Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

मनोचिकित्सक भन्छन्- तनाव एक सामान्य अनुभूति हो । अर्थात् तनाव भनेको भावनात्मक स्थिति हो । यसलाई धेरैले मानसिक समस्यासँग जोडेर हेर्छन् । तर तनाव यस्तो विष हो, जसले शरीरको कुनैपनि भागमा क्षति पुर्‍याउँछ ।


तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

सुमित्रा लुइटेल

काठमाडौं । तनाव सबैलाई छ । कसैलाई रोगको तनाव, कसैलाई ऋणको, कसैलाई बेरोजगारीको, कसैलाई कलहको । सानोतिनो कामको चापदेखि ठूला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाइरहेको छ ।

मनोचिकित्सक भन्छन्- तनाव एक सामान्य अनुभूति हो । अर्थात् तनाव भनेको भावनात्मक स्थिति हो । यसलाई धेरैले मानसिक समस्यासँग जोडेर हेर्छन् । तर तनाव यस्तो विष हो, जसले शरीरको कुनैपनि भागमा क्षति पुर्‍याउँछ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त भन्छन्, ‘तनाव मुख्य दुई प्रकारको हुन्छ । एउटा सकारात्मक तनाव र अर्को नकारात्मक तनाव ।’

तनावको विभिन्न कारण

शरीरमा विभिन्न आन्तरिक तनाव हुन्छ । हाम्रो पाचन प्रणाली कस्तो छ, शरीरलाई आराम पुगेको छ कि छैन, शरीरमा पौष्टिक आहारको मात्रा पुगेको छ कि छैन, मुटुको चाल लगायत शारीरिक कारणले तनाव हुने पन्त बताउँछन् ।

उनी भन्छन्, ‘कहिलेकाहीं हामी अप्रत्यक्ष रूपमा पनि तनावमा हुन्छौं । बाल्यकालको नराम्रो अनुभूति जस्तै बुलिङ र शोषणको कुरा सम्झँदा पनि हाम्रो मस्तिष्कमा असर पर्छ र तनाव हुन सक्छ ।’

‘साथीभाइसँगको नराम्रो सम्बन्ध, आफूले चाहेको कुरा पूरा गर्न नसक्दा हुने हीनताबोध लगायतका कुरा भित्र गुम्सिएर बसिरहेको हुन्छ त्यो भित्री तनाव भयो,’ पन्त भन्छन्,  ‘बाहिरी कारणमा कामको बोझ, पढाइको तनाव, सम्बन्धको तनाव र बेरोजगारीको तनाव हुन्छ ।’

मान्छे किन तनावग्रस्त भइरहन्छ ?

मान्छेलाई आघात पुर्‍याउने घटना लगातार भइरहन्छ । जस्तो, आर्थिक अवस्था कमजोर छ भने त्यो लामो समय चलिरहेको छ । कसैलाई सामाजिक रूपमा केही कुराको लाञ्छना लागेको छ त्यो पनि लामो समय चलिरहेको छ । यस्ता तनाव गराउने तत्त्व व्यवस्थापन नभएर लामो समय चलिरहन्छ भने मान्छे तनावग्रस्त भइरहने पन्त बताउँछन् ।

‘केही तनाव गराउने तत्त्व क्षणिक रूपमा व्यवस्थापन भएपनि त्यसले बेलाबेलामा तनावलाई जगाइदिने, बढाइदिने गर्छ । मानसिक समस्या एन्जाइटी, डिप्रेसन भएका व्यक्तिमा पनि तनाव लामो समयसम्म रहिरहन्छ,’ पन्त भन्छन् ।

तनाव व्यवस्थापन भयो तर कुनै घटनाले त्यो तनावलाई ब्युँझाएर फेरि समस्या बढाउन सक्ने पन्त बताउँछन्  । ‘मानौं कसैलाई डेंगी भएर निको भयो तर एक हप्तापछि फेरि ज्वरो आयो भने पहिले डेंगी हुँदा गाह्रो भएको कुरा सम्झेर तनाव हुन थाल्छ, फेरि डेंगी भयो कि भनेर,’ उनी भन्छन् ।

मान्छे पूर्ण रूपमा तनावमुक्त रहन सक्छ ?

तनाव स्वतःस्फूर्त प्रक्रिया हो । सकारात्मक तनाव मान्छेको जीवनमा हुनु जरुरी छ । सकारात्मक तनावले कुनै पनि काम राम्ररी गर्न सहयोग गर्छ । तर तनावलाई समयमै व्यवस्थापन गर्न सकिएन वा तनावको मात्रा बढ्दै गयो भने त्यो नकारात्मक तनावमा परिणत हुने पन्त बताउँछन् ।

‘त्यो नकारात्मक तनावलाई व्यवस्थापन गर्न नसक्दा सोचाइ, भावना र व्यवहारमा असर गर्छ । त्यो नकारात्मक तनाव लामो समय रहिरह्यो भने दैनिक जीवन, सम्बन्ध र व्यवहार सबैमा असर गर्छ,’ उनी भन्छन् ।

तनाव लिंदा शरीरको हरेक अंगमा असर

तनाव लिंदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शरीरको हरेक अंगमा असर गर्छ । जब हामी तनावमा हुन्छौं, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिले स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । कर्टिसोलले हाम्रो शरीरको सबै नियमित प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्ने पन्तले बताए । ‘यसले मुटुको चल, खाना पच्ने प्रक्रिया, सुगरको व्यवस्थापन र थाइराइडको व्यवस्थापनमा असर गर्छ,’ उनी भन्छन् ।

शारीरिक रोगमा तनाव कति जिम्मेवार ?

तनावले मानसिक र शारीरिक स्वास्थ्य समस्या निम्तिन्छ । यदि तनावलाई लामो समयसम्म नियन्त्रण गरिएन भने यसले डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्ने पन्त बताउँछन् ।

यसबाहेक दीर्घकालीन तनावले उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मोटोपन, डिप्रेसन वा चिन्तासम्बन्धी विकार, छालासम्बन्धी समस्या र महिनावारीको समस्या पनि निम्त्याउन सक्ने उनी बताउँछन् ।

तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधि

तनाव नै नहुने कुनै व्यक्ति हुँदैन । सुरुमा हुने सकारात्मक तनावले मानिसलाई उन्नत हुन धेरै उपलब्धि हासिल गर्न सहयोग गर्छ । तर त्यो तनाव एउटा बिन्दु भन्दा माथि पुग्छ  त्यसले नकारात्मक असर गर्न थाल्छ । त्यसैले तनाव व्यवस्थापन गर्न जान्नैपर्ने पन्त सुझाउँछन् ।

– नियमित दिनचर्याले तनावलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । एउटै समयमा उठ्ने, सही समयमा आफ्नो काम सकाउने र सही समयमा सुत्ने व्यक्तिलाई तनावले धेरै सताउन पाउँदैन ।

– दैनिक ७ देखि ८ घण्टा निदाउने व्यक्तिको तनाव व्यवस्थापन राम्ररी हुन्छ ।

– दैनिक आधादेखि एक घण्टा व्यायामले पनि तनाव व्यवस्थापन गर्न सहयोग गर्छ ।

– ध्यान मेडिटेसन गर्दा, परिवारसँग रमाइलो माहोलमा समय बिताउँछौ भने ‘कर्टिसोल’ स्ट्रेस हर्मोनको मात्रा कम हुन्छ र तनाव कम हुन्छ ।

– कस्तो व्यक्तिसँग संगत गर्छौं, सामाजिक रूपमा कति घुलमिल हुन्छौं र साथीभाइसँग आफ्नो कुरा कति सेयर गर्छौं । त्यसले पनि तनावलाई असर गर्छ । त्यसैले सकारात्मक व्यक्तिको संगत, मनको कुरा साथी तथा परिवारसँग सेयर गर्दा तनाव कम हुन्छ ।

– तनाव व्यवस्थापन गर्न धेरैले धुम्रपान, मद्यपानको सहारा लिन्छन् । तर यो तनाव व्यवस्थापन गर्ने प्रभावकारी उपाय होइन । यसले क्षणिक रूपमा मात्र तनाव व्यवस्थापन गर्छ दीर्घकालीन रूपमा झन् बढाउँछ । त्यसैले तनाव  व्यवस्थापन गर्न यस्ता कुराबाट टाढा रहनुपर्छ ।

– अहिले मानिसहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन् । त्यसमा तनाव दिने खालका घटना र समाचार सम्प्रेषण भइरहेको हुन्छ । त्यसले मनलाई निराश बनाएर तनाव बढाउँछ । त्यसैले सामाजिक सञ्जालको प्रयोग समयलाई पनि घटाउनुपर्छ ।

– ‘हामी जे खान्छौं त्यही हुन्छौं’ धेरै प्रशोधित गरिएको खानेकुरा, जंकफुड शरीरलाई बोझ हुन्छन् । त्यसैले यस्ता प्रशोधित खानाको साटो पोषणयुक्त तथा स्वस्थकर खाना खानुपर्छ जसले शरीरलाई बोझ हुँदैन र तनाव पनि कम हुन्छ ।

– यी विधि अपनाउँदा पनि तनाव व्यवस्थापन भएन भने विशेषज्ञ डाक्टरको सहयोग लिनुपर्छ ।

साझा खोज

साझा खोज

Next Post
नारायणघाट बुटवल सडक विस्तार : शिलान्यासको चार वर्षपछि कालोपत्रे गरिंदै

नारायणघाट बुटवल सडक विस्तार : शिलान्यासको चार वर्षपछि कालोपत्रे गरिंदै

रंगभेद उन्मूलन दिवस : केही सन्दर्भ र प्रश्न

रंगभेद उन्मूलन दिवस : केही सन्दर्भ र प्रश्न

बर्दियामा बाघको आक्रमणमा परि दुई जना महिलाको ज्यान गयो

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.