Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कर्णाली प्रदेशसभा : महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल


कर्णाली प्रदेशसभा : महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

सुर्खेत । कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल ५३ वटा विधेयक पारित गर्दै सकिएको छ । संघीयता कार्यान्वयनको सुरुवाती चरण भए पनि प्रदेश सभाले कानुन निर्माणमा संख्यात्मक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको पाइएको छ । पाँच वर्षको अवधिमा प्रदेश सभाका दश वटा अधिवेशन अन्तर्गत दुई सय १५ वटा बैठक बसेका थिए ।

पहिलो कार्यकालमा सरकारीसँगै गैरसरकारी विधेयकले पनि कर्णाली प्रदेश सभामा प्रवेश पाए । केही महत्त्वपूर्ण विधेयकहरू भने सभाबाट पास हुन सकेनन् । सरकार, प्रदेश सभा सदस्य र संसदीय समितिहरूको समझदारी अभावले पहिलो कार्यकालमै बन्नुपर्ने कतिपय कानुन निर्माण हुन नसकेका हुन् ।

कर्णाली प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका पूर्वसभापति दानसिंह परियार राजनीतिक अस्थिरताको असर कानुन निर्माणमा पनि परेको बताउँछन् । उनले संसद् कानुन निर्माणभन्दा बढी सत्ता फेरबदलमा केन्द्रीत हुनुपर्ने परिस्थितिका कारण अपेक्षाअनुसारका कानुन निर्माणमा बाधा पुगेको जनाए ‘संख्यात्मक हिसाबले कानुन निर्माणको अवस्था सन्तोषजनक नै मान्न सकिन्छ । आगामी सभाले पारित नभएका महत्त्वपूर्ण विधेयकलाई अघि बढाउनुपर्ने उनी बताउँछन् ।’

कर्णाली प्रदेश सभाले यस अवधिमा आर्थिक कार्यविधि, जनप्रतिनिधिहरूको सेवा–सुविधा, गाउँ सभा र नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियाका सम्बन्धमा र प्रदेशले ऋण उठाउने अधिकार सम्बन्धमा कानुनहरू बनायो । यस्तै, प्रदेशमा कर तथा गैरकर उठाउने सम्बन्धमा प्रदेश सहकारी, प्राङ्गारिक कृषि व्यवस्था, खेलकुद विकास, खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित, लोक सेवा आयोगसम्बन्धी प्रदेशभित्रको राष्ट्रिय सुरक्षा, स्वास्थ्य सेवा प्रवाह, पर्यटन, औद्योगिक व्यवसायलगायतका थुप्रै क्षेत्र र सवालमा कानुन निर्माण गरिए ।

प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन, विद्युत् सेवा, पूर्वाधार विकास प्राधिकरण गठनलगायत महत्त्वपूर्ण विधेयकहरू पारित नगर्दै कार्यकाल सकिएको हो ।

कानुन निर्माणको मुख्य जिम्मेवारी रहेको प्रदेश सभाबाट कतिपय महत्त्वपूर्ण विधेयक पारित नभएर नै कार्यकाल सकिएको छ । प्रदेश सभाबाट पास हुनुपर्ने महत्त्वपूर्ण दर्जन बढी विधेयकहरू छन् । सभामा टेबुल भएर विषयगत समितिमा समेत पर्याप्त छलफल भइसकेका ६ वटा विधेयक यत्तिकै थन्किएका छन् ।

कर्णाली प्रदेश प्रहरी सेवा विधेयक, सूचना प्रविधि तथा आम सञ्चार प्रतिष्ठान स्थापनासँग सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित हुन सकेनन् । संघीय मामिलाका जानकारहरूका अनुसार जुन कानुन प्रदेश सभाको पहिलो कार्यकालमै बनाउनै पर्ने आवश्यक थियो । शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक पनि समितिमै थन्किदा पारित भएनन् ।

केही महत्त्वपूर्ण विधेयकहरू दर्ता भएर पनि प्रदेश सभा बैठकमा टेबुल हुन पाएनन् । प्रदेश सभा सचिवालयका अनुसार त्यस्ता चार वटा विधेयक छन् । दलित अधिकार प्रवर्द्धन सशक्तीकरण र विकास गर्ने सम्बन्धमा बनेको विधेयक, प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नव प्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक र कर्णाली पूर्वाधार विकास प्राधिकरण विधेयक दर्ता भएर पनि प्रदेश सभामा टेबुल नभएका हुन् । सांसदहरूका अनुसार यी विधेयकहरूमा सरकारले नै कम चासो दिँदा प्रक्रियामै रोकिएका हुन् । कानुन निर्माणका सवालमा योभन्दा बढी नै प्रगति गर्न सकिने अवस्था भए पनि सरकारले त्यसतर्फ त्यति ध्यान नदिएको भन्दै कतिपय सत्ता पक्षकै प्रदेश सभा सदस्यले पटक–पटक असन्तुष्टि जनाएका थिए ।

कर्णालीलाई समृद्ध र सुखी बनाउने संकल्पलाई सार्थक तुल्याउन कानुन निर्माणमै अझै संघर्ष बाँकी रहेको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बताउँछन् । उनले प्रदेश सभा र सरकारकै कमजोरीका कारण यस कार्यकालमा महत्त्वपूर्ण विधेयक पारित गर्न नसकिएको बताए । भण्डारीले प्रदेश सभामा गैरसरकारी विधेयकका रूपमा सिंजा सभ्यता संरक्षण तथा विकास र नव प्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक दर्ता गराएका थिए । आवश्यक प्रक्रिया पुरा गरिसक्दा पनि सरकारले ती विधेयक पारितका लागि अघि बढाएन । गैरसरकारी यी दुई र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयलगायतका विधेयक पारित नहुनुमा मुख्य कमजोरी सरकारको रहेको भण्डारीको जिकिर छ । उनी भन्छन्, ‘एक दर्जनबढी महत्त्वपूर्ण विधेयकहरू पारित गर्न नसकेर कार्यकाल अन्त्य हुनु प्रदेश सभा र सरकारको कमजोर पक्ष हो । यस्तो कमजोरी आगामी कार्यकालमा नदोहोरियोस् ।’

पाँच वर्षमा विभिन्न विधेयक पारित गरे पनि जनताका आवश्यकतासँग सम्बन्धी कानुनहरू भने निर्माण नभएको बताइएको छ । प्रदेश सभाले जनताको आधारभूत आवश्यकतालाई ध्यान दिएर कानुन निर्माण नगरेको सरोकारवालाले बताएका छन् । जनतालाई सेवा प्रवाह तथा उनीहरूका आधारभूत आवश्यकता पुरा गर्न आवश्यक पर्ने कानुन निर्माण गर्ने सवालमा प्रदेश सभा चुकेको सरोकारवालको भनाई छ । सांसदहरूले कानुन बनाउनभन्दा पनि विकास निर्माणका विषयमा बढी चासो दिने गरेको पाइएको आरोप लाग्दै आएको छ ।

प्रदेश सरकारले यस अवधिमा ५३ वटा कानुन बनाए पनि जनताका कतिपय आधारभूत आवश्यकताका कानुन निर्माण गर्न भने नसकेको पूर्वमन्त्री तथा सांसद गणेशप्रसाद सिंहले बताए । अब अर्को कार्यकालमा आउने प्रतिनिधिले यसबारे अलि बढि ध्यान दिन जरुरी रहेको उनको तर्क छ । गैरसरकारी विधेयकलाई सरकारले त्यति अपनत्व नगरेको र कानुन निर्माण र कार्यान्वयनमा पनि कम चासो दिएको उनको अनुभव छ । यस अवधिमा कानुन बनाउने भन्दा पनि सरकार कसरी टिकाउने, कसरी बनाउने र गिराउनेजस्ता विषयमा प्रदेशसभा केन्द्रीत भएको उनको टिप्पणी छ ।

साझा खोज

साझा खोज

Next Post
संविधानले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ : प्रदेश प्रमुख गुरुङ

संविधानले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ : प्रदेश प्रमुख गुरुङ

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको उदघाटन

मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको उदघाटन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.