Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

रिस उठेको बेला के गर्छन मानिस…………. ?


रिस उठेको बेला के गर्छन मानिस…………. ?

के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो ।

विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ इफेक्ट हो, जसबाट रिस कम हुन्छ । तर रिस कम हुनुको अर्को एक कारण पनि छ, जस अनुसार जब हामी कुनै ढोका पार गर्दछौँ अर्को कोठाको इमोसन हल्का हुनजान्छ ।

सायद घरको ढोकाले दुनियाँमा मानिसको सबैभन्दा धेरै रिस झेलेको हुन्छ । बच्चादेखि बुढासम्मले रिस पोख्नका लागि घरको ढोकालाई नै तारो बनाउँछन् ।

ढोका ढ्याम्म लगाएसँगै केही बेरपछि रिस पनि कम हुन थाल्छ । यसको पछाडि ढोकाको ढ्याम्म आवाज वा आफ्नो तत्कालिक शत्रुलाई दु:ख दिएबाट प्राप्त भएको राहत होइन पूर्णरुपमा मनोविज्ञानले काम गरेको हुन्छ ।

विज्ञानका अनुसार जब हामी कुनै कोठा हुँदै ढोका नजिकै पुग्छौँ र त्यसलाई पार गर्दछौं तब हामीले पूराना कुरा बिर्सिन्छौं । यो निकै छोटो समयका लागि हुन्छ, केही सेकेण्डसम्मका लागि । तर यत्ति नै समय हाम्रो रिस कम गर्नका लागि पर्याप्त हुन्छ । मनोविज्ञानबेत्ताहरु यसलाई डोर इफेक्ट वा डोर थ्रेसहोल्ड सिद्धान्त भन्दछन् ।

सन् २००६ मा ग्याबि्रयल ए रेडवेन्स्कीले डोरवे इफेक्टका विषयमा सुरुआती अध्ययन गरेका थिए । त्यसक्रममा झण्डै तीन सय मानिसमा पहिलो प्रयोग भएको थियो, त्यसपछि सो प्रयोग विभिन्न चरणमा चलिरह्यो । उक्त अध्ययनमा के तथ्य पत्ता लाग्यो भने जब मानिसहरु एकबाट अर्को कोठामा आउनका लागि ढोका पार गर्दछन् त्यसबेला केही बेरका लागि पूरानो कोठाको उनीहरुको सम्झना मधूरो हुन्छ । चाहे रिसमा ढोका ढ्याम्म लगाएर अर्को कोठामा छिरिएको होस् वा सुटुक्क छिरिएको होस् । डोरवे इफेक्टकै कारण हामीलाई पूराना कोठाका मनोभावनाहरु केही कमजोर हुन्छन् । रिसको अलावा यो कुरा अन्य भावनाहरुमा पनि लागू हुन्छ ।

सन् २०२१ मा अष्ट्रेलियाको बन्ड विश्वविद्यालयमा पनि डोरवे इफेक्टका विषयमा अध्ययन गरिएको थियो । मनोवैज्ञानिक ओलिभर बोमेनले त्यसमा वास्तविक कोठाका अलावा भर्चुअल कोठा पनि थप गरे । त्यसक्रममा के पत्ता लाग्यो भने यदि मानिस भर्चुअल तरिकाबाटै भएपनि एक ठाउँबाट अर्को ठाउँमा गएमा पूराना चिजहरु भुल्दछ । सोही कारणले गर्दा कुनैपनि ससक्त मनोभावना समेत ठाउँ परिवर्तनसँगै हलुका हुन थाल्दछन् । त्यसैले तनाव वा डिप्रेसनका बिरामीलाई प्रायः हावापानी परिवर्तन गर्ने सल्लाह दिइन्छ ।

ढोका बन्द गर्दा रिस कम भएको अनुभूति हुने अर्को कारण पनि छ । ढोका ढ्याम्म लगाउँदा जुन आवाज निस्किन्छ त्यसले दिमागलाई सन्तुलित बनाउन सहयोग गर्दछ । आवाज सुनेसँगै मानिसको मनमा एकप्रकारको हीनताबोध पैदा हुन्छ र त्यसले मानिसलाई धेरथोर गल्ती आफुबाट पनि भएको महसुस गराउँदछ । त्यहीँ कारण ढोका जोडसँग लगाएसँगै मानिसको रिस केही मात्रामा शान्त हुन्छ । आमरुपमा किशोर किशोरीमा यस्तो प्रवृत्ति बढी देखिन्छ ।

आवाजसँग मनोभावना अर्थात् इमोसनको गहिरो सम्बन्ध छ । खासमा रिस वा दु:खको बेला ठूलो आवाजले चिच्याउनुले धेरै हदसम्म हलुका हुन सहयोग गर्दछ । मनोवैज्ञानिकहरुका अनुसार यदि चरम संवेगका बेला चिच्याउने हो भने त्यसले भावनाहरुलाई नियन्त्रण गर्न सहयोग पुग्दछ । त्यसलाई प्राइमल स्क्रिम थेरापी पनि भनिन्छ ।

६० को दशकमा सबैभन्दा पहिले मनोवैज्ञानिक आर्थर जेनभले यो विषयमा विश्लेषण गरेका थिए । बाल्यकालमा कुनै पीडाबाट गुजि्रएका व्यक्तिहरुमा अध्ययन गर्ने क्रममा उनले स्क्रीमिङ थेरापीको सहायता लिएका थिए र त्यसले उनीहरुलाई फाइदा पुगेको पाइयो । तत् पश्चात् विज्ञहरुले लगातार यस विषयमा अध्ययन गरिरहेका छन् ।

कोभिड महामारीका बेला मानिसहरु घरभित्रै बन्द रहेको बेला वैज्ञानिकहरुले यहीँ थेरापी अपनाउने सल्लाह दिएका थिए । यसो गर्दा हाम्रो सरीरमा इन्डोफिर्न हर्मोन निस्किन्छ, जसले तनाव कम गर्दछ ।

एजेन्सी

साझा खोज

साझा खोज

Next Post
सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.