Khoj
Saturday, June 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै पालिका उपाध्यक्ष


ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै पालिका उपाध्यक्ष

संतोष यादव

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी यादवले ससुराको गाडी भाडामा देखाएर मासिक लाखौँ रुपैयाँ बुझ्दै आएको खुलेको छ ।उपाध्यक्षमा निर्वाचित भए लगत्तै यादवले गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पाइन् । उनी सोही मोटरसाइकल प्रयोग गर्छिन् । मोटरसाइकल चढ्दा लाग्ने पेट्रोल पनि उनलाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ ।

तर पनि उनी प्र २–०१–००१ च ०४५७ नम्बरको चार पाङ्ग्रे गाडी भाडामा लिएकी छन् । उक्त चार पाङ्ग्रे गाडी भने उनी चढ्ने गरेकी छैनन् । तर उनी मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएकी छन् ।उनी भाडामा लिएको गाडी नवराजपुर गाउँपालिका ५ का तेजीलाल यादवको नाममा छ । तेजीलाल उपाध्यक्ष यादवकी ससुरा हुन् ।

उक्त गाडी भने उपाध्यक्ष यादवका जेठान वजिन्द्र प्रसादले गाउँघरमा भाडामा लगाउने रुपैयाँ कमाउँछन् । वजिन्द्रले सोही गाडी बिहेवारि र अन्य कामका लागि सर्वसाधारणलाई भाडामा समेत दिने गर्छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कार्यपालिकाको निर्णय अनुसार ०७९ भदौ १ देखि गाडी भाडामा लिएर उपाध्यक्ष यादवलाई चढ्न दिएको बताए ।

उनले दिएको जानकारी अनुसार उपाध्यक्षका लागि चार पाङ्ग्रे गाडी भ्याटसहित मासिक १ लाख २० हजार बुझाउने गरी पालिकाले भाडामा लिएको छ । उपाध्यक्षले चार पाङ्ग्रे गाडी बाहेक पालिकाको एउटा मोटरसाइकल पनि राखेकी छन् । अधिकृत साहका अनुसार उपाध्यक्ष यादवलाई चार पाङ्ग्रे गाडीका लागि १ सय लिटर डिजेल र मोटरसाइकलका लागि १०–१५ लिटर पेट्रोल पालिकाले उपलब्ध गराउँछ । इन्धन प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार बुझ्ने गरेकी छन् ।

यता, उपाध्यक्ष यादवले पनि पालिकाबाट मोटरसाइकल र चार पाङ्ग्रे गाडी सुविधा लिएको स्वीकार गरेकी छन् । उनले आवश्यकता अनुसार दुवै गाडी प्रयोग गर्ने गरेको बताइन् । चार पाङ्ग्रे गाडी त तपाईँको आफ्नै हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘गाउँपालिकाले भाडामा लिएर आफूलाई चढ्न दिएको चार पाङ्ग्रे गाडी विषयमा बुझ्नु छ भने पालिकामा आएर कुरा गर्नुस् । म अहिले छलफलमा छु ।’

सभार : नेपाल प्रेस डटकम

साझा खोज

साझा खोज

Next Post
सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.