लहान ०५, असोज । लहान नगरपालिकाले भव्यरुपमा जितिया पर्व – २०८१ को उपल्यक्षमा शुभकामना अदान- प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
तराई मधेसका आदिवासी जनताजाती अन्तर्गत थारु समुदायका महिला लगायत अन्य समुदायले भव्यरुपमा मनाईने जितिया पर्वको अवसरमा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा हजारौं जना भन्दा बढी महिला दिदिवहिनीहरुले हर्सोउल्लासका साथ सहभागीता जनाएका थिए ।
कार्यक्रममा शुभकामना दिँदै मेयर महेश चौधरीले भन्नुभयो, ‘ हामी निर्वाचित भएरआईसकेपछी दिदिबहिनीहरुको चाहना अनुरुप उक्त कार्यक्रम निरन्तररुपमा मनाउँदै आएका छौं। यस पटक पनि मनायौं। जितिया पर्व एकता, संस्कृति, पहिचान, रहनसहन, खानपान, परम्परा जोगाउने पर्वको रुपमा महत्वपूर्ण मानिन्छ । आफ्नो भेषभुषा, भाषा, संस्कृति र रहनसहनलाई संरक्षण गर्दै जानुपर्नेमा उनले जोड दिए ।’
नगर उप – प्रमुख रामचलितर महातोको अध्यक्षता र मधेस प्रदेश सभा सदस्य ललिता दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, मनव अधिकार रक्षक संजाल सिरहाकी उपाध्यक्ष रिता कुमारी महतो रहेका थिए । उपाध्यक्ष महतोले यस वर्ष कोरियाको सियोलमा आयोजित एशिया फोरममा ग्लोबल डेमोक्रेसी अवार्डद्वारा सम्मानित भएकोले लहान नगरपालिकाले उनलाई आज आयोजित कार्यक्रममा सम्मान समेत गरेका थिए ।
अतिथिहरुमा वडा अध्यक्ष बद्री चौधरी, श्याम कुमार अधिकारी, सुर्य नारायण चौधरी, गणेश चौधरी, घुरन चौधरी, तेजनारायण चौधरी, रासलाल राय, रामअवतार शर्मा, कार्यापालिका सदस्य, सामाजिक संस्थाहरुकाे प्रतिनिधि, महिला वडा सदस्यहरुकाे समेत उपस्थिति थियाे ।
प्रायः असोजको कृष्ण पक्षको सप्तमी तिथि देखि शुरु हुने यो पर्व तीन दिन सम्म मनाइन्छ ।
विशेष गरि महिलाहरुको चाडको रुपमा मनाइने यो पर्वमा निराहार व्रत लिएर आफ्नो सन्तान तथा परिवारको सुख, शान्ति तथा दिर्घायूको कामना गर्ने चलन छ । तीनदिन सम्म व्रत लिएर मनाइने यो पर्वमा दही, च्यूरा, केरा , सख्खर, घिरौलाको पात, सुपारी, पान, सिन्दुर लगायतले जीतमानबाबाको पूजा अर्चना गरिन्छ । यो पर्वको अवसरमा जितिया विशेष गीत गाँउदै रमाइलो समेत गर्ने गरिन्छ ।
।













तपाईको ईमेल गोप्य राखिनेछ