Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?


रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?

स्रोत : अनलाइन खवर डटकम

सुरुमै भनिहालौं, यो रक्सीको गुणगान होइन । न त रक्सीको प्रवर्द्धन नै । यद्यपि रक्सी पिएपछि मान्छेले एक किसिमको आनन्द महसुस गर्छन् । डर र लाजबाट मुक्त भएको अनुभूत गर्छन् । किन ? सम्भवत पियक्कडहरूले पनि यो प्रश्नको उत्तर खोजेका छैनन् होला ।

वास्तवमै रक्सीको त्यस्तो विशिष्ठ स्वाद हुँदैन, जसले गर्दा जिब्रोलाई लोभ्याइरहन्छ । बरु रक्सी पिएपछि मान्छेले जस्तो अनुभूत गर्छ, त्यसैको कारण पिउन मन गर्छन् । चाहे तितो होस् वा टर्रो, मान्छेले नाक थुनेर भए पनि रक्सी पिउँछ । किनभने, रक्सी पिएपछि प्राप्त हुने तामसिक आनन्दका लागि ।

रक्सी पिएपछि रमाइलो महसुस हुनुमा मस्तिष्कको ठूलो खेल छ । जसै मान्छेले रक्सी पिउँछन् त्यसले मस्तिष्कको रसायनिक प्रक्रिया, न्यूरोट्रान्समिटरहरूको सक्रियताले रमाइलो भएको अनुभूत गराउँछ ।

यस्तो किन गराउँछ ? भात वा अन्य खानेकुरा खाँदा किन गराउँदैन ?

यसको जवाफ खोज्नुअघि रक्सीमा हुने विशेष किसिमको रसायनलाई बुझ्न जरुरी हुन्छ ।

रक्सी के हो ?

रक्सीको मुख्य घटक इथानोल हो । यो एक साइकोएक्टिभ पदार्थ हो । यस्तो पदार्थ जब हामी पिउँछौं, त्यो रगतमा मिसिन्छ र मस्तिष्कसम्म पुग्छ । यसले मस्तिष्कको विभिन्न भागलाई प्रभाव पार्न थाल्छ ।

यसले खासगरी मस्तिष्कमा डोपामाइन, सेरोटोनिन र ग्लुटामेट जस्ता हर्मोनलाई प्रभाव पार्छ । यी न्यूरोट्रान्सिमटरहरूले हाम्रो भावना, व्यवहार र अनुभवलाई नियन्त्रण गर्छन् ।
जब रक्सीको मात्रा बढ्न थाल्छ यी रसायनिक प्रक्रिया तीव्र हुन्छ । अन्ततः हामीलाई रमाइलो जस्तो महसुस हुन्छ ।

आनन्दको रसायन स्राव

रक्सीमा हुने इथानोलले मस्तिष्कको रिवार्ड प्रणालीलाई सक्रिय गर्छ । यो प्रणाली डोपामाइन न्यूरोट्रान्समिटरको रिलिजसँग सम्बन्धित छ । डोपामाइन यस्तो हर्मोन हो, जसले हामीलाई खुसी, उत्साह र सन्तुष्टि दिलाउँछ । त्यसैले यसलाई ‘आनन्दको रसायन’ भनिन्छ ।

रक्सीले डोपामाइनको उत्पादन बढाउँछ । यही कारण मान्छेले हल्का र उत्साहित महसुस गर्छन् । यो प्रभाव सामान्यत: रक्सी पिएको पहिलो १५ मिनेटदेखि ३० मिनेटमा देखिन्छ । यस अवस्थालाई हल्का नशा भनिन्छ । यस क्षण मान्छेहरू सामाजिक कुराकानीमा रुचि राख्ने, हाँसखेल गर्ने व्यवहार देखाउँछ्न् ।

तनावमुक्त अवस्था

मान्छेहरू भन्छन्, ‘साह्रै पीर परेको छ रक्सी पिउनुपर्‍यो ।’ वास्तवमा मान्छेले रक्सी पिएपछि तनाव कम भएको महसुस गर्छन् । रक्सीले मस्तिष्कमा गाबा रिसेप्टरहरूलाई प्रभावित पार्छ ।

गाबा मस्तिष्कको प्रमुख अवरोधक न्यूरोट्रान्सिमटर हो, जसले न्युरनहरूको गतिविधिलाई कम गर्छ र तनाव, चिन्ता र अति सक्रिय भावनालाई शान्त बनाउँछ ।

यसले मस्तिष्कको गतिविधिलाई सुस्त बनाउँछ । यही कारण मान्छेले तनाव वा चिन्ता भुलेको महसुष गर्छन् । यस स्थितीमा मान्छेहरू हाँस्ने, गाउने र रमाइलो गर्ने गर्छन् ।

यसैगरी रक्सीले ग्लुटामेट न्यूरोट्रान्समिटरलाई पनि प्रभावित बनाउँछ, जुन मस्तिष्कको प्रमुख उत्तेजक न्यूरोट्रान्सिमटर हो । यस अवस्थामा उनीहरू वर्तमान क्षणमा रमाउन थाल्छन्, जसलाई हाइपोफ्रान्टालिटी पनि भनिन्छ । यतिबेला मान्छेले आफूलाई स्वतन्त्र र कुनै दबाब नभएको महसुस गर्छन् ।

रक्सीले सेरोटोनिनको स्तरलाई पनि प्रभावित गर्छ । सेरोटोनिन मुड र सामाजिक व्यवहारसँग सम्बिन्धित न्यूरोट्रान्समिटर हो ।

शारीरिक पनि प्रभाव

रक्सीको रमाइलो केवल मस्तिष्कमा मात्र सीमित छैन । यसले शरीरको अन्य प्रणालीलाई पनि प्रभावित गर्छ । जस्तो, रक्सीले रक्तनलीहरूलाई फैलाउँछ । यसले आरमदायी र न्यानो अनुभव गराउँछ । हृदयगति र श्वासप्रश्वासलाई पनि हल्का बढाउने हुँदा मान्छेले उत्साहको अनुभव गर्छ ।

क्षणिक रमाइलो

रक्सी पिएपछि रमाइलो महसुस त हुन्छ नै । तर त्यसो हुनुको कारण मस्तिष्कमा हुने रसायनिक प्रतिक्रिया हो, जुन स्थायी हुँदैन । रक्सीले रमाइलो गराउने भनेको एकाध घण्टा हो ।

यदि त्यसपछि पनि रक्सीको मात्रा बढाउँदै लगियो भने रमाइलो भन्दा बढी नरमाइलो गराउँछ । चक्कर लाग्ने, वान्ता हुने, शरीर नै नियन्त्रणबाहिर हुने जस्ता समस्या हुन्छ । कतिपय अवस्थामा यसले बेहोस गराउँछ भने कतिपय अवस्थामा मृत्यु पनि ।

विश्वमा अनगिन्ती उदाहरण छन्, रक्सी पिएपछि मृत्यु भएको । त्यसैले सामाजिक पेयको रुपमा यसलाई केवल रमाइलोका लागि पिउन सकिए पनि यसको मात्रा र आफ्नो शारीरिक अवस्थामा ख्याल गर्नुपर्छ । साथै खल्तीको पनि विचार गर्नुपर्छ । किनभने रक्सीले दरिद्र बनाउन कुनै समय लगाउँदैन ।

साझा खोज

साझा खोज

Next Post
सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

सिरहा: ७१लाख  नगद लागूऔषधसहित  ५ जना पक्राउ

सिरहा: ७१लाख नगद लागूऔषधसहित ५ जना पक्राउ

संशोधन प्रास्तावमा आफ्नो माग नसमेटिएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा विरोध

संशोधन प्रास्तावमा आफ्नो माग नसमेटिएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा विरोध

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.