लहान ३१, वैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर – ४ सुन्दरपुर टोलमा फुसको घर भाडालिई बस्दै आईरहेकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् ।
सप्तरीको खडक नगरपालिका फुलवरीया घर भएकी अन्दाजी २८ बर्षकी दुखनी देवी दास (तत्मा)ले गत २०८० वैशाख २१ गते कोशी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।
दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेकोले उनको आर्थिक अवस्था अत्यन्त कमजोर छ । उनलेे भनिन् , ‘श्रीमान् संग सामन्य विवाद हुँदा मलाई छोडेर भागे, हाल म बच्चासंग एक्लै बसेकिछु, मेरो कोई छैन् , म धेरै समस्यामा छु । समाजले मेरो र बच्चाको हेरचाह गरिरहेको साझाखोज डटकमलाई सुनाइन् ।

राम्रो अस्पताल / चिकित्सकको निगरानी भएमा बालिकालाई (छुट्टाउन) सफल शल्यक्रिया हुनसक्ने चिकित्सकहरुले बताएको सुनाईन् । बालिकाको जीवन बचाईदिन उनले सरकार र सहयोगी मनहरुसँग सहयोगको याचना गरेको छ ।
बालिकाको हालको अवस्था सामान्य रहेपनि शरीर जोडिएकोले निगरानी नभएमा खतरा हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
बालिकाको ज्यान बचाउन आर्थिक सहयोग गर्न चाहनेहरुले बालिकाको आमाको मोबाईल नम्बर ९८११७९०८१४ मा सम्पर्क गर्न सक्नेछन् । जुम्ल्याहा बालिकालाई हेर्न हाल दैनिक रुपमा भिडभाड हुने गरेको छ ।











तपाईको ईमेल गोप्य राखिनेछ