लहान २१, बैशाख । सिरहा सप्तरीका पासमान समुदायका अगुवाहरुले आज लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
लहान नगरपालिका वडा नं. १२ र २२ मा पर्ने सलहेश फुलवाडीमा मधेश प्रदेश सरकारले निर्माण गर्न लागिएको बाबासाहेब अम्बेडकर भनेर चिनिने डा. भिमराव रामजी अम्बेडकरको शालिक स्थापना गर्न नहुने भन्दै उनिहरुले नगर प्रमुख चौधरी समक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा लेखिएको छ,‘हामी (बाबा साहेब)को बिरोधी हैन् तर, शालीक त्यहाँ नबन्नु पर्ने हो । किनकि लोक नायक सहलेशको आफ्नै गाथा र ऐतिहासिक महत्व छन् ।,
२०८२ बैशाख १५ गते जनमत पार्टीका अध्यक्ष सिके राउत, मुख्यमन्त्री सतिश सिंह र वनमन्त्री त्रिभुवन साहले संयुक्त रुपमा सलहेश फूलवाडीमा ‘भिमराव अम्बेडकर पार्क’को शिलान्यास गरेका थिए ।
पार्क निर्माणका लागि प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । सो बजेटले अम्बेडकरको शालिक, पानीको झरना, हात्तीको मूर्ति र प्रवेशद्वार निर्माण गरिने उल्लेख छ ।
तर, मधेश सरकारको अमबेडकर पार्क निर्माण कार्यको पासवान समुदायले विरोध जनाउदै आएका छन् । उनिहरुले सलेहश फूलवारीमा अम्बेडकर पार्क निर्माण गर्दा राजा सलहेशको इतिहास तथा पहिचान मेटिने सामाजिक अभियान्ता मोहन पासमानले टिप्पणी गरे । सलहेश फूलबारीमा अम्बेडकरको पार्क बनाउने प्रदेश सरकारको निर्णय अपरिपक्क भएको बताउँछन् । उनले एउटा इतिहासि मेट्ने गरी अर्को इतिहास बनाउन खोज्नु जायज नभएको बताए । उनले अम्बेडकर पार्क बनाउन उपयुक्त ठाउँको चयन गर्न प्रदेश सरकारलाई सुझाए ।
‘सलहेश फूलवाडी महानायक राजा सलहेशको जीवन, वीरता र कथासँग जोडिएको पवित्र भएकोले राजा सलहेशको इतिहास र गाथा ओझेलमा पर्न सक्छ । यहाँ अम्बेडकर पार्क बनाउने निर्णय अबिलम्ब नसच्याए कानूनी उपचार खोज्ने ज्ञापनपत्र मार्फत मधेश प्रदेश सरकारलाई उनिहरुले चेतावनी समेत दिएका छन् ।
यता लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले अम्बेडकर पार्क बनाउन लहान नगरपालिकाले अन्य ठाउँमा जग्गा दिने घोषणा गरेका छन् । उनले राजा सलहेशको इतिहास नमेटिनगरी अन्य ठाउँमा शालिक स्थापना गर्न मधेश प्रदेश सरकार सुझाव दिएका छन् । नगरपालिकाको कुनैपनि समन्वयमा बिना नक्शा पासगरी उक्त पार्क निर्माण गर्न खोज्नु मधेश सरकारको नैतिकता नभएको उनको भनाई छ ।
तपाईको ईमेल गोप्य राखिनेछ