Khoj
Thursday, October 29, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?


दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

डा. पुनम नेपाल

शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि बनाउँछ ।

सन्तुलित आहार भनेको शरीरका लागि आवश्यक सबै पोषक तत्त्व खानेकुरामा उचित मात्रामा हुनुपर्छ । हामीले खाइरहेका खानेकुरा शरीरका लागि फाइदाजनक नै हुन्छ भन्ने हुँदैन । त्यसैले आयुर्वेदमा मानिसको ऋतु र शारीरिक संरचना (स्वभाव) अनुसार खाने-पिउने समय तोकिएको छ । त्यसैले आयुर्वेद अनुसार के र कहिले खानेबारे जानकारी भएको खण्डमा धेरै रोगबाट बच्न सकिन्छ ।

भोजनमा के के समावेश हुनुपर्छ

आयुर्वेद अनुसार भोजन सात्त्विक हुनुपर्छ । सात्विक भोजनको विशेषता भनेको प्राकृतिक रूपमा सजिलै पकाउन सकिनु, भरपुर पोषण दिनु, शरीरलाई हल्का गराउनु,  ऊर्जा दिनु आदि हुन् । जसकारण आयुर्वेद क्षेत्रमा सात्विक भोजनलाई मानव शरीरको विकास, स्वस्थता र दीर्घ जीवनको लागि उत्तम मानिन्छ ।

सात्विक खानामा प्रकृतिले दिएको मौसमी फलफूल र तरकारी, दूध र दुग्धजन्य पदार्थ, अन्न, दाल, गेडागुडी समावेश हुन्छन् । जसमा गुलियो, नुनिलो, अमिलो, टर्रो, पिरो र तीतो रस पाइन्छ ।

सधैंभरि खान मिल्ने र ऋतु विशेष गरेर खाना मुख्यतया दुई प्रकारको हुन्छ । सधैं खाइने खाना पुरानो हुनुपर्छ भने तरकारी फलफूल ऋतु विशेष हुनुपर्छ । किनकि नयाँ अन्न भन्दा पुरानो अन्न राम्ररी पच्छ र मौसमी तरकारी फलफूलमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स हुन्छ ।

कति मात्रामा खाने ?

कस्तो खानासँगै कति मात्रामा खाने भन्ने कुरा पनि आयुर्वेदमा महत्त्वपूर्ण हुन्छ । हामीले हाम्रो पेटको खाना खाने क्षमतालाई चार भागमा विभाजन गर्नुपर्छ । चार भागमा दुई भाग हामीले ठोस खानेकुरा जस्तै दाल, भात र तरकारी खानुपर्छ । एक भाग तरल खानेकुरा जस्तै दाल, मोही, जस्ता खानेकुरा खानुपर्छ । एक भाग भने हावा पास हुन खाली छाड्नुपर्छ ।

कसरी खाने ?

खाना खाने समयमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । भोक लागिसकेपछि मात्र खानुपर्छ । जब भोक लाग्छ, शरीरमा पाचन रसहरू उत्पादन हुन्छ । तब हामीले खाएको खानेकुरा राम्ररी पच्छ ।

भोजन गर्दा हतारमा वा छिटो-छिटो गर्नु हुँदैन । भोजन बिस्तारै–बिस्तारै, प्रेमपूर्वक वा शुद्ध भावले गर्नुपर्छ । अक्सर हामी हतारमा चपाएर निल्छौं । यसो गर्दा मुखबाट निस्कने र्‍याल खानामा सही ढंगले घुलमिल हुन पाउँदैन । त्यस्तो भोजन पेटमा पुगेपछि पाचन प्रणालीलाई बोझ हुन्छ । यसले आन्द्रालाई कमजोर बनाउँछ । दाँतले पनि राम्ररी आफ्नो काम गर्न पाउँदैन, त्यसैले त्यो पनि कमजोर हुन्छ । खाना राम्ररी चपाएर खानुपर्छ, जसले गर्दा त्यसमा रहेको पौष्टिक तत्त्व हाम्रो शरीरमा राम्ररी प्राप्त हुन सकोस् । त्यसैले के भनिन्छ भने भोजनलाई त्यस बेलासम्म निल्नु हुँदैन, जबसम्म त्यो पिसिएर रसदार हुँदैन ।

यसै प्रकारले पेय पदार्थ पनि मुखमा राखेर पिउनुपर्छ । भोजन गरेको समयमा चिसो पानी पिउनु हुँदैन । भोजन गर्नुभन्दा आधा घण्टाअघि वा आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

कुन ऋतुमा के खाने, के नखाने भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ । ऋतुअनुसार खानपानमा ध्यान दिन सक्छौं भने रोग लाग्ने सम्भावना निकै कम हुन्छ । जस्तै वसन्त ऋतु चैत, वैशाखमा दही खानु हुँदैन । यो सिजनमा पाचन क्षमता कमजोर हुने भएकाले दही खाँदा पाचन प्रणाली बलियो हुन्छ ।

मौसमी खानेकुरालाई भोजनमा समावेश गर्नुपर्छ । अहिले बेमौसमी खेती भन्ने एकदमै धेरै लोकप्रिय छ । तर बेमौसमी खानेकुरा भन्दा मौसमी खानेकुरालाई प्राथमिकतामा राख्नुपर्छ ।

आयुर्वेदका अनुसार केही खानेकुराहरू मिसाएर एकसाथ पनि खान हुँदैन । जस्तो महसँग उति नै मात्रामा घिउ मिसाएर खाँदा त्यो विषाक्त हुन्छ । साथै माछामासुसँग दुग्धजन्य खानेकुरा मिसाएर खानु हुँदैन ।

राम्रो खानपानसँगै शारीरिक व्यायाम पनि त्यत्तिकै महत्त्वपूर्ण छ दीर्घजीवनको लागि । त्यसैले दीर्घजीवनको लागि राम्रो खानपान शैलीसँग दैनिक योग र व्यायाम पनि गर्नुपर्छ ।

(आयुर्वेदिक चिकित्सक डा. नेपालसँग कुराकानीमा आधारित)

साझा खोज

साझा खोज

Next Post
हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.