको कारण वर्तमान सत्तागठबन्धनमा जसपाको सहभागिता र संसदीय दलको नेतामा महासचिव रामसहायप्रसाद यादवको चयन हो।

उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाउन चाहन्छन्। त्यसो हुँदा संसदीय दलको नेताको पद र उनी निर्वाचित बारा–२ को प्रतिनिधि सभाको सिटपनि रिक्त हुन्छ। त्यसपछि रिक्त हुने सो क्षेत्रमा उपनिर्वाचन हुनेछ। र, अध्यक्ष यादवले त्यहाँबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुनेछ।

प्रतिनिधि सभामा निर्वाचित भएपछि विगतमा झैँ पार्टी संसदीय दलको नेताको हैसियत उपप्रधानमन्त्री बनेर सरकारमा जाने बाटो सहज हुन्छ। अशोक राईलाई अहिल्यै संसदीय दलको नेता चयन गर्दा त्यो सम्भावना कमजोर हुन्छ।

गत निर्वाचनमा बारा–२ बाट निर्वाचित जसपा महासचिव यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा थिए। विजयी यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कुशवाहालाई १३ हजार ४ सय ६८ मत प्राप्त भएको थियो।

अहिले एउटै गठबन्धनमा आवद्ध माओवादी केन्द्रको समेत साथ पाउँदा उपनिर्वाचनमार्फत् प्रतिनिधि सभामा निर्वाचित हुने अवसर उनलाई प्राप्त हुनेछ। उपनिर्वाचनमार्फत् प्रतिनिधि सभामा चयन हुने यही योजना अनुसार संघीय परिषदका अध्यक्ष राईको साटो महासचिव यादवलाई संसदीय दलको नेता चयन गरिएको हो।

तत्कालिन सत्ता गठबन्धनमा अपेक्षा गरेअनुसार जसपाले उम्मेदवारी नपाउने भएपछि अध्यक्ष यादवले कांग्रेस–माओवादी केन्द्र–एकिकृत समाजवादी सहितको गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए। तर, निर्वाचन समाप्त भएसँगै एमालेसँगको सहकार्यपनि अन्त्य भएको सार्वजनिक घोषणा गरे।

पुरानै गठबन्धनको सरकार वन्ने अपेक्षा गरेर भागबण्डामा सामेल हुन उनले गरेको घोषणा असफल भयो। त्यसैले उनी एमाले–माओवादी केन्द्रसहितको गठबन्धनमा जसपालाई सामेल गराउन आइपुगे। यद्यपी एमालेबाट नेम्वाङ वा अर्काे कुनै पुरुष व्यक्तित्व राष्ट्रपति निर्वाचित भएको अवस्थामा भने उपेन्द्रको योजना असफल हुन सक्छ।

नेपालको संविधान– २०७२ को धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका कारण रामसहाय उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने छैनन्। एमालेले नेम्वाङलाई छोडेर अष्टलक्ष्मी शाक्यलाई राष्ट्रपति बनाउने निर्णय गरेको अवस्थामा भने उपेन्द्रको सम्भावना कायम रहन्छ। तर, झलनाथ खनालको प्रतिनिधि सभामा जाने सम्भावना सकिने जानकारहरु वताउँछन्।नेपालआज

साझा खोज

साझा खोज

Next Post
संकटमा किन परे चिनियाँ रास्ट्रपति जिन्पिङ

संकटमा किन परे चिनियाँ रास्ट्रपति जिन्पिङ

नेपालगञ्ज-कोहलपुर सडकखण्ड अबरुद्ध

नेपालगञ्ज-कोहलपुर सडकखण्ड अबरुद्ध

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.