Khoj
Tuesday, July 28, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ


जापानमा यसरी हुर्काइन्छ बच्चा, विद्यालय जानेलाई बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनु पर्छ

सपना खरेल

शिष्ट जीवनशैलीका लागि विश्वमै अनुकरणीय मानिन्छ जापानलाई । स्वस्थ आचरण, स्वस्थ सामाजिक जीवन अनि स्वस्थ जीवनशैली उनीहरुको चिनारी हो । यसको पछाडि उनीहरुको पारिवारिक संस्कार, बालबच्चाप्रति गरिने व्यवहार पनि एक हो ।

बालबच्चालाई आमाबुवाले नै हेरचाह गर्नुपर्छ भन्ने धारणा छ । विद्यालय जाने उमेरका बालबच्चाका लागि पनि बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनुपर्ने हुन्छ । सामाजिक रुपमा घुलमिल गराउन पार्कमा लैजाने, सामाजिक काममा सरिक गराउने, जमघट गराउने गरिन्छ ।

यदि बुवाआमा फुर्सदिला छन् वा घरमा नै बस्छन् भने उनीहरुले आफ्नो बालबच्चालाई डे केयर सेन्टरमा राख्न पाउँदैनन् । घरमा नै बालबच्चाको स्यहारसुसार गर्नुपर्ने हुन्छ । घरमा पनि बालबच्चालाई आमाबुवाले आत्मीय ढंगले पारिवारिक संस्कार, खान, बस्न सिकाउनुपर्ने हुन्छ । साथै खेल्न र रमाउनका लागि पर्याप्त वातावरण बनाइएको हुन्छ ।

खासगरी उनीहरुलाई आफ्नो काम आफैं गर्न लगाइन्छ । सानै उमेरदेखि घरको काम गर्न सिकाइन्छ । त्यसैले उनीहरु काम गर्न सिपालु र जागरुक हुन्छन् । त्यहाँ बालबच्चालाई हुर्काउँदा विनम्र, विनयी, शिष्ट र मिलनसार बन्न प्रेरित गरिन्छ ।

कति आमाबुवा कामकाजी हुन्छन् । उनीहरुले आफ्ना बालबच्चालाई हेर्न भ्याउँदैनन् भने उनीहरुले डे केयर सेन्टरमा राखिदिन्छन् । यो भनेको विद्यालय जस्तो होइन । त्यहाँ बच्चाले खेल्ने, रमाउने नै हो ।

अनुशासित जीवनशैली

बच्चालाई कसरी खाने, कसरी बस्ने, कसरी खेल्ने भन्ने कुरा त सामान्य हिसाबले सिकाइन्छ नै । तर जापान र अन्यत्र फरक के छ भने उनीहरुले यी सम्पूर्ण कुरालाई अनुशासित ढंगले सिकाउने गर्छन् । जुनसुकै कुरा गर्दा पनि अनुशासित शैलीमा गर्न प्रेरित गरिन्छ ।

खेलौनाले पनि बच्चाको भावनात्मक, शारीरिक विकासमा सहयोग गर्छ । जापानमा कतिपयसँग घरमा खेलौना नहुन सक्छ, त्यस्तो स्थितिमा हप्तामा दुई पटक डे केयर सेन्टरमा गएर खेलौना खेल्न सकिन्छ । यस्तो बेला आमा र बच्चा दुवै त्यहाँ गएर खेल्न सक्छन् ।

घरमा बालबच्चाई पोषिलो र सन्तुलित खानेकुरा खुवाइन्छ । विद्यालय जाने उमेरका बच्चालाई विद्यालयले नै निश्चित क्यालोरी तोकेर खानेकुरा दिने गर्छन् ।

जीवनको पाठ

जापानमा आफूभन्दा ठूलालाई आदर गर्न सिकाइन्छ । आगन्तुक वा अतिथिलाई सत्कार गर्न सिकाइन्छ । कसैप्रति कृतज्ञ हुन प्रेरित गरिन्छ र कसैलाई पनि दुःख दिन हुन्न भन्ने पाठ सिकाइन्छ ।

खेलकुदका विभिन्न क्लबमा उनीहरुलाई समावेश गराइन्छ । त्यहाँ उनीहरुले खेल्ने, साथी बनाउने गर्छन् ।

के सिक्ने हामीले ?

जापानमा बालबच्चाप्रति गरिने व्यवहार, उनीहरुलाई सिकाइने आचरण एकदमै अनुकरणीय छन् । उनीहरुले व्यावहारिक ज्ञानलाई बढी महत्व दिन्छन् । बालबच्चालाई विद्यालयमा पनि पास गराउने भन्दा कुनै ज्ञान, सीप आर्जन गर्ने वातावरण बनाइन्छ ।

उनीहरुबाट सिक्नुपर्ने खास कुरा त के पनि भने बालबच्चालाई श्रमप्रति सम्मन गर्न र मेहनत गर्न सिकाइन्छ । उनीहरु प्रायः सबै कुरामा आफैं सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छन्, अरुको भर पर्दैनन् ।

जीवनोपयोगी कुरा

जापानको स्कुल प्रणालीमा शिक्षाको लागि मात्र शैक्षिक केन्द्र नबनाई जीवनका अन्य सीप र अनुशासन पनि सिकाइन्छ, जुन संसारको कुनै पनि प्रणालीमा देखिंदैन । नैतिक शिक्षामा पनि उत्तिकै जोड दिनुपर्ने भएकाले जापानको प्रणाली भिन्न छ ।

तीन महिनाको शिशुदेखि ६ वर्षको उमेरसम्म प्राथमिक विद्यालय (डे केयर वा किन्डरगार्टनमा) राखिन्छ । त्यस समय उनीहरुलाई विभिन्न खेल खेलाउने, संगीत सिकाउने, नाच्न लगाउने, बाटो काट्न र फुटपाथमा हिंड्न सिकाउने गरिन्छ । यसैगरी प्राकृतिक विपद्बाट बच्ने उपाय, नचिनेको व्यक्तिसँग बोल्दा कसरी बोल्ने वा सामना गर्ने जस्ता कुरा पनि सिकाइन्छ । चार वर्षको उमेरपछि भने सामान्य अक्षर चिन्न सिकाउन सुरु गरिन्छ । खानपिन पनि डे केयरमै गराइन्छ । यो अवधिमा परिवारको आयस्रोत अनुसारको शुल्क लिइन्छ ।

६ वर्ष लाग्नेबित्तिकै सिटी अफिसले बच्चाको उमेर इलिमेन्टरी स्कुलको लागि योग्य छ भनी तोकिदिन्छ । घर नजिक पर्ने यो स्थान उपयुक्त हुन्छ भनेर अभिभावकलाई सूचित गराइन्छ र उनीहरुकै सल्लाह बमोजिम घरबाट नजिक पर्ने स्कुलमा भर्ना गरिन्छ । ६ वर्ष पुग्न एक दिन मात्र कम भएमा पनि स्कुलले भर्ना लिदंैन ।

डे केयरपछि बालबच्चालाई पढाउने व्यवस्था के हुन्छ ?

डे केयरपछि १ देखि ६ कक्षासम्म इलेमेन्टरी स्कुलमा भर्ना गरिन्छ । ६ वर्ष पुग्नु एक दिन मात्र कम भए पनि इलेमेन्टरी स्कुलमा भर्ना लिंदैन । ६ कक्षामा बिना परीक्षा दिई बच्चाको उमेर अनुसार कक्षाको तह बढाइन्छ । ७ कक्षासम्म उनीहरुले सिक्ने अतिरिक्त क्रियाकलापरु सबै सिकिसकेका हुन्छन् । सरसफाइको एक घण्टाको कक्षा नै हुन्छ । सो अवधिमा भर्‍याङ पुस्ने, टेबल पुस्ने, भुईं सफा गर्ने, आफूले खाएको भाँडा सफा गर्ने काम कक्षा १ देखिको ६ कक्षासम्मको एक–एकजना गरी समूह बनाएर जिम्मा लगाइन्छ । ताकि जानेको विद्यार्थीबाट सानो कक्षाको बच्चाले सिक्न पाउन् । यसले उनीहरुमा मद्दत गर्ने र सद्भाव राख्ने भावना विकास हुन्छ ।

६ कक्षासम्म जीवन उपयोगी खुबीहरु मात्र सिकाएर मात्र पढ्न लगाइन्छ । जस्तै, बिरुवा कसरी रोप्ने, काम कसरी हुन्छ भनेर पढाउनुभन्दा अघि सिकाउने गरिन्छ, जसले उनीहरु पढ्दा जीवनभर याद गर्न सक्छन् । कक्षा १ मा बिहान आठ बजे गएको विद्यार्थी दिउँसो १ बजे फर्किने, कक्षा दुईमा पुग्दा २ बजे गर्दै अवधि विस्तारै बढाउँदै लगिन्छ । ताकि ढिलासम्म बस्ने अवधि र स्कुलमा बोझ अनुभव होस् ।

इलेमेन्टरी स्कुलको अवधि सकिसकेपछि ग्रेड १ देखि ग्रेड ३ सम्म पढाउने जुनियर हाईस्कुल सुरु हुन्छ, जसमा पाठ्यक्रमको पढाइ पनि सुरु हुन थाल्छ । जसमा नेपालमा जस्तै सामाजिक, गणित विज्ञान र अंग्रेजी जस्ता विषय पढाइन्छ । अंग्रेजीबाहेक सबै विषय जापनिजमा पढाइन्छ । पढाइमा कुनै जबर्जस्ती हुँदैन । रहर लागेको नै पढ्न छुट दिइन्छ र त्यसमै भविष्यमा केन्द्रित गराइन्छ । पढाइमा कमजोर हुनेलाई अन्य जे कुरामा रुचि छ त्यही नै गर्न दिइन्छ । त्यसपछि उच्च शिक्षाको यात्रा सुरु हुन्छ ।

(लामो समय जापानमा बसोबास गरेकी खरेलले  त्यहाँ शिक्षण पेसासमेत गरेकी थिइन् । हाल उनी काठमाडौं प्रज्ञाकुञ्ज स्कुलकी निर्देशक हुन् ।)

सभार : अनलाईन खबर डटकम
साझा खोज

साझा खोज

Next Post
रिस उठेको बेला के गर्छन मानिस…………. ?

रिस उठेको बेला के गर्छन मानिस............. ?

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.