Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला


आज सिरहाको राजदेवी मन्दिरमा ऐतिहासिक मेला

सिरहा, १० जेठ | सिरहाको लहान नगरपालिका—१५ स्थित ढोड्नामा ऐतिहासिक धार्मिक पर्यटक क्षेत्र राजदेवी पञ्चावती मन्दिर परिसरमा आज भव्य बैशाखी पूर्णिमा मेला लागेको छ । प्रत्यक वर्ष चण्डी पुर्णिमाको दिन लाग्ने मेलामा यहाँ हजारौ पशुपन्छीको बली दिइन्छ ।

वितग वर्षमा जस्तै यो वर्ष पनि खासी बोकाको बलि दिन बिहानैदेखि श्रद्धालूहरूको चहलपहल बढेको छ । हरेक वर्ष मेला भर्न नेपाल तथा भारतबाट लाखौं श्रद्धालूहरू आउने गरेकामा यस वर्ष पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जंगलसँगै जोडिएर रहेको करिव तीन बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निधान र कार्य सफलताका लागि पूजा गर्न  भक्तजन आउने गरेको मन्दिरका पुजारी शालिग्राम भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार यहाँ मेला भर्न टाढाटाढाबाट श्रद्धालुहरु अघिल्लै दिनदेखि आउँने गर्दछन् । राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ ।

भक्तजनको भीडलाई व्यवस्थित गर्न चार सय स्वयंसेवकहरु खटाइएको छ भने स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरि कुनै प्रकारको अवाञ्छीत क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्थापन चुस्त पारिएको पनि अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनसार बाराको गढीमाईपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा यस राजदेवीथान रहेको छ । “गढीमाईपछि सम्भवत सबैभन्दो बढी बलि यही दिइन्छ । गत वर्ष १७ हजार पशुपञ्छीको बलि दिइएको थियो । यस वर्ष करिव २० हजारको बलि दिइने अनुमान रहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो,“त्यसैगरि मन्दिरमा पुजापाठ बापत गत वर्ष ३५ लाख भेटी संकलन भएको थियो । यस वर्ष भेटी रकम अझ बढ्न सक्ने हाम्रो अनुमान रहेको छ ।”

यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न समयमा पहल गरिएतापनि नेपाल सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिनसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खुसिरम चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन भने सोचेअनुसार सकिएको छैन ।”
अध्यक्ष चौधरीका अनुसार समितिले पर्यटकीय पुर्वाधारको विकास गर्ने उद्वेश्यले वि.सं २०७४ सालमा महापुराण लाएके थियो । त्यसबाट प्राप्त रकम र जनश्रमदान गरि कुल रू एक करोड ८१ लाख लागतमा धर्मशाला निर्माण गरिएको छ जसमा मधेश प्रदेशका सांसद राजेन्द्र प्रसाद चौधरीका सांसद विकास कोषबाट रू २५ लाख र पुर्व सांसद लगनलाल चौधरीद्धारा रू १३ लाख सहयोग रहेको छ । त्यसैगरि यसैवर्ष शहरी विकास तथा भवन कार्यालय सप्तरीद्धारा राजदेवी मन्दिरसम्म पुग्ने तीन किलोमिटर कच्चीबाटो पीच भएको छ ।

यहाँ लाग्ने मेलास्थल नजिकै राजदेवी ताल, गोसाइकुण्डा ताल, शिव डाँडाँ, हात्तिदह सिमसार क्षेत्र, बानो गाउँ होमस्टे लगाएत प्रसिद्ध ऐतिहासिक ‘सलहेश सर्किट’ रहेकाले स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाहरूले एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन उचित ध्यान दिनुपर्ने स्थानीय बुद्धिजिबीहरु बताउँछन् ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी भने ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापन सुधारका लागि नगरपालिकाले केही काम गरिरहेको भए पनि समग्र विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारण राख्नुहुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)

साझा खोज

साझा खोज

Next Post
राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

राजनीति तथा नातेदारका कारण ज.मा.बि.प्राविधिक राजपुर बिष्णुपुर–२ धराप बन्दै

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

अर्नमामा दलित कृषकहरुलाई स्प्रेयर ट्यांकी र जैविक विषादी बनाउने ड्रम वितरण

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

बर्षाको कारण सन्तनगर टोल डुवानमा, पानी निकासका लागि युवाहरु खटिए

सरकारले राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको रक्सी अनिवार्य गर्ने

सरकारले राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको रक्सी अनिवार्य गर्ने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.