१८ भदौ, काठमाडौं । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ ।
श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।











तपाईको ईमेल गोप्य राखिनेछ