Khoj
Thursday, January 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कोरोना महामारीको जोखिम कहिले अन्त्य होला ?

डा. अधिकारी भन्छन्, ‘हामी विस्तारै सामान्य जीवनतिर फर्किरहेका छौं, तर जोखिम कायम नै छ ।’


कोरोना महामारीको जोखिम कहिले अन्त्य होला ?

 पुष्पराज चौलागाईं

५ फागुन, काठमाडौं । करिब तीन हप्तादेखि नेपालमा कोरोना संक्रमित अस्पताल भर्ना भएका छैनन् । दैनिक रूपमा भेटिने संक्रमित संख्या पनि एक अंकमा सीमित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर जम्मा १० जना सक्रिय संक्रमित छन् र सबै होम आइसोलेसनमा छन् ।

नेपालमा मात्र होइन, विश्वभर नै कोरोना संक्रमण घटेको छ । अमेरिकाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरिसकेको छ भने पछिल्लो समय नयाँ भेरियन्ट भेटिएको चीनमा समेत कोभिड–१९ नियन्त्रण उन्मुख छ ।

तर धेरैको मनमा एउटा प्रश्न छ, कोरोना महामारी कहिले र कसरी अन्त्य होला ? जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको ठोस जवाफ कोहीसँग छैन । तर कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले समुदायमा रहिरहने र बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. शरद वन्त बताउँछन् ।

नेपालमा पहिलो पटक माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जेठ २०७७ मा संक्रमणका कारण मृत्यु भयो । त्यसयता चारवटा कोरोनाका लहर सामना गर्नुपर्यो । महामारी सुरु भएदेखि डेल्टा, अल्फा, ओमिक्रोन लगायत भेरियन्ट नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहे पनि कम घातक देखियो । सरकारी तथ्यांक अनुसार हालसम्म ११ लाख ५२ हजार बढी केस भेटिएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ ।

 

कोरोना संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्म पहिलो लहरको रूपमा रह्यो । संक्रमण रोकथामका लागि सरकारले झण्डै चार महिना लामो लकडाउन गर्नुका साथै पीसीआर परीक्षणमा जोड दिएको थियो । तर स्वास्थ्य पूर्वाधारको अपर्याप्तता र महामारीलाई गम्भीर रूपमा नलिंदा संक्रमण रोकिएन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पहिलो लहरमा २ लाख ७५ हजारको हाराहारीमा संक्रमण देखिएको थियो । जसमध्ये ३ हजार १४ जनाको मृत्यु भयो ।

पहिलो लहर विस्तारै सामान्य हुँदै जाँदा राजनीतिक गतिविधि बढे, सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा दोस्रो लहर निम्त्यायो । दोस्रो लहर बढी घातक भयो । संक्रमित संख्या ह्वात्तै बढ्दा अस्पतालका स्रोत र साधनले थेग्न सकेनन् भने अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाए । दोस्रो लहरमा मात्र ८ हजारभन्दा बढी मानिसको मृत्यु भयो । दोस्रो लहरमा रूप परिवर्तन भएर फैलिएको संक्रामक भाइरसले दीर्घरोग तथा बिरामी मात्र होइन, सबै उमेर समूहलाई गम्भीर गरायो ।

तेस्रो लहरमा भने पहिलाको लहरका भन्दा कम क्षति हुनपुग्यो । तर तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर हुनपुग्यो । पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने संरचना बनाउन सकेन । यद्यपि आम नागरिकमा बढेको सचेतना, पूर्णरूपमा खोप लगाउनेहरूको बढ्दो संख्या र अस्पताल पूर्वाधारमा भएको बढोत्तरीका कारण बढी भयावह हुन नपाएको स्वास्थ्य मन्त्रालयको बुझाइ छ । चौथो लहरमा भने संक्रमित संख्यामा केही ग्राफ उकालो लागे पनि धेरै क्षति हुन पाएन । मन्त्रालयको तथ्यांक अनुसार तेस्रो र चौथो लहरमा १३०० को हाराहारीमा मृत्यु भयो । गत असोजदेखि संक्रमित संख्या घट्दै जाँदा अहिले शून्यमा समेत आइपुगेको छ ।

विज्ञ भन्छन् : मानव समुदायमा कोरोना रहिरहन्छ

कोरोनाभाइरस संक्रमित संख्या निरन्तर घटेकाले धेरैले यसलाई बिर्सिन पनि थालेका छन् । तर जनस्वास्थ्यविद्हरू भने कोरोना महामारीकै रूपमा देखा नपर्ने संकेत भएतापनि समाजमा सामान्य रूपमा कोरोनाको प्रजाति घुमिरहने बताउँछन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार कोरोनालाई अहिले नै पूर्णरूपमा नियन्त्रण र उन्मूलन भन्न सकिने अवस्था छैन । ‘कोरोना अन्य रोग हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ । भोलिका दिनमा हुनसक्ने सम्भावित महामारीको लागि तयारी गर्नुपर्ने अवस्था हो’, डा. वन्तले भने ।

कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. वन्तको भनाइ छ । नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआईभी, बिफर, इन्फ्लुएन्जा, दादुरा लगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि फाट्टफुट्ट सताउने गरेको छ । विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । यस अर्थमा पनि कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने जनस्वास्थ्यविद्को तर्क छ ।

संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी संक्रमण घटे पनि महामारीको अन्त्य हुन्छ भन्ने निष्कर्षमा पुग्न नसकिने बताउँछन् । उनका अनुसार कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैं रहन्छ । ‘कोरोनासँग सतर्क रहनुपर्छ । ओमिक्रोनलाई अन्तिम मान्न सकिंदैन । भोलिका दिनमा भेरियन्ट परिवर्तन हुँदा सानो वा ठूलो लहर आउने सम्भावना रहन्छ’, डा. सुवेदीले थपे ।

भाइरस परिवर्तनशील हुने गरेकाले अहिले कोरोनाको अन्त्य वा जोखिम छैन भनेर यकिन गर्न नसकिने अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार इन्फ्लुएन्जा जस्तै कोरोनाभाइरस पनि मानव समुदायमा सधैं रहन सक्छ । ‘अहिले नै कोरोना हराएर जानेवाला छैन । इन्फ्लुएन्जा जस्तै हामीसँगै रहनेछ । प्रत्येक वर्ष केही लहर आउन सक्छ । त्यसकारण प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ’, डा. अधिकारी थप्छन् ।

स्वास्थ्य मन्त्रालयले पनि शून्य कोभिड वा महामारी अन्त्य भन्ने घोषणा गर्न हतार नगर्ने बताएको छ । विश्वका अन्य देशको कोरोना संक्रमणको अवस्था हेरेर समयक्रमसँगै निर्णय हुने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ‘अहिले कोरोनाको संक्रमण अन्य देशहरूमा पनि घट्दै गएको छ । नेपालमा पनि केस बढिरहेको छैन’ डा. अधिकारी भन्छन्, ‘हामी विस्तारै सामान्य जीवनतिर फर्किरहेका छौं, तर जोखिम कायम नै छ ।’

 

साझा खोज

साझा खोज

Next Post
सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

सांसद चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

सांसद चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सका सबै विमानको उडान

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सका सबै विमानको उडान

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.