Khoj
Tuesday, July 28, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ


मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ

१६ फागुन, काठमाडौं । सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिए । करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा थिए, व्यवसायी ठाकुरप्रसाद अधिकारी । उनी दरबारमार्गमा रहेको कपडा पसलको सटर बन्द गरेर आन्दोलनमा आएका थिए । दरबारमार्ग परिक्रमा गरिरहेको आन्दोलनको भीडमा अधिकारी उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ देऊ, पार्किङ नदिए राजिनामा देऊ ।’

अधिकारीकाअनुसार महानगरले पार्किङ हटाएपछि पसलको व्यापार चौपट भएको छ । दरबारमार्ग क्षेत्रमा पार्किङ छैन भन्दै ग्राहक नै नआएको अधिकारीले बताए । पार्किङ अभावमा उनी र छिमेकीका व्यवसाय ६० प्रतिशतले घटेको अधिकारी बताउँछन् । उनी सहभागी विरोध र्‍यालीमा अगाडि रहेकाहरुले सिट्टी फुक्दै भन्छन्, ‘मेयर साप, पार्किङ नदिए राजिनामा देऊ ।’ अधिकारी ‘हो–हो’ भन्दै ताली पिट्छन् ।

सामान्यतय साँझ पर्नै लाग्दा दरबारमार्ग क्षेत्रमा चहलपहल बाक्लिन्छ । तर, सोमबार अपरान्ह व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर महानगरविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनमा भेटिएकाहरुको एउटै स्वर थियो ‘महानगर पार्किङ देऊ ।’

आन्दोलनमा रहेका ज्ञानेश्वर श्रेष्ठ दरबारमार्गमा ज्वेलरी पसल सञ्चालन गर्छन् । श्रेष्ठकाअनुसार १९ पुसमा महानगरले दरबारमार्ग क्षेत्रबाट एक्कसी एक लाइन पार्किङ हटाएपछि यहाँका व्यवसायीहरु निकै ठूलो संकटमा परेका छन् । केही विकल्प होलाकि भनेर कुर्दा कुर्दै हरेक दिन व्यवसाय चौपट भइरहेको उनले बताए । ‘पार्किङ हटायो भन्ने खबरले मानिस नै दरबारमार्गमा आउँदैनन् । यहाँ सुनसान भइसक्यो,’ श्रेष्ठले भने, ‘अब कसरी सहनु ? हामी भाग्नु अघिको अवस्थामा आन्दोलनमा छौं । ’

किनमेल र घुमफिरका लागि प्रख्यात रहेको दरबारमार्ग अहिले साँझ ६ बजेपछि नै सुनसान हुने गरेको उनले बताए । उनले महानगरको पार्किङ व्यवस्थित गर्ने कार्य सही भएपनि विकल्पविहीन निर्णयको विरोध गरिएको उनले बताए ।

पार्किङका लागि भनेर निर्माण गरिएको ठाउँमा महानगरले अनुचित काम गरेको उनले बताए । कुनै विकल्प नदिई गरिएको निर्णयका कारण ग्राहक दरबारमार्ग नआएको र व्यवसायी भाग्नु पर्ने अवस्था सृजना भएको अधिकारीले बताए । ‘करोडौं खर्च गरेर यस क्षेत्रमा व्यवसाय गरिरहेकाहरु ग्राहक नआउने वातावरण पछि कहाँ जाने ?,’ अधिकारी प्रश्न गर्छन्, ‘यसबारे मेयर बालेनले सोच्नु पर्छ ।’

पटक–पटक मेयरसँग यसबारे छलफलका लागि भेट्न जाँदा भेट्न अस्वीकार गरेको पनि अधिकारीले बताए । ‘हामीले लिखित रुपमा मेयरको सचिवालयलाई यसबारे जानकारी गराएका छौं । तर यलाई बेवास्ता गरियो,’ अधिकारी भन्छन्, ‘अब महानगरले बेवास्ता गरे सडकमा जबरजस्ती पार्किङ गर्छौँ ।’

दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतिले दरबारमार्गको पार्किङ हटाउने निर्णय फिर्ता हुनु पर्ने बताए । महानगरले एक पक्षीय ढंगबाट पार्किङ हटाएर अन्याय गरेको र दरबारमार्गको ऐतिहासिक महत्व नबुझको कक्षपातिको भनाइ छ । ‘पार्किङ गर्न कै लागि भनेर बनाएको ठाउँबाट सवारी साधन हटाइनु सर्वथा गलत हो’ कक्षपातिले आक्रोसित हुँदै भने, ‘दरबारमार्गको पार्किङले कसलाई असर गरेको छ ? यो कुरा मेयर बालेनले प्रष्ट्याउनु पर्छ ।’गत १९ पुसमा ट्राफिक प्रहरीको आग्रहमा महानगर प्रहरीले दरबार मार्ग क्षेत्रको बायाँतर्फको सडकको एकतर्फी पार्किङ हटाएको थियो । पार्किङ हटेका कारण त्यस क्षेत्रमा रहेका करिब ३ सय वटा पसल कबुलमा ग्राहक नआएको व्यवसायीहरुको आरोप छ ।

दरबारमार्ग क्षेत्रमा निकै कम मात्रामा बेसमेन्ट पार्किङ रहेको भन्दै व्यवसायीहरुले ग्राहकका लागि त्यसबाट नपुग्ने बताए । दरबारमार्ग विकास बोर्डकाअनुसार अहिले हटाइको क्षेत्रमा करिब ३ हजार मोटरसाइकल र एक सय हाराहारी गाडी पार्किङ गर्न मिल्ने अवस्था थियो । पार्किङको समस्या घरबेटीको होकी महानगरको भन्ने जिज्ञासामा बोर्डका पूर्वअध्यक्ष कक्षपातिले भने, ‘व्यवसायी र कर्मचारीको पार्किङ घरबेटीको हो । तर ग्राहकको पार्किङ व्यवस्था राज्यले गर्नुपर्छ । विना विकल्प हटउन पाइन्न ।’

दरबारमार्गमा पार्किङको वैकल्पिक उपायबारे सडकको कुनै एक भाग प्रयोगबाहेक अन्य कुनै विकल्प नरहेको पनि बोर्डको दाबी छ ।

साझा खोज

साझा खोज

Next Post
फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?

फागुन २५ अघि नै सरकारमा जाला कांग्रेस ?

सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी

छुवाछूत काण्ड, पालिका अध्यक्षले मागे माफी

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.