Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पत्नी चढेको गाडी प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की


पत्नी चढेको गाडी  प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।त्यसैको झोंक उनले सामाजिक सञ्जालमा पोष्ट गरेका  छन्।

‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए। यसबारे हामीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सोधेका थियौं। उनले कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको बताए।

‘बिदाको दिन सरकारी गाडी देखिएपछि ड्युटीमा रहेकाले अनुमति लिनु भएको छ भन्दै सोधेका हुन्, त्यो खासै ठूलो कुरा होइन। सरकारी गाडी दुई—तीन मिनेट पनि नरोकिएको जानकारी गराएका छन्। गाडीमा को थियो त्यो याद गर्ने कुरा भएन। त्यहाँ खटिएका ट्राफिक प्रहरीले नम्बर समेत नटिपी छाडेका रहेछन्,’ उनले सेतोपाटीसँग भने।

एक अधिकारीले दिएको जानकारी अनुसार गाडीपछाडि महिला बसेकी थिइन्। चालक आफैंले काठमाडौं महानगरपालिकाको गाडी रोक्नुपर्नाको कारण के हो भनेर सोधेको ती अधिकारीले बताए।

स्रोतका अनुसार कोटेश्वरमा पत्नी चढेको गाडी रोकिएपछि मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। उनले काठमाडौं महानगरपालिकाको गाडी चेकिङ गर्नाको कारण पनि सोधखोज गरेका थिए।

‘बिदाको दिन सरकारी गाडी चेक हुन्छ। कुन उद्देश्यका लागि चलेका छन् भनेर सोधखोज गर्नु ड्युटीमा खटिएका प्रहरीको कर्तव्य हो। उनीहरूले आफ्नो कर्तव्य पालना गरेका हुन्। मेयर शाहलाई यसमा चित्त बुझेनछ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका कुनै पनि गाडी रोकिनु हुँदैन भन्ने उहाँको सोच रहेछ। पछि स्ट्याटस पनि त्यही ढंगबाट आयो।’

कोटेश्वरमा महानगरको गाडी रोकिएको बारे बुझ्न हामीले मेयर बालेन शाहको सचिवालयमा फोन गरेका थियौं। तर, सम्पर्क हुन सकेन।

स्रोत : सेतोपाटी

साझा खोज

साझा खोज

Next Post
एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

माग पुरा नभए निजामती दिवस नमनाउने सरकारलाई चेतावनी

माग पुरा नभए निजामती दिवस नमनाउने सरकारलाई चेतावनी

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

चलचित्र ‘‘द नाईट सिफ्ट’’ प्रदर्शनका लागि तयार

चलचित्र ‘‘द नाईट सिफ्ट’’ प्रदर्शनका लागि तयार

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.