सिरहा २८, वैशाख । सिरहा स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेशिन मर्मतगर्ने क्रममा दुर्घटनामा परी निधन भएको छ । कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला भारतको मध्य प्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।
मेसिन मर्मतगर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर घाईते भएको तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पु¥याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धन गरिरहेको जनाएको छ ।
घाइते तिवारीलाई उद्धारमा ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ । युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् । उद्योगमा कार्यरत मजदुरहरुको उचित सुरक्षाको व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्युहुने गरेको उनीहरुको भनाई रहेको छ ।











तपाईको ईमेल गोप्य राखिनेछ