१८ चैत, सिरहा। सिरहामा आगामी २ वैशाखदेखि राष्ट्रिय आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला स्तरीय सचेतना गोष्ठीमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो ।प्रमुख तथ्यांक अधिकृत विमल यादवका अनुसार आर्थिक गणना २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुनेछ ।यस अवधिमा जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ—प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण संकलन गरिनेछ।
गणनाका क्रममा व्यवसायहरूको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारीको अवस्था, व्यवसायको प्रकार, लगानी, ऋणमा पहुँच, बीमा लगायतका विषय समेटिने छन् ।ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहोर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका आर्थिक क्रियाकलाप समेटिने बताइएको छ।
यादवका अनुसार जिल्लामा ६० जना गणक परिचालन गर्ने तयारी छ।








तपाईको ईमेल गोप्य राखिनेछ