Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

अत्यधिक गर्मीबाट श्रमिकलाई बचाउन कानुन ल्याइए पनि कार्यान्वयन फितलो श्रमिकहरूको मृत्युको पूर्ण छानबिन गर्न एम्नेस्टीको आग्रह


श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

होम कार्की

काठमाडौँ — अत्यधिक गर्मीले शरीरमा पर्ने दबाब (हिट स्ट्रेस) बाट श्रमिकलाई बचाउन ल्याइएको कानुनमा कतारले थप सुधार गर्ने भएको छ । कतारले मे २०२१ मा मध्याह्नमा श्रमिकलाई काममा लगाउन नपाउनेसहितको हिट स्ट्रेससँग सम्बन्धित नयाँ कानुन ल्याएको थियो । यो कानुनलाई थप परिमार्जन गर्ने कतारको तयारी छ ।

कतारका श्रममन्त्री अलिविन समिख अल–मर्रीले श्रम बजारको विकासका लागि हिट स्ट्रेससँग सम्बन्धित कानुनलाई थप परिमार्जन गर्न लागिएको बताए । ‘हामी हिट स्ट्रेससँग सम्बन्धित कानुनलाई थप उन्नत बनाउन गइरहेका छौं । पेसागत सुरक्षा तथा स्वास्थ्यका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको सहयोगको सराहना गर्दछौं,’ गत साता कतारमा आयोजित पेसागत तापको दबाबसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘उच्च तापले श्रमिकलाई पर्ने दबाबबाट बचाउन कानुन ल्याउनेमा कतार अगाडि छ । यसले श्रमिकको उत्पादकत्वमा पर्ने प्रभावलाई कम गर्न हामीले योजना बनाएका छौं ।’

कतारद्वारा यससम्बन्धी दुई वर्षअघि जारी गरिएको कानुनले १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बाहिरी क्षेत्रमा काम लगाउन रोक लगाएको छ । त्यस्तै रोजगारदाताले उच्च तापको असरबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जोखिम आकलनको तयारी गर्नुपर्ने, मुख्य ठेकेदारले एउटै कार्य क्षेत्रमा भएका दुईभन्दा बढी सप्लाई कम्पनीसँग तापको दबाबबाट पर्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वय गर्ने व्यवस्थासमेत उक्त कानुनमा गरिएको थियो । तापक्रम ‘वेट–बल्ब ग्लोब टेम्परेचर’ (डब्लूबीजीटी) को मापनभन्दा बढी भए पूरै काम बन्द गर्नुपर्ने, श्रमिकलाई सुरक्षा र स्वास्थ्यसम्बन्धी सूचना तथा तालिमको प्रबन्ध, उचित खानेपानी र आरामको प्रबन्ध, नियमित स्वास्थ्य परीक्षण, काम गर्न कठिन भए बन्द गर्न पाउने श्रमिकको स्वतन्त्रतालगायत विषय समेटेर कानुन जारी गरिएको थियो ।

रोजगारदाता कम्पनीले यी कानुनलाई कार्यान्वयन गरे/नगरेको अनुगमनमा भने कडाइ हुन सकेको छैन । सरकारी र ठूला आयोजनामा बिहान १० देखि दिउँसो ३ः३० सम्म काममा रोक लगाइए पनि अन्य ठाउँमा प्रभावकारी कार्यान्वयन छैन । कतारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययनअनुसार सामान्य रूपमा एउटा श्रमिकको काम गर्ने समयमा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार काम गर्ने समयमा शरीरको तापक्रम ३८ डिग्री सेल्सियस नाघेपछि जोखिम हुन्छ ।

डब्लूएचओको श्रमिकमाथि अध्ययन गरिएको अध्ययनअनुसार काम गर्ने समयमा दुई तिहाइ श्रमिकको शरीरको भित्री तापक्रम ३६.५ देखि ३७.४, एक तिहाइको ३७.५ देखि ३७.९ डिग्री सेल्सियस भेटिएको थियो । ५ प्रतिशत श्रमिकको शरीरको तापक्रम भने ३८ देखि ३८.४ डिग्री भेटिएको थियो । यो पाँच प्रतिशत भने उच्च खतरामा परेको हो । कतारको गर्मी समयमा बाहिरी तापक्रम सामान्यतया ४५ डिग्री हुन्छ । यो समयमा भित्री शरीरको तापक्रम उच्च बिन्दुमा पुगेको थाहा नहुँदा कामदारको ज्यान गइरहेको छ । कतारमा सबैभन्दा बढी नेपाली श्रमिकको मृत्यु जुन, जुलाई र अगस्ट महिनामा हुन्छ । १२ महिनामध्ये यी तीन महिनामा बढी नै मृत्यु हुन्छ । तर तापकै दबाबले मृत्यु भएको भने प्रमाणित हुने गरेको छैन ।

नवलपरासीका यमबहादुर रानाको मध्याह्न बाहिर ड्युटीमै रहेका बेला हृदयाघात भई ज्यान गएको थियो । यमबहादुरकी पत्नी भूमिसराले यमबहादुरको मृत्युको ठोस कारण आफूले अहिलेसम्म नपाएको बताइन् । ‘उहाँ अधिकांशजसो एयरपोर्टबाहिर नै काम गर्नु हुन्थ्यो । गाडी आएका बेला घरीघरी चर्को घाममा निस्किरहनुपर्ने खालको थियो । जुन दिन उहाँको हृदयाघातबाट मृत्यु भयो, त्यो दिन बाहिर नै काम गरिराख्नुभएको थियो । उहाँलाई तुरुन्तै अस्पतालसमेत पुर्‍याउन सकिएन । यो कुरा मलाई उहाँको सुपरभाइजरले फोन गरेर बताउनुभएको थियो,’ भूमिसराले भनिन्, ‘मलाई धेरैबेर घाममा नै बस्नुपर्दा सुक्खा भएर तापले हृदयाघात भएको जस्तो लाग्छ । किनभने उहाँ बिरामी परेको मलाई कहिल्यै थाहा छैन ।’

एम्नेस्टीले श्रमिकहरूको मृत्युको पूर्ण छानबिन गर्न कतारी अधिकारीहरूलाई आग्रह गरेको छ । ‘यदि श्रमिकहरू अत्यधिक गर्मीजस्ता खतरनाक अवस्थाको सामना गर्दै आएका छन्, मृत्युको अन्य कुनै कारण स्थापित गर्न सकिँदैन भने कतारले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्दछ । अन्य श्रमिकको सुरक्षालाई सुदृढ पार्न तत्काल कदम चाल्नुपर्छ । आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन, कानुनी उपचार र रोकथाम गर्न नसक्नु बाँच्न पाउने अधिकारलाई सुरक्षित र सुनिश्चित राख्ने कतारको दायित्वको उल्लंघन हो,’ एम्नेस्टीले उल्लेख गरेको छ ।

हालै एम्नेस्टी इन्टरनेसनलले विशेष गरी अत्यधिक र शारीरिक रूपमा निकै धेरै श्रम गर्नुपर्ने कार्य समयसँगै कतारको चरम तापक्रमका कारण श्रमिकहरूमाथि जोखिम परेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्दछ । आप्रवासी श्रमिकहरूको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण संकेतहरूलाई बेवास्ता गरिरहेका छन् । जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ,’ एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने, ‘यो बाँच्न पाउने अधिकारको उल्लंघन हो । उनीहरूले पीडित परिवारहरूको कानुनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् । तिनीहरूलाई अनुत्तरित प्रश्नहरूसहितको पीडादायी अवस्थामा छाडेका छन् ।’

कतारले तापको दबाबबाट श्रमिकमाथि आइपर्ने प्रभावलाई जोगाउन कडाइका साथ अनुगमन भइरहेको दाबी गरेको छ । ‘सरकारले कार्यक्षेत्रको अनुगमन गर्न श्रम निरीक्षकहरू पठाइरहेको छ । श्रमिक र रोजगारदाताहरूलाई जनचेतना दिने अभियानहरू गरिरहेका छौं,’ श्रममन्त्री मर्रीले भने, ‘तापको दबाबलाई न्यूनीकरण गर्न राष्ट्रिय क्षमता बढाउनका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग हातहरू बढाइरहेका छौं ।’

साझा खोज

साझा खोज

Next Post
काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

युवती हराएको सुचना

युवती हराएको सुचना

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.