Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?


अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?

मनिषा थापा

काठमाडौं । पार्टी होस् वा कुनै जमघटपछि वाइन, रक्सीजस्ता पेय पिउने व्यक्तिबाट एउटा शब्द सबैभन्दा बढी सुनिन्छ, ‘ह्याङ्गओभर’ । ह्याङ्गओभर हो चाहिं कस्तो ? जवाफ रक्सी पिएपछि टाउको दुखाइ भन्ने आउन सक्ला । तर मदिरा पिएपछिको ह्याङ्गओभरमा टाउको दुख्ने नभई धेरैखालका समस्या देखिने विश्लेषण छ ।

विज्ञान भन्छ- ‘जब बढी मदिरा पिइन्छ तब ह्याङ्ओभर महसुस हुन्छ। मदिराले केही समय शरीरमा भइरहेको क्रियाकलापलाई केही क्षण बाधा पुर्‍याउँछ । त्यसको प्रभावको रुपमा टाउको भारी हुने, चक्कर आउने र शरीरमा थकान महुसस हुने हुन्छ ।’

अमेरिकी वेबसाइट नेसनल इन्सिच्युट अफ अल्कोहल एब्युज एण्ड अल्कोहलिज्म (एनआईएएए)मा प्रकाशित अध्ययनमा आधारित आलेखअनुसार ह्याङ्गओभरले धेरै पिउने परिणामको रूपमा देखापर्ने लक्षणलाई बुझाउँछ ।

ह्याङ्ओभरका कारण थकान, कमजोरी, तिर्खा, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, उज्यालो र आवाजप्रति संवेदनशील हुने, चिन्ता, चिडचिडापन, पसिना आउने र रक्तचाप बढ्ने लक्षण देखिन्छ । यस्ता लक्षण व्यक्तिपिच्छे फरक-फरक हुन सक्ने सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. सुनिलराम कोइराला बताउँछन् ।

डा. कोइरालाका अनुसार रक्सीमा केही केमिकल हुन्छन्, जसले शरीरलाई केही समय बसमा गरेको जस्तो गराउन सक्छ । पिउने क्रममा व्यक्ति रमाइलो लाग्ने, शान्त, राहत मिलेको, उत्साहित हुने, केहीबेर आत्मबल आएको जस्तो गराउने, दबिएका कुरा सुनाउन मन लाग्ने, चक्कर लाग्ने, कोही एकोहोरो हुने लगायत प्रभाव पार्छ । र, केहीबेरमा प्रभाव कम गर्दै लैजान्छ ।

‘रक्सी पिएको केही अन्तरालपछि मस्तिष्कले सन्तुलन कायम राख्ने प्रयास गर्दा दिमागले केहीबेर आनन्द पाएको अनुभव जस्तो सकारात्मक प्रभावमा तुरुन्तै समायोजन हुन्छ । फलस्वरूप उत्साह कम हुँदै जान्छ । रक्सी खाएको केही अवधिपछि ह्यागओभर देख्न थाल्छ । पिउनुअघि भन्दा बढी बेचैन र चिन्तित महसुस गर्न सक्छन्, ’ डा. कोइराला भन्छन् ।

यद्यपि, सबैमा एकै किसिमको लक्षण देखिन्छ भने नदेखिने उनी बताउँछन् । ‘यो व्यक्तिको शरीरको प्रकृतिमा पनि भर पर्छ । कति पिएपछि कसलाई कतिसम्म ह्याङ्गओभर हुन्छ भन्न मुश्किल हुन्छ,’ डा. कोइराला भन्छन् ।

ह्याङओभर कसरी हुन्छ त ?

रक्सी शरीरमा पुगेर बिस्तारै रगतमा मिसिन्छ । रक्सीमा हुने  इथाइल भन्ने केमिकल फर्माल्डिहाइड (विषाक्त पदार्थ)मा परिणत हुन्छ । यसले ह्याङ्ओभरको लक्षणलाई अझ बढाउँछ ।

विभिन्न केमिकलले केन्द्रीय स्नायु प्रणाली तथा दिमागमा केही क्षण असर गर्ने हुँदा टाउको दुख्ने, मुड फ्रेस नहुने,  चक्कर लाग्ने, वाकवाकी लाग्ने, डिहाइड्रेसन गराउने समस्या उत्पन्न हुने डा. कोइराला बताउछन् ।

‘रक्सीले भासोप्रेसिन हार्मोनलाई उत्पन्न हुनबाट रोक्छ । साथै मस्तिष्कले उत्पादन गर्ने एक हार्मोनले मिर्गौलालाई तरल पदार्थ जम्मा गर्न संकेत पठाउँछ । फलस्वरूप अत्यधिक तरल पदार्थ पिउँदा र हार्मोनकै कारण बारम्बार पिसाब लाग्न सक्छ । यसले तरल पदार्थ शरीरबाट बाहिरिन्छ । यसले मध्यम खालको डिहाइड्रेसन गराउँछ, ’ उनी भन्छन् ।

शरीरमा रगतमा रक्सीको मात्रा शून्य हुँदा यसको लक्षण चरममा पुग्छ । ह्याङ्ओभरको लक्षणको प्रभाव पिएपछि केही घण्टामा देखिन थाल्छ, जुन अर्को २४ घण्टासम्म रहन सक्ने डा. कोइराला बताउँछन् ।

ह्याङ्ओभरको प्रभाव महिलामा बढी

डा. कोइरालाका अनुसार यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छन् भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा बढी महिलामा हुन्छ । कारण महिलाको तुलनामा पुरुषको शरीरमा पानीका मात्रा बढी हुन्छ । जसले गर्दा उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिट्टै घोलिन्छ । जबकि महिलाहरुले सेवन गर्ने मदिरा रगतमा गएर मिसिने विभिन्न अध्ययनले देखाउँछ ।

अमेरिकी जनरल एनआईएएएका अनुसार व्यक्तिपिच्छे यसको लक्षण फरक–फरक देखिन सक्ने भए पनि केही स्ता लक्षण छन् जुन धेरैमा देखिन्छ ।

निद्रामा असर : रक्सीले व्यक्तिलाई छिटो निद्रा लगाउने र निद्रा दख्खल भइराख्ने पनि हुन्छ, जसकारण छिट्टै उठ्न सक्ने पनि उनीहरुमा गराउन सक्छ । साथै थकान पनि हुन्छ ।

पेट दुख्ने : रक्सी पेटको नलीमा समस्या निम्त्याउँछ जसले एसिडलाई बढाउँछ । जसकारण बान्ता हुने र पेट दुख्ने वा असहज हुन सक्छ ।

एसिटाल्डिहाइड एक्सपोजर : कलेजोले  एसिटाल्डिहाइड योगिक (विषाक्त) बनाउँछ । जसले केही समय आमाशय, कलेजो, मस्तिष्क, जीआई ट्र्याक र अन्य अंग सुन्निन सक्छ । लगातार र दिनहुँ खाएमा रक्सीले हरेक अंगमा असर गर्न सक्छ ।

ह्याङ्ओभरको बारेमा चलेका केही व्यापक भ्रम

भ्रम : कफी पिउने वा नुहाउने जस्ता केही कार्यहरूले ह्याङ्ओभरलाई रोक्न वा निको पार्न सक्छ ।

तथ्य : ह्याङ्ओभरबाट पूर्णतया बच्ने एउटै उपाय भनेको रक्सी नपिउनु वा रक्सीको सेवनलाई न्यूनतम राख्नु हो । ह्याङ्ओभरको समयबाहेक अरू कुनै उपचार छैन ।

भ्रम : पेय पदार्थको मिक्स अर्डरले ह्याङ्ओभरलाई कम गर्छ- चल्तीको अभिव्यक्ति ‘रक्सी भन्दा पहिले बियर पिए कहिल्यै बिरामी भइँदैन ।’

तथ्य : सामान्यतया मानिसले जति धेरै रक्सी पिउँछ, ह्याङ्ओभर त्यति नै बढ्छ । कुनै व्यक्तिले बियर, वाइन, स्पिरिट वा यिनीहरूको संयोजन पिउने भए पनि ह्याङओभर नै हुन्छ ।

भ्रम : रातमा पिएपछि बिहान रक्सी पिउनाले ह्याङ्ओभरबाट बच्न मद्दत गर्छ ।

तथ्य : यद्यपि यसले अस्थायी रूपमा केही लक्षण कम गर्न सक्छ । तर अस्वस्थ र ह्याङ्ओभरका अन्य लक्षणलाई लामो समय कायम गराउन सक्छ ।

यसबाट बच्ने त्यस्ता उपाय छन् ?

सामाजिक सञ्जालको विभिन्न वेबसाइटमा ह्याङ्ओभर कम गर्न धेरै उपाय उल्लेख गरिएका छन । तर कुनै पनि वैज्ञानिक रूपमा प्रभावकारी साबित नभएको डा. कोइराला बताउँछन् ।

‘ह्याङ्ओभरलाई हटाउन कुनै औषधि छैन । केही समयपछि आफैं हट्न थाल्छ । व्यक्तिले शरीरमा अल्कोहल पच्न, विषाक्त पदार्थ शरीरबाट निस्कन, रिहाइड्रेट हुन,  रक्सीले पोल्न थालेका कोषहरु ठीक हुन र मस्तिष्कका गतिविधिलाई सामान्यमा पुनर्स्थापित गर्न कुर्नुपर्छ, ‘ उनी भन्छन् ।

ह्याङ्ओभरको प्रभाव कम गर्न रक्सीकै मात्रा कम गर्नुपर्छ । जति मात्रा कम गर्‍यो, त्यति ह्याङ्ओभर हुन नपाउने उनको भनाइ छ । मदिरा पिएपछि पानी, कागती र फलफूल खाँदा यसको प्रभाव कम हुन सक्छ तर यसले शरीरलाई दीर्घरोगतर्फ धकेल्नुका साथै लिभर सिरोरिस, नसा ड्यामेज गराउने समस्या समेत हुन सक्ने भएकाले नखान डा. कोइराला सुझाउँछन् ।

साभारः अनलाइन खवर डट कम

साझा खोज

साझा खोज

Next Post
एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

लहान : पत्रकारलाई पिडा सुनाए पिडित, न्ययका लागि पहल गरिदिन अनुरोध

लहान : पत्रकारलाई पिडा सुनाए पिडित, न्ययका लागि पहल गरिदिन अनुरोध

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.