लहान ०५, पौष ।‘‘यटर पटर दुनु टाङ्ग करे’’ नामक् मैथली रोमान्टीक भिडियो शुक्रवार सार्वजनिक हुने भएको छ । भोली साँभ ६ः ३० बजे पुनम मैथली आर्ट नामक् युटयुब च्यानल मार्फत सार्वजनिक हुने भएको च्यानल स्रोतले जनाएको छ ।
गितमा मिथला क्षेत्रका चर्चित मोडेल महेश सेन्चुरी र दिपिका चौधरीले प्रमुख पात्रको रुपमा भिडियोमा देखिने भएको छ । गितमा राकेश पासमान र प्रतिमा आर्याले स्वर दिनुभएको छ भने हनि रेकडिङ्ग स्टुडियो कुशहा बजार– ५ मा गितको रेकडिङ्ग गरिएको छ ।
गितमा श्याम सिंहले डान्स डाईरेक्टरको रुपमा भुमिका निर्वाह गरेका छन् । च्यानलले भिडियो हेरेर सुझाव दिई स्थानीय कालाकारलाई माया गरिदिन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेका छन् ।











तपाईको ईमेल गोप्य राखिनेछ