लहान १५, कार्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर १,२,३ को वडा कार्यालयहरुको कामकाज आजबाट वडा नम्बर नं. १ को तरकारी बजार स्थित सिंगराही मटियर्वा सपिङ्ग कम्प्लेक्सबाट संचालन हुने भएको छ ।
मेयर महेश प्रसाद चौधरीले एकै ठाउँमा रहेको वडा कार्यालयहरुको आज विधिवत रुपमा समुदघाटन गर्नुभयो । नगरपालिकाको आफ्नै मातहतको भवनबाट कामकाज सुचारु हुने भएपछी स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
यसअघि वडा कार्यालयका कामकाजहरु बर्षौदेखि भाडाकै घरबाट कार्य सम्पादन भैरहेका थिए । भाडामा लिएको घरको कोठा साँघुरा र कार्यालयमैत्री नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा समस्या हुँदै आईरहेको थियो । सेवाप्रवाह गर्न निकै कठिनाइ हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आईरहेका थिए ।
समुदघाटन कार्याक्रममा वडा नं. १ का वडा अध्यक्ष क्रमश युगल किशोर चौधरी, २ का सियाराम यादव, ३ का रामदयाल महतो, ४ का रामनाथ पण्डित, ८ का श्याम साह भोरेभोर, ९ का घुरन चौधरी, ११ का सुर्य नारायण चौधरी, १५ का तेज नारायण चौधरी, १६ का गडुल वहादुर जर्घामगर, २० का गणेश कुमार चौधरी, २२ का श्याम कुमार अधिकारी, लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाई, कार्यक्रम संयोजक महेश्वरी चौधरी लगायत स्थानिबासी, पत्रकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।











तपाईको ईमेल गोप्य राखिनेछ