लहान २८, वैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. – ५ कल्याणपुरमा भएको आगलागीमा चार घरपरिवार प्रभावित भएको छ । आगलागीबाट ठुलाे धनमालकाे क्षति भएको बुझिएको छ । गाउँपालिका अध्यक्ष केदारनाथ यादव सहित उपाध्यक्ष निलम यादव, वडा अध्यक्ष विशेश्वर प्रसाद यादव स्थलगत रुपमा निरीक्षण गरी अग्निपीडित घरपरिवारलाई सान्त्वना दिनुभएको छ । साथै अग्निपीडित घरपरिवारलाई पालिकाबाट तत्काल राहतकाे व्यवस्था गरिएको अध्यक्ष यादवको निजि सचिवालयले जनाएको छ ।
विहान करिव ९:३० बजे सवुरी यादवको फुसको भान्सा कोठाबाट सल्केको आगोबाट विसुन यादव, चन्दर यादव, रामअशिष यादवको घर र घरमा रहेको अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद , भाँडाकुँडा, सुनचाँदी लगायतका सम्पुर्ण धनमाल नष्ट भएको पीडित परिवारहरुले जनाएको छ । क्षतिको यकिन विवरण आउन नसकेपनी करिब ३ लाख भन्दा माथिको धनमाल जलेर नष्ट भएको बुझिएको छ । लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, स्थानीय र प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।












तपाईको ईमेल गोप्य राखिनेछ