लहान ३२, असार । खानेपानीको लागि धारा जडान गर्न नगरपालिकाबाट ५० प्रतिशत छुट दिने निर्णय गरिएको लहान नगरपालिकाका मेयर महेश चौधरीले बताएका छन् । आज बसेको कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको उनले सुनाए ।
कार्यपालिका बैठकबाट भएको निर्णयलाई अबिलम्ब कार्यान्वयन गर्न सम्बन्धित फाँटका कर्मचारीलाई नगर प्रमुखले निर्देशन दिईसकेको स्रोतबाट बुझिएको छ । अगामी आ.व.२०८२/०८३ को श्रावण र भदौ महिना भित्र धारा जडान गरेमा उक्त सुविधाबाट नगरभित्रका सेवाग्राहीहरु लाभान्वित हुने भएको छ ।
खानेपानीको मुख्य स्रोत इनार तथा चापाकल धमाधम सुक्न थालेपछि लहानमा खानेपानीको समस्या बढेको छ ।यसपालि अषाढमा पानी नपरेको र हिउँदे वर्षा समेत नभएकाले पानीका स्रोतहरु चाँडै सुक्न थालेको छ ।
तपाईको ईमेल गोप्य राखिनेछ