Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब


यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

 (दमक) झापा । २०४८ यताको कुनै संसदीय चुनाव छैन, जसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार नभएका होउन् । ०४८ यताकै त्यस्तो कुनै चुनाव छैन, प्रतिस्पर्धी नेपाली कांग्रेसले उम्मेदवारलाई दोहोर्‍याएर उठाएको होस् ।

यसपालि झापा क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । तर एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ । ०६४ सालमा माओवादीको लहर आएका बेला तत्कालीन माओवादी नेता विश्वदीप लिङ्देनसित पराजित हुनुबाहेक ओलीले चुनाव हारेका छैनन् ।

दुई पटकसम्म मुुलुकको प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा सानदार जित हासिल गरेका ओली यसपटक भने रक्षात्मक अवस्थामा छन् । ‘यो क्षेत्रमा एमालेको संगठन बलियो छ, त्यसैले ओलीले निरन्तर चुनाव जित्दै आएका छन्,’ कांग्रेसका पुराना नेता पुर्णानन्द शर्माले अनलाइनखबरसँग भने, ‘तर अहिले गठबन्धनका कारण उनलाई त्यति सजिलो छैन ।’

शर्मा ०४८ सालको चुनावमा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका थिए । ०७४ को चुनावमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेको जस्तो सजिलो नभएपनि ओली पराजित हुने संभावना नरहेको एमाले नेताहरु बताउँछन् । एमाले झापा क्षेत्र नम्बर ५ का इन्चार्ज होमबहादुर थापाले पछिल्लो ५ वर्षमा ओलीले झापा ५ को विकासका लागि महत्वपूर्ण योगदान गरेकाले चुनाव जित्न कठिन नहुने दाबी गरे । ‘पहिलो कुरा त यहाँ एमाले बलियो छ, दोस्रो अध्यक्ष ओलीलाई एमालेमात्रै होइन, अरु दलको पनि साथ छ’, थापाले भने, ‘हामीले अध्यक्षज्यूको लोकप्रियता ०७४ सालमा भन्दा अहिले झन् बढेको अनुभूति गरेका छौं ।’

झापा क्षेत्र नम्बर ५ मा चारवटा स्थानीय तहका विभिन्न वडाहरु पर्छन् । वडा तहको चुनावको विश्लेषण गर्दा पाँच दलीय गठबन्धन र एमालेको प्रतिस्पर्धामा थोरै मत भएपनि राप्रपा निर्णायक मानिएको छ ।

गौरीगञ्जमा गठबन्धन नै बलियो

झापाको दक्षिणी क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकामा ३० वैशाखमा भएकाे स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भइन् । गौरीगञ्जमा सबै पार्टी एक्लाएक्लै चुनावी स्पर्धामा थिए । फुलवतीले ५ हजार ६८९ मत ल्याउँदा एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत प्राप्त गरेका थिए । यस्तै राप्रपाका बाबुराजा श्रेष्ठ ३ हजार ३०७, माओवादी केन्द्रका मेनुका राजवंशीको १ हजार ३३६, जसपाका घनश्याम रिजालको ६४९, जनमत पार्टीका कौशिलादेवी राजवंशीको ५३१ र नेकपा एकीकृत समाजवादीका भुपनारायण राजवंशीको १३ मत आएको थियो ।

राप्रपा नेता बाबुराजाको निकटता गठबन्धनका अरु दलहरुसँग भन्दा धेरै एमालेसँग नै छ । त्यसैले यदि पार्टीले संस्थागत निर्णय गरेन भने पनि गौरीगञ्जका राप्रपाको भोट एमालेलाई जान सक्ने देखिन्छ । यद्यपि बाबुराजा श्रेष्ठले ३ हजार ३ सय ७ मत पाए पनि सांगठनिक रुपमा राप्रपामा करिब २२ सय सदस्य रहेको श्रेष्ठले बताए ।

गौरीगञ्जको उपाध्यक्षमा पुजन न्यौपाने कुँवर ४ हजार ७०० मत ल्याएर विजयी भएकी थिइन् । उनलाई पछ्याएकी कांग्रेसकी मखना महतोको मत ३ हजार ७९५ थियो । यस्तै माओवादी केन्द्रको ३३५१, राप्रपाको एक हजार ६९२ र जनमत पार्टीको ५३८ मत आएको थियो ।

गौरीगञ्जको वडा नम्बर १ र २ झापा क्षेत्र नम्बर ४ मा पर्छ । वडा नम्बर ३ मा एमालेले ७ मतले जितेको छ । गत स्थानीय निर्वाचनमा एमालेले ८१२ मत ल्याउँदा माओवादी केन्द्रको मत ८०५ आएको थियो । यस्तै कांग्रेसको ३८४, स्वतन्त्रको ३०९, राप्रपाको १८८ र नामत पार्टीको १६९ मत आएको थियो ।

गौरीगञ्जको वडा नम्बर ४ मा एमालेले ५८२, माओवादी केन्द्रले ५६६, नेपाली कांग्रेसले ३०४, जनमत पार्टीले २६३ र राप्रपाले ७३ मत पाएका छन् । वडामा एमालेले जितेको भए पनि वडा अध्यक्षहरुको उम्मेदवारले प्राप्त गरेको मत गन्दा गठबन्धनकै पकड बलियो देखिन्छ ।

गौरीगञ्ज वडा नम्बर ५ पनि एमालेले जितेको वडा हो । यस वडामा एमालेको ६३६, स्वतन्त्रको ४३१, कांग्रेसको २२९,जनमतको २२२, राप्रपाको २०९ र माओवादी केन्द्रको १९ मत आएको छ । वडा नम्बर ६ मा नेपाली कांग्रेसका ११२०, राप्रपाको ७९९, एमालेको ५१६, माओवादी केन्द्रको १२१ र जनमत पार्टीको २२ मत आएको थियो ।

स्थानीय तह चुनावको यो मतका आधारमा गौरीगञ्जमा एमाले बलियो छैन । यद्यपि वडा नम्बर ३ का अध्यक्ष समेत रहेका एमाले नेता श्रवण गिरी एमालेले पहिलेभन्दा आफ्नो स्थिति सुधार गरेको बताउँछन् । ‘हामीले ०७४ को चुनावमा भन्दा यसपालि आफ्नो स्थिति धेरै सुधार गरेका छौं, केपी बा प्रधानमन्त्री भएपछि गौरीगञ्जको विकासमा पनि उहाँले धेरै भूमिका खेल्नुभएको छ, जनता पनि खुसी छन्,’ गिरीले भने, ‘अस्ति भर्खरै आएर उहाँले गौरीगञ्ज क्षेत्रलाई प्राथमिकता दिन्छु भन्नुभएको पनि छ । प्रतिनिधिसभा चुनावमा उहाँलाई भोट नहाल्ने कुरै छैन ।’

गाउँपालिका अध्यक्ष समेत रहेकी कांग्रेस नेता फुलवती राजवंशी भने ओलीले प्रधानमन्त्री भएर पनि गौरीगञ्जको विकासमा ध्यान नदिएको गुनासो गर्छिन् । ‘उहाँ सिंगो झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि भएर चुनाव जित्नुभयो तर दमक वरिपरिमात्रै केन्द्रित हुनुभयो । गौरीगञ्जको भोट गठबन्धनलाई नै हुन्छ, हामीलाई आदिवासी जनजातिको पक्षमा पनि काम गर्ने नेता चाहिएको हो,’ फुलवतीले भनिन् ।

गठबन्धनलाई एकातिर र एमालेलाई अर्कातिर राखेर हेर्दा गौरीगञ्ज क्षेत्र एमालेका लागि खतराको क्षेत्र हो ।

गौरादहमा एमालेलाई राहत

गौरादहमा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोहितकुमार शाहले चुनाव जितेका थिए । तर यसपालि उनी एमालेका छत्रपति सुवेदीसँग पराजित भए । कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए, तर कांग्रेसकै नेताहरुको मत शाहलाई नगएको स्थानीय नेताहरु बताउँछन् ।

‘उहाँले अघिल्लो कार्यकालमै विवादास्पद काम गर्नुभएको थियो, तर पार्टी अहिले पनि टिकट दियो । पार्टीभित्रैबाट उहाँलाई सहयोग हुन सकेन,’ एक स्थानीय नेताले भने । गौरादह नगरपालिका प्रमुखमा एमालेका छत्रपति सुवेदीले १२ हजार ८४९ मत ल्याउँदा कांग्रेसका रोहित कुमार शाहले ११ हजार ४८४ मत पाए । शाह कांग्रेस र माओवादीको गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेका हुन् । यस्तै राप्रपाका गोपाल पौडेलले एक हजार ५९०, जनमत पार्टीका नारायण राजवंशीले ८३, एकीकृत समाजवादीका खगेन्द्र दाहालले ४२ र उन्नत पार्टीका मिलन श्रेष्ठले १६ मत पाएका थिए ।

गौरादहका मेयर छत्रपति सुवेदी

उपप्रमुखमा एमालेकी जलवर्षा राजवंशी ११ हजार ९१४ मतका साथ निर्वाचित हुँदा गठबन्धनबाट प्रतिस्पर्धा गरेका माओवादीका पुष्पलाल ढकालले १० हजार ४३८ मत पाए । अध्यक्ष र उपाध्यक्षको मतका आधारमा गौरादहमा गठबन्धनभन्दा एमाले बलियो छ । वडाअध्यक्षहरुको मत भने मिश्रित आएको छ ।

वडा नम्बर १ मा एमालेले १९९३, कांग्रेसले १७३१, राप्रपाले १३७ र नेकपा एकीकृत समाजवादीले २ मत प्राप्त गरेका छन् । स्थानीय तह निर्वाचनको यो मत परिणामका आधारमा गठबन्धनभन्दा एमाले बलियो क्षेत्र हो । वडा नम्बर २ मा भने नेपाली कांग्रेसले १०६८ मत ल्याएर जितेको छ । यो वडामा एमालेको मत ९९८ र राप्रपाको मत ५८ छ । वडा अध्यक्षको मात्रै मत हेर्दा वडा नम्बर २ एमालेभन्दा गठबन्धन झिनो अन्तरले मात्रै अगाडि छ ।

गौरादहको वडा नम्बर ३ भने स्वतन्त्र उम्मेदवार दिलिपकुमार भण्डारीले १०९४ मत ल्याएर जितेको क्षेत्र हो । यहाँ एमालेको ५८६, माओवादी केन्द्रको ४७२ र राप्रपाको ६६ मत छ ।

गौरादहको ४ र ५ दुबै वडामा एमाले बलियो देखिएको छ । ४ मा एमालेले १८५८ मत ल्याएको छ भने गठबन्धनको मत १४८८ छ । यो वडामा राप्रपाको भने १५६ भोट आएको छ । यस्तै वडा नम्बर ५ मा एमालेको १८९० कांग्रेसको १५८३, राप्रपाको ७९ मत छ । वडा नम्बर ६ कांग्रेसले जितेको वडा हो भने ७ मा एमालेले कांग्रेसलाई एक मतलेमात्रै पराजित गरेको हो ।

वडा नम्बर ६ मा कांग्रेसले १५३२, एमालेले १२६०, जनमतले १२७, राप्रपाको ७०, एकीकृत समाजवादीको १९ र लोकतान्त्रिक समाजवादीको जम्मा ६ मत आएको छ । वडा नम्बर ७ मा एमालेको १०२०,कांग्रेसको १०१९, राप्रपा ६५१, स्वतन्त्रको २८९ र स्वतन्त्रको ४० मत आएको छ ।

वडा नम्बर ८ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रको १३१४,एमालेको १०६५, राप्रपाको ६० र लोसपाको १८ मत आएको छ । वडा नम्बर ९ भने झापा क्षेत्र नम्बर ४ मा पर्छ ।

कमल गाउँपालिकामा एमालेलाई झट्का

कमल गाउँपालिका २०७४ मा एमालेले जितेको स्थानीय तह हो । तर यसपाली एमालेलाई नराम्रो झट्का लाग्यो । स्थानीय वासिन्दाहरुका अनुसार कमलमा एमाले पराजित हुनुको मुख्य कारण आदिवासी जनजाति रंगशालामा देखिएको विवाद हो ।

कमल गाउँपालिकाको अध्यक्ष कांग्रेसका हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याए भने एमालेका भीमप्रसाद राईको ९ हजार ६५३ मत आयो । यस्तै राप्रपाका विक्रम अधिकारीले ७८२ मत ल्याएका थिए । उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपानेको मत माओवादीका परशुराम सुवेदीको भन्दा २४७४ ले बढी आयो । न्यौपानेले १०८४५ मत ल्याउँदा सुवेदीले ८३७१ मत ल्याएका थिए । यस्तै राप्रपाको १६४०, मंगोल अर्गनाइजेसनको २३६ र स्वतन्त्रको ११४ मत आएको थियो ।

वडा नम्बर १ मा कांग्रेसको १७८६, एमालेको १०६३, राप्रपाको २५६ र जनमत पार्टीको २७ मत आयो । वडा नम्बर २ मा भने एकीकृत समाजवादीका अशोक सुब्बाले १८६० मत ल्याए । एमालेको १०३७ र राप्रपाको २०२ मत आएको थियो । वडा नम्बर ३ मा एमाले १७३७ मतसहित विजयी हुँदा कांग्रेसको १४२८ र राप्रपाको ५० मत आयो ।

यस्तै वडा नम्बर ४ पनि जितेको एमालेले १४७४ मत ल्यायो भने गठबन्धनबाट चुनाव लडेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४३७ मत ल्यायो । राप्रपाले १२४ मत प्राप्त गरेको थियो । वडा नम्बर ५ मा माओवादीको १५९२ मत आउँदा एमालेको मत १४६७ आएको थियो भने राप्रपाले ६२० भोट पाएको थियो ।

वडा नम्बर ६ र ७ मा भने एमालेले जितेको थियो । ६ मा एमालेले १७५० मत ल्याउँदा कांग्रेसले १३६७ मत प्राप्त गरेको थियो भने राप्रपाको ३९१ मत आएको थियो । यस्तै वडा नम्बर ७ जितेको एमालेले १६१२, गठबन्धनबाट उम्मेदवार भएको माओवादी १२३८ र राप्रपाले ६६२ मत प्राप्त गर्‍यो ।

कमल गाउँपालिकामा एमालेभन्दा गठबन्धन ३ हजार बढी मतले अगाडि हुनुको कारण कमलमा आदिवासी जनजाति समुदायको बाहुल्य रहेको र एमाले अध्यक्ष समेत रहेका यस क्षेत्रका सांसद केपी शर्मा ओलीको बेवास्ता नै मुख्य कारण रहेको कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी बताउँछन् ।

एमाले झापा क्षेत्र नम्बर ५ का इन्चार्ज होमबहादुर थापा गठबन्धनका बिरुद्ध लडेको एमालेले उपाध्यक्षसहित चारवटा वडा जितेकाले कमजोर भयो भन्न नमिल्ने बताउँछन् ।

दमकको निर्णायक राप्रपा

झापा क्षेत्र नम्बर ५ का चार पालिकामध्ये दमक नगरपालिका सबैभन्दा ठूलो स्थानीय तह हो । ओलीको निवास पहिले दमकमै थियो । अहिले भने उनी निर्माण व्यवसायी विकास गौतमको घरमा बसेर चुनावी गतिविधि थाल्दैछन् ।

स्थानीय निर्वाचनमा दमकलाई अरु राजनीतिक दलहरुले जस्तै एमालेले पनि असाध्यै महत्व दिएको थियो । दमकमा भएको चुनावी सभामा ओलीले भनेका थिए, दमकलाई राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रियस्तरबाटै चासोका साथ हेरिएको छ । त्यसैले दमकको चुनाव जसरी भएपनि जित्नुपर्छ ।’ तर सत्ता गठबन्धनले राप्रपाका राम थापालाई समर्थन गरेपछि दमकको प्रमुख र उपप्रमुख दुबैमा एमाले पराजित भयो ।

दमकका मेयर र उपमेयर राम थापा र रेगिना भट्टराई ।

मेयरमा निर्वाचित राप्रपाका थापाले एमाले उम्मेदवार गीता अधिकारीलाई ५५९ मत अन्तरले पराजित गरे । कांग्रेस माओवादीसहितको गठबन्धनको सहयोगमा थापाले १७ हजार ५२५ मत ल्याए भने अधिकारीको मत १६ हजार ९६६ आयो । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ले ३९९,नेपाल जनता दलले ११०, जसपाले १०५ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि कांग्रेसकी रेगिना भट्टराई प्रसाईले ४९८ मतले एमालेका अम्बिकाप्रसाद खनाललाई पराजित गरिन् । प्रसाईंको १७ हजार ७२ मत आयो भने खनालको मत १६ हजार ५७४ । यस्तै एकीकृत समाजवादीको १६०, मंगोल नेशनल अर्गनाइजेसनको ११२ आएको थियो ।

वडा नम्बर १ मा एमालेले १६८६ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट राप्रपाले १६२४ मत प्राप्त गर्‍यो । वडा नम्बर २ मा एमालेले माओवादी केन्द्रलाई ३७ मतले पराजित गर्‍यो । यस वडामा एमालेको १४२७, माओवादी केन्द्रको १३९०, स्वतन्त्रको ६७९ मत आएको थियो । यस्तै वडा नम्बर ३ मा एमाले २९४४ र कांग्रेसको १८१८ मत आयो भने ४ मा जितेको कांग्रेसले २१८१ मत ल्यायो, एमालेले १८०० मत प्राप्त गर्‍यो ।

वडा नम्बर ५ र ६ मा पनि एमालेका उम्मेदवार भारी मत अन्तरले पराजित भए । ५ मा एमालेको २४२६ मत आयो भने कांग्रेसले १४२१ मत प्राप्त गर्‍यो भने वडा नम्बर ६ मा एमालेको १३८० मत आउँदा माओवादीको मत ९१० आएको थियो । वडा नम्बर ७ मा राप्रपाले १८७८ र एमालेले ९६० मत प्राप्त गरेका थिए । वडा नम्बर ८ र ९ मा एमालेले क्रमश २०१३ र २१७२ मत ल्याउँदा गठबन्धनको ८२४ र १५३७ मत आयो । वडा नम्बर १० मा भने कांग्रेसले १५६३ मतसहित जित्यो भने एमालेको भोट १३८२ आयो ।

दमकमा ७ वटा वडामा एमाले विजयी हुँदा प्रमुख र उपप्रमुखसहित ३ वटा वडा गठबन्धनले जितेको थियो । प्रमुखमा एमाले पराजित हुनुको पछाडि एमालेभित्रकै दुई गुटले एकले अर्कालाई सहयोग नगर्नु पनि कारण रहेको स्थानीय एमाले नेताहरुको भनाइ छ । तर स्थानीयस्तरमा एमाले जति गुट भएपनि संघीय निर्वाचनमा भने उनीहरुले अध्यक्ष ओलीलाई विजयी गराउन ढुक्कै लाग्नेछन् ।

साझा खोज

साझा खोज

Next Post
राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धनको तयारी

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धनको तयारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.