Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?


जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

डा. अखिलेश कश्यप

अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई  जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ ।

शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु जन्डिस हो । जन्डिस एउटा रोग नभएर विभिन्न रोगले शरीरको विभिन्न भागमा देखाउने एक संकेत मात्र हो ।

रगतमा भएको हेमोग्लोबिनमा कुनै कारण अवरोध आएपछि कलेजोमा पुगेर बिलिरुबीन बन्छ । बिलिरुबीन कलेजोले छानेपछि शरीरबाट बाहिर निस्कन्छ तर कुनै कारणले रगतबाट  कलेजोमा प्रवेश नगर्दा वा कलेजोले छान्ने नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसले जन्डिस निम्त्याउँछ । प्रायः व्यक्तिमा हेपाटाइटिसका कारण जन्डिस देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । जाँडरक्सी खानेहरुमा कलेजो बिग्रिएर पनि जन्डिस हुन सक्छ ।

त्यस्तै, नवजात शिशुमा पनि जन्डिस देखिन सक्छ । शिशुमा देखिने जन्डिसमा आँखा पहेंलो हुन्छ तर धेरै असर गर्दैन । बिस्तारै आफैं हराएर जान्छ । कलेजोमा हुने क्यान्सर र लिभर सिरोसिस हुँदा जन्डिस हुन्छ । पित्तथैलीमा पत्थरी वा पित्तक्यान्सर र आमाशयमा पनि बिलुरुबिनको मात्रा बढ्यो भने जन्डिस देखिन्छ ।

लक्षण

रोगअनुसारको लक्षण देखिन्छ । हेपाटाइटिस ए र ई भएमा जीउ दुख्ने, ज्वरो आउने हुन्छ । क्यान्सर भएका जन्डिस भएका बिरामीमा तौल घट्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छ । त्यसबाहेक खाना नरुच्ने, शरीर कमजोर हुँदै जाने, पेट दुख्ने, पिसाबमा पहेंलो देखिनु, आँखाको सेतो भाग पहेंलो हुने जन्डिसका लक्षण हुन् ।यसको कारण पत्ता लगाउन सुरुमा लिभर फङ्क्सन र रगत परीक्षण गरिन्छ । त्यसबाट भएन भने अल्ट्रा साउण्ड  र एमआरआई पनि गरिन्छ । हेपाटाइटिसको शंका भएमा त्यसको पनि परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यसको कारण पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ । खाना बार्ने, विना जाँच औषधि खाएर झनै जन्डिस बिग्रिन सक्छ ।

उपचार

जन्डिसको विशेष उपचार हुँदैन । यद्यपि घरेलु उपचार विधिबाट परीक्षण नै नगराई उपचार गराउन भने हुँदैन । चिकित्सकबाट यसको कारण पत्ता लगाई त्यसको उपचार गरेपछि स्वतः जन्डिस ठीक हुन्छ । हेपाटाइटिस ए र ई भएकाहरुमा पोषणयुक्त खानेकुरा खाने र आराम गरेमा एक महिनामा ९८ प्रतिशत आफैं ठीक हुन्छ । तर त्यो अवधिमा खानेकुरा बार्ने भन्दै केही नखाँदा जटिलता बढ्छ । हेपाटाइटिस बी र सी भएमा अस्पतालमा उपचारसँगै चिकित्सकको निर्देशनअनुसार औषधि खाएर मात्र निको हुन्छ । हेपाटाइटिस बी देखिएकामा दुई वर्षसम्म र सी भएमा दुई महिनाको अवधिमा ठीक हुन्छ । पत्थरी भएकाहरुमा त्यसको उपचार गरेपछि मात्रै जन्डिस ठीक हुन्छ ।

खानेकुरा बार्नु आवश्यक छैन 

आँखामा पहेंलो देखिएपछि धेरैजसोले पहेंलो खानेकुरा खान छाड्छन्, जुन गलत हो । जन्डिसमा पहेलो रंगको खानेकुरा खान नहुने भन्ने कुनै वैज्ञानिक तथ्य छैन । जति खानेकुरा छाडिन्छ त्यति नै शरीर कमजोर हुँदै थप स्वास्थ्य अवस्था बिग्रिन्छ  । खानेकुरामा दाल, भात, तरकारी, फलफूल अमिलो, पिरो, चिल्लो, नुन, तेल, बेसार र मसला सबै थोक ठीक मात्रामा खान सकिन्छ ।

हेपाटाइटिस बी र सी भएकाहरुमा जन्डिस भयो र उपचार नभएमा जटिलताको रुपमा लिभर सिरोसिस हुन्छ । गर्भवती हुँदा महिलामा दूषित पानीले सर्ने हेपाटाइटिस ई छ भने स्वास्थ्यमा जोखिम हुन सक्छ । जुन चिकित्सकको कडा निगरानीसहितको उपचारमा ठीक हुन्छ ।

( डा. अखिलेश कश्यप भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् ।)

साझा खोज

साझा खोज

Next Post
प्राधिकरणले रोक्यो गुण एयरलाइन्सका सबै विमानको उडान

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सका सबै विमानको उडान

सिरहावासी भन्छन् : स्वच्छ सास फेर्न कहिले पाउँछौं ?

सिरहावासी भन्छन् : स्वच्छ सास फेर्न कहिले पाउँछौं ?

विपन्नलाई छात्रवृत्ति

विपन्नलाई छात्रवृत्ति

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.