Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?


फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दलको मान्यता दिन नहुने मागसहित सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ । तर विकसित राजनीतिक घटनाक्रमले कांग्रेस प्रतिपक्षबाट सत्तारुढ बेञ्चमा आइपुग्ने अवस्था बनेको छ ।

२६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सम्वाद सुरु गरेका कांग्रेस नेताहरु राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेललाई सत्तारुढ माओवादी केन्द्रले समर्थन जुटाउन सफल भए । १३ फागुनमा पौडेलको उम्मेदवारी दर्तासँगै राप्रपाले सरकार छाड्यो ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि १० पुसमा बनेको गठबन्धनको सबभन्दा ठूलो नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र, एमालेका सबै मन्त्रीहरुले राजीनामा पनि बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन त फिर्ता लिएको छैन, तर २२ माघमै सरकार छाडेको थियो । १० पुसमा बनेको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (१२) जनमत (६) र नागरिक उन्मुक्ति (४) मात्र प्रधानमन्त्री प्रचण्डको साथमा छन् ।

यद्यपि प्रचण्डसँग संसदको बहुमत छ । किनकि ससदको सबभन्दा ठूलो दल (८९) कांग्रेसका साथै एकीकृत समाजवादी (१०) र लोकतान्त्रिक समाजवादी (४) र राष्ट्रिय जनमोर्चा (१) को साथ छ । तर ८ दलीय गठबन्धनको निर्णायक शक्ति कांग्रेस नै हो ।

र, सोमबार एमालेले सरकार छाडेसँगै कांग्रेस राष्ट्रपति निर्वाचनअघि नै सरकार जाने सम्भावना बढेको छ । कांग्रेस नेता एनपी साउद भन्छन्, ‘राष्ट्रपतिको चुनाव अघि नै कांग्रेस सरकारमा जानसक्छ ।’

जबकि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण नरोक्दासम्म एमालेले २५ फागुनसम्म सरकारमा बस्ने मूड बनाएको थियो । कांग्रेस नेताहरु पनि राष्ट्रपति निर्वाचनसम्म पर्खिने मनस्थितिमा थिए । तर फेरिएको परिस्थितिमा कांग्रेस सरकारमा आउने अवस्था बन्दै गएको माओवादीका एक नेता बताउँछन् । उनले भने, ‘मन्त्रालय भागबण्डाबारे छलफल गर्न बाँकी नै छ, ढिलामा ५/७ दिनमा कांग्रेस सरकारमा आउला ।’

कांग्रेसमा पनि त्यो हतारो देखिन्छ । किनकि ४ मंसिरको चुनावमा आफ्नो दलको एकल बहुमत नआएको भए पनि पाँचदलीय गठबन्धनको सरकार बनाउने कांग्रेसको चाहना थियो । तर शेरबहादुर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन टुट्यो र सरकारमा जाने तयारीमा रहेकाहरु विस्मयमा परे ।

अहिले फेरि सरकारमा जाने अवसर पाएका कांग्रेस सांसदहरु धेरै ढिलो गर्ने पक्षमा देखिएका छैनन् । तर सभापति देउवाले राष्ट्रपति निर्वाचनअघि कोको मन्त्री बन्ने भन्ने बहस नहोस् भन्ने चाहेकाले २५ फागुन अघि सांकेतिक रुपमा १/२ जना मन्त्री सरकारमा जाने सम्भावना रहेको एक नेता बताउँछन् । सरकारमा पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने पक्का जस्तै छ । किनकि प्रचण्डसँग फेरि सहकार्यका लागि निरन्तर सम्वादमा रहेका उनलाई सभापतिको साथ छ । एक नेता भन्छन्, ‘अरु क–कसलाई पठाउने भन्ने चाहिं राष्ट्रपति निर्वाचन पछि नै होला ।’

को को छन् आकांक्षी ?

देउवा आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनेकालाई नदोहोर्‍याउने र प्रत्यक्षतर्फ निर्वाचित अनुहारले प्राथमिकता दिने पक्षमा रहेको कांग्रेस संस्थापन पक्षका शीर्ष तहका एक नेताको दाबी छ ।

उपसभापति पूर्णबहादुर खड्का पार्टीबाट नेतृत्व गरेर उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको आकांक्षी छन् । मन्त्री नहुने भनि २०७२ सालमा प्रतिबद्धता गरेका खड्का उपप्रधानसहित मन्त्रालय सम्हाल्न भने तयार हुने उनी निकट एक नेता बताउँछन् ।

खड्का सरकारमा गएको अवस्थामा पूर्व उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह रिङआउट हुने छन् । देउवा सरकारमा मन्त्री भएकाहरुलाई नदोहोर्‍याउने मापदण्ड बनेमा ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दिलेन्द्र बडु स्वतः आउट हुनेछन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रीका आकांक्षी छन् । नेता डा. शेखर कोइरालाबारे दुईथरी मत छ । संस्थापन पक्षका नेताहरु कोइरालालाई परराष्ट्रमन्त्री बनाउन छलफल भइहेको दाबी गर्छन् । कोइराला पक्षकै नेताहरु त्यसमा सत्यता नरहेको बताउँछन् । ‘कांग्रेसको नेतृत्व गर्ने अवस्थामा मात्र उहाँ सरकारमा जानुहुन्छ’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘मन्त्री बन्ने उहाँको मनसाय देख्दिनँ ।’

सहमहामन्त्री किशोर सिंह राठोर, नेताहरु प्रदीप पौडेल, एनपी साउद वीरबहादुर बलायर, मोहन बस्नेत, रामहरि खतिवडा मन्त्रीका आकांक्षी हुन् । प्रत्यक्षतर्फ निर्वाचित सीता गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारमा जान इच्छुक देखिएका छैनन् । संस्थापनइतरबाट बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु, रामनाथ अधिकारी लगायत सांसद मन्त्रीका आकांक्षी छन् ।

साझा खोज

साझा खोज

Next Post
सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी

छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ

जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.