Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव


यसकारण जरुरी हुन्छ सामान्य योनीश्राव

डा. चन्द्रशोभा अमात्य

मासिक श्राव, गर्भावस्था तथा यौन सम्पर्कका क्रममा यौनाङ्गको सफाइ अत्यन्तै जरुरी हुन्छ । किनभने यौनाङ्गमा उचित सरसफाइ नहुँदा संक्रमण हुने भय उच्च हुन्छ ।

संक्रमणको भयले गर्दा कतिपयले यसको सरसफाइमा विशेष सर्तकता अपनाउने पनि गर्छन् । शौचालय जाँदैपिच्छे सफा गर्ने, पुछ्ने गर्छन् । यो चाहिं त्यति सही हुँदैन । यदि यौनाङ्गबाट अस्वभाविक स्राव हुन्छ भने सफाइ जरुरी हुन्छ । तर सामान्य योनीस्राव स्वभाविक मात्र होइन जरुरी पनि हो ।

सामान्य योनीश्राव (भजाइनल डिस्चार्ज)ले यौनाङ्गलाई बाह्य संक्रमणबाट बचाइराख्छ । बाह्य कीटाणुको संक्रमण हुने भयलाई रोक्छ ।

योनीश्राव (भजाइनल डिस्चार्ज) र यसको कार्य

योनीस्राव हुनु भनेको योनीबाट तरल पदार्थ निस्कनु हो । यो सामान्यतः कोषिका र ब्याक्टेरिया मिलेर बनेको हुन्छ । जसले योनीलाई सफा बनाउन, यौन सम्बन्ध कायम राख्न नरम बनाउन मद्दत गर्नुका साथै बाह्य  खराब जीवाणु र संक्रमणसँग लड्न मद्दत गर्छ ।

योनीबाट तरल पदार्थ बग्नु एक प्राकृतिक र सामान्य प्रक्रिया हो । त्यसैले हरेक दिन केही मात्रामा डिस्चार्ज हुनु सामान्य हो । तर दैनिक अत्यधिक मात्रामा तरल बगिरहेको छ भने चिकित्सकलाई देखाउनुपर्ने हुन्छ ।

प्रायः महिला वा किशोरीमा दैनिकजसो थोरै स्राव हुन्छ तर अण्डा बन्ने समयमा यसको मात्रा अरु समयमा भन्दा बढी देखिन्छ । जुन टाँसिने खालको सेतो डिस्चार्ज हुन्छ जुन स्वाभाविक हो । केही महिलामा संक्रमण वा यौन प्रसारित रोगको कारण श्रावमा परिवर्तन आउन सक्छ, जसलाई अस्वभाविक श्राव भनेर बुझिन्छ ।

कसरी चिन्ने सामान्य योनीश्राव ?

सामान्य योनीस्रावको रंग हल्का सेतो वा सेतो हुन्छ । यसको कुनै दुर्गन्ध हुँदैन । तर यसको रङ फरक किसिमको छ र गन्ध पनि आएको खण्डमा भने कुनै संक्रमण वा रोगको कारण हुनसक्छ । जस्तै, पहेंलो, खैरो वा हरियो डिस्चार्जले ब्याक्टेरिया वा यौन सञ्चारित संक्रमण भएको संकेत दिन्छ । सेतो तर सामान्यभन्दा बाक्लो देखिन्छ भने फंगाई संक्रमणको कारण हुन सक्छ, जुन उपचारपछि ठीक हुन्छ ।

‘डिस्चार्ज‘ हुने बित्तिकै सफा गर्नु जरुरी छैन

कुनै किसिमको संक्रमणलाई रोक्ने पनि यसको काम भएकाले ‘डिस्चार्ज’ हुने बित्तिकै सफा गर्नु जरुरी छैन । यो सामान्य प्रक्रिया हो तर अत्यधिक मात्रामा आएको खण्डमा पेन्टी लाइनर लगाउन सकिन्छ । योनी प्राकृतिक रुपमै स्वस्थ जीवाणुको मद्दतले सफा हुने र ती जीवाणुले कतिपय संक्रमण समेत रोक्ने भएका पटक-पटक सफा गर्नु जरुरी हुँदैन । धेरै सफा गर्दा झनै नकारात्मक असर पर्ने हुँदा विशेष ख्याल गर्नुपर्छ ।

कसरी सफा गर्ने ?

योनीलाई पटक-पटक सफा गर्नुहुँदैन । दिनको एक वा दुईपटक योनीलाई सफा गर्न बजारमा सहजै उपलब्ध हुने ‘भीवास’ले सफा गर्न सकिन्छ । सफा पानीले पनि दिनको एकपटक जति सफा गर्ने र पिसाब गरेपछि योनीलाई सुख्खा बनाउन टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । अत्यधिक मात्रामा पानीले सफा गर्दा बाह्य पानीमा हुने जीवाणु पनि भित्रसम्म पुग्ने सम्भावना हुन्छ ।

धेरैजसोले योनीश्राव (भजाइनल डिस्चार्ज) हुने बित्तिकै पनि सफा गर्ने गर्छन् । तर योनीश्रावले पनि केही हदसम्म योनीलाई संक्रमणसँग बचाइराख्ने हुँदा गरिहाल्न तत्काल सफा गर्नु हुँदैन ।

योनी स्वस्थ राख्ने तरिका

-महिलाहरुले सफा सुतीको पेन्टी दैनिक परिवर्तन गर्नुपर्छ । सेन्थेटिक पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले संक्रमणको जोखिम हुन्छ ।

-दैनिक नुहाउनुपर्छ । नुहाउने क्रममा योनीमा भने भीवासले मात्र सफा गर्नुपर्छ ।

-सुगन्धित साबुन, जेल वा अन्य स्त्रीजन्य उत्पादन प्रयोग गर्नुहुँदैन ।

-लामो समयसम्म कसिने भित्री वस्त्र वा पसिनाले भरिएको लुगा लगाउन हुँदैन ।

-योनीलाई अगाडिबाट पछाडिसम्म पुछ्नुहोस् । यसले मलद्वारबाट ब्याक्टेरियालाई योनीमा प्रवेश गर्नबाट रोक्छ ।

(डा. अमात्य प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

साझा खोज

साझा खोज

Next Post
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा संघीय संसद्‌लाई जानकारी

साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा संघीय संसद्‌लाई जानकारी

मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ

मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ

फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?

फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.