लहान १२, पौस । सुरक्षित आवास योजना अन्तर्गत लहान नगरपालिका वडा नं.– १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज सुरक्षित आवास (घर) हस्तान्तरण गरेको वडा नं.– १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरीले बताउनुभयो ।
लहान नगरपालिकाको ३० लाख ३२ हजार २ सय ३८ रुपौया २४ पैसा, हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्यीम्यानिटी नेपालको २४ लाख र स्थानीय जनश्रमदान ५ लाख ७९ हजार ४ सय ८८ रुपौया ८८ पैसा गरी जम्मा ६० लाख ११ हजार ७ सय २७ रुपौया १२ पैसाको कुल लागतमा घर निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भन्नुभयो, ‘केहिदिन भित्रै लहान नगरपालिका वडा नं.– १५ को मेनहर्वा टोलको विपन्न वस्तिमा ३८ वटा घर हस्तान्तरण गर्नेछु । चालु आर्थिक बर्षमा ५० वटा घर हस्तान्तरण गर्ने लक्ष्य अनुरुप लहान नगरपालिका वडा नं.– १२ मा (१२ घर) र लहान नगरपाकिला वडा नं. – १५ मा (३८ घर) को लागी सम्झौता गरेको सुनाए । स्रोत साधनले भ्याए सम्म नगरक्षेत्र भित्रका अन्य विपन्न परिवारका लागि आफु सुरक्षित घर बनाउन प्रयासरत रहेको प्रमुख चौधरीको भनाई रहेको छ ।
भवानी एकिकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजिकरणमा नगरपालिका भित्र सुरक्षित आवास योजना कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा ह्याविट्याट फर ह्यीम्यानिटी नेपाल विराटनगरका प्रमुख राम बहादुर श्रेष्ठ, ह्याविट्याटकै काठमाण्डौका अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक अमलेश्वर सिंह, भवनी एकिकृत विकास केन्द्रका अध्यक्ष राजेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव लगायत स्थानीयबासी, बुद्धिजिवी, समाजसेवी तथा विभिन्न मिडियाका संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।














तपाईको ईमेल गोप्य राखिनेछ