लहान ११, पौस । लहान सिटी जेसिजको २२ (औं) बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट लहान सिटि जेसिजको अध्यक्षमा उमेश कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
मंगलवार सम्पन्न अधिवेशनबाट बर्ष २०२४ का लागि प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष तथा लहान नगरपालिका शिक्षा समितिका सदस्य (शिक्षकर्मी) उमेश कुमार यादव निर्विरोध चयन भएको निर्वाचन अधिकृत कुमु चौधरीले जानकारी दिनुभयो ।
कार्यकारणी उपाध्यक्षमा बमचन्द्र चौधरी, नित्यानन्द साह, तालिम निर्देशकमा खुश्बु जयसवाल, जनसम्पर्क अधिकारीमा उपेन्द्र यादव, उपाध्यक्षमा अंकित सारडा, शिवानन्द चौधरी, सैगेन्द्र साह र प्रदिप यादव निर्विरोध चयन भएका छन् । यसैबिच मनोनित पादहरु मध्ये कानुनी सल्लाहकारमा उमेश कुमार साह, महासचिवमा देबनलाल ठाकुर मनोनित भएका छन् ।
वर्ष २०२३ का अध्यक्ष फिरोज शेखको अध्यक्षतामा संचालित कार्यक्रममा लहान सिटी जेसिसका संस्थापक अध्यक्ष बसन्त साहको प्रमुख आतिथ्य रहेको थियो भने जेसिजका पुर्व अध्यक्षहरुको विशिष्ट आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो ।












तपाईको ईमेल गोप्य राखिनेछ