Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

डायलाइसिस : कहाँ गरिन्छ, कति खर्च लाग्छ ?


डायलाइसिस : कहाँ गरिन्छ, कति खर्च लाग्छ ?
डा. पुकारचन्द्र श्रेष्ठ

मिर्गौला खराब वा फेल केलाई भनिन्छ ? एउटा मिर्गौलाले काम नगर्दा नै मिर्गौला फेल भन्छ कि दुईवटै काम गर्न छाडेपछि मिर्गौला फेल भयो भनिन्छ ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ । दुईवटै मिगौलाले काम गर्न छाडेको अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ । एउटा मिर्गौलाले काम गरिरहेको छ भने त्यो काफी नै हुन्छ ।

मिर्गौलाको काम शरीरमा रगत शुद्धीकरण गर्ने हो । यसले रगतमा भएका विकार तथा काम नलाग्ने वस्तुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ । ती छानिएका विकार वस्तुहरु मिर्गौलाले मूत्रथैलीतर्फ पठाउँछ, जुन पिसाबको माध्यमबाट शरीरबाट निष्कासित हुन्छ । मिर्गौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलाइसिस गर्नुपर्छ । मिर्गौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मिर्गौला फेल पनि भएको भनिन्छ ।

डायलसिस के हो ?

मिर्गौला खराब वा फेल फेल भएपछि कृत्रिम रुपमा मिर्गौलाको काममा सघाउने विधि डायलाइसिस हो । स्वस्थ मिर्गौलाले गर्ने काम डायलाइसिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा गरिन्छ ।

डायलाइसिस सामान्यतया दुई प्रकारको हुन्छ- हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस । हेमोडायलाइसिस भनेको कृत्रिम मिर्गौला (हेमोडायलाइजर)को सहायताले रगत शुद्धीकरण गर्ने विधि हो । पेरिटोनियल डायलाइसिस भनेको पेटमा सर्जरीमार्फत प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धीकरण गर्ने विधि हो ।

जब मिर्गौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलाइसिसको आवश्यकता पर्छ । यो एक प्रकारले मिर्गौला फेलको अन्तिम अवस्था पनि हो ।

डायलाइसिसले शरीरमा के गर्छ ?

मिर्गौला फेल भएको अवस्थामा डायलाइसिसले शरीरमा विकारको मात्रालाई सन्तुलनमा राख्छ । मिर्गौलाले काम नगर्दा रगत शुद्धीकरण नहुने हुँदा शरीरमा विकारको मात्रा बढ्ने हुन्छ । तर डायलाइसिस गरेपछि शरीरमा भएका फोहोर, अनावश्यक नुन र पानीजस्ता विकार वस्तु जम्मा हुन पाउँदैनन् । यसले रगतमा पोटासियम, सोडियम तथा बाइकार्बोनेट जस्ता रसायनको सुरक्षित मात्रालाई मात्र रहन दिन्छ । त्यस्तै रक्तचापलाई पनि सन्तुलनमा ल्याउँछ ।

मिर्गौलामा कुन प्रकारको समस्या देखिएको छ भन्ने कुरामा डायलाइसिसको अवधि भर पर्छ । ‘एक्युट’ मिर्गौला फेल भएका केही बिरामी उपचारपछि ठीक हुन्छन् । यस्तोमा मिर्गौलाको उपचारमा सहयोगको लागि मात्रै छोटो समयको लागि डायलाइसिस गर्ने गरिन्छ । मिर्गौला सामान्य अवस्थामा आइसकेपछि डायलाइसिस गर्नुपर्दैन । तर ‘क्रोनिक’ (अन्तिम अवस्थाको) मिर्गौला फेल भएको अवस्थामा उपचारपछि फेरि सामान्य अवस्थामा आउन सक्दैन । यस्तो अवस्थामा जीवनभर नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ ।

बुझ्नुपर्ने कुरा के हो भने डायलाइसिस उपचार होइन । डायलाइसिस गरेपछि मिर्गौला सामान्य अवस्थामा आउने भन्ने हुँदैन अर्थात् यसले मिर्गौलाको रोगलाई निको पार्दैन । यसले मिर्गौलाले गर्ने केही काम मात्रै गर्ने हो । यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपणको विकल्प हुँदैन । अन्यथा जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ ।

डायलाइसिस गरेको व्यक्ति कति समय बाँच्छ ?

मिर्गौला फेल भएपछि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने अवस्था भएन भने जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ । डायलाइसिस गरेको व्यक्ति कति समय बाँच्छ भन्ने कुरा उसको अन्य स्वास्थ्य अवस्था र मिर्गौलाको उपचार विधिमा देखाउने सतर्कतामा भर पर्छ । डायलाइसिस गरेको व्यक्ति औसत रुपमा पाँचदेखि १० वर्ष बाँच्छन् । तर केही व्यक्तिहरु २० देखि ३० वर्षसम्म पनि बाँचेको उदाहरण छ ।

डायलाइसिस गरेका व्यक्तिले काम गर्न हुन्छ ?

हुन्छ, तर हलुका काम मात्रै । सामान्यतया डायलाइसिसको बानी परिसकेपछि मानिसहरु सामान्य रुपमा आफ्नो काममा फर्किन्छन् । डायलाइसिस गरेको व्यक्तिले गह्रौं सामान उचाल्नेजस्ता भारी काम भने गर्नुहुँदैन ।

कति अवधिमा गरिन्छ ?

मिर्गौला फेल भएपछि दुई प्रकारले उपचार गर्न सकिन्छ । एक डायलाइसिस र दोस्रो प्रत्यारोपण । डायलाइसिस गर्ने हो भने यो आजीवन गर्नुपर्ने हुन्छ, हप्ताको दुई–तीन पटकसम्म । डायलाइसिस गर्न एक पटकको दुई हजार ५०० रुपैयाँ लाग्छ, जुन सरकारले नै व्यहोर्ने गरेको छ ।

मिर्गौला प्रत्यारोपण भने एकचोटि गरे पुग्छ । प्रत्यारोपण गरेपछि डायलाइसिस गर्नु पर्दैन । सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न कुनै शुल्क तिर्नु पर्दैन तर अन्य परीक्षणका लागि भने करिब डेढ लाख रुपैयाँजति खर्च हुन सक्छ । आजीवन औषधि पनि खानुपर्ने हुन्छ ।

कहाँ कहाँ गरिन्छ ?

नेपालमा मिर्गौला प्रत्यारोपण ७० प्रतिशत शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिन्छ । अहिलेसम्म त्यहाँ एक हजार जना बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । योबाहेक वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ ।

नेपाल सरकारले मिर्गौला फेल भएका बिरामीको निःशुल्क उपचार गर्ने गरिन्छ । साढे चार लाख रुपैयाँ पर्ने मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गर्छ । यसका लागि अन्य जाँचहरुलाई करिब एक डेढ लाख रुपैयाँ खर्च हुने गर्छ । त्यसको पनि स्टेज छन् । स्टेप एकबाट पाँचौंसम्म जानलाई दुई वर्षसम्म लाग्न सक्छ ।

(डा. श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक हुन् । उनकै नेतृत्वमा वीर अस्पतालमा मिर्गौला र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा सुरु भएपछि अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको थियो ।)

साझा खोज

साझा खोज

Next Post
८ दलले १९ फागुनमा बोलाए प्रदेश सांसदहरुको भेला

८ दलले १९ फागुनमा बोलाए प्रदेश सांसदहरुको भेला

यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव

यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा संघीय संसद्‌लाई जानकारी

साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा संघीय संसद्‌लाई जानकारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.