राजविराज ३१, वैशाख । सप्तरीमा एकजना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। सप्तरीको रुपनी गाउँपालिका वडा न.– १ रायपुरस्थित खेतमा अाज बिहान एक २१ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा नं. – २ खैरबनाका लुकमानका छोरा २१ वर्षीय माे. तफेजुलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
एसपी कार्कीका अनुसार तफेजुललाई राति नै हत्या गरी खेतमा फालिएको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको सप्तरीका एसपि कार्कीले बताउनुभयाे। यता साे घटनाको प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने बताउदै उहाले प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिनुभयो ।
यता रुपनी गाउँपालिका वडा नं. १ रुपनी राजविराज खण्डको रुपनीमा युवकको शव फेला परेपछि घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।











तपाईको ईमेल गोप्य राखिनेछ