Khoj
Sunday, October 12, 2025
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको पूर्वी बकैया गाउँपालिका-५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो।

पसल सञ्चालक गम्भीर घाइते

आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन्। आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।

हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ। जिम्बाको शरीरको करिब ४० प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए।

कसरी भयो आगलागी ?

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको देखिएको छ। पसल सञ्चालकले पेट्रोलको ड्रमबाट तेल खन्याउने क्रममा ड्रम पल्टिएपछि आगो तीव्र गतिमा फैलिएको बुझिएको छ।

दुई घण्टापछि नियन्त्रण

दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। तर यसअघि नै जिम्बाको दुईतले घर पूर्ण रूपमा जलेको थियो।

करिब १५ लाख रुपैयाँ नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर र पसलका सामानहरु आगलागीमा जलेर नष्ट भएको छ।

यस्तै, घटनामा जिम्बाकै बा.प्र.०३-००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल जलेको छ भने पसलमा सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल समेत जलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्पूर्ण क्षतिको मूल्याङ्कन गर्दा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।

साझा खोज

साझा खोज

Next Post
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमाथि लगाएको कर घटाए

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुरमा आगलागी, करिब दुई करोडको धनमाल नष्ट

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.