Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?


मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

डा. विनय भट्टराई

सुरुवाती अवस्थामै हो भने मधुमेहलाई खानपान र व्यायामबाट नै नियन्त्रण गर्न सकिन्छ । तर यसरी नियन्त्रण नभएमा बिरामीको अवस्था हेरेर विभिन्न प्रकारका औषधि दिइन्छ ।

सामान्यतया मधुमेहको बिरामीलाई मेटफर्मिन, सल्फोनाइलुरिया, डापाग्लिफ्लोजिन र इन्सुलिनलगायत औषधि दिइन्छ । सल्फोनाइलुरिया औषधि खानाको २० मिनेटअघि खानुपर्छ भने मेटफर्मिन खानापछि खानुपर्छ ।

यदि औषधि छुटेमा के हुन्छ ?

मधुमेहको औषधिले शरीरमा सुगर लेभल नियन्त्रण गर्ने भएकाले सकेसम्म यो औषधि खान छुटाउनु हुँदैन । एक–दुई पटक औषधि छुटेको छ भने सम्झने बित्तिकै औषधि खानुपर्छ । केही कारणवश लामो समय औषधि छुट्यो भने शरीरमा सुगर लेभल बढ्छ र त्यसले अन्य समस्या ल्याउँछ । सुगर लेभल नियन्त्रणमा नहुँदा आँखा, मिर्गौला, मुटुलगायत अंगमा सोझो असर पर्न सक्छ ।

औषधिले कसरी काम गर्छ ?

मधुमेहका विभिन्न औषधिले छुट्टाछुट्टै काम गर्छन् । मेटफर्मिनले शरीरको इन्सुलिनलाई झन् राम्रोसँग काम गर्न सघाएर कलेजोमा चिनीको उत्पादन घटाउँछ । सल्फोनाइलुरियाले प्याङ्क्रियाजलाई धेरै इन्सुलिन बनाउन सहयोग गर्छ र शरीरलाई इन्सुलिनको प्रयोग गराउन सहयोग गर्छ ।

डापाग्लिफ्लोजिनले रगतमा चिनीको मात्रा घटाउने काम गर्छ । यसले पिसाबमार्फत शरीरबाट अतिरिक्त ग्लुकोज हटाउन मद्दत गर्छ । कहिलेकाहीं के हुन्छ भने औषधि खाँदा पनि सुगर लेभल नियन्त्रण हुँदैन । टाइप वान मधुमेह भएर शरीरमा इन्सुलिन उत्पादन हुँदैन । यस्तो अवस्थामा अतिरिक्त इन्सुलिन दिनुपर्ने हुन्छ ।

कस्तो अवस्थामा इन्सुलिन दिइन्छ ?

टाइप वान मधुमेहमा शरीरमा मधुमेह उत्पादन नै हुँदैन, त्यसैले यस्ता बिरामीलाई इन्सुलिन दिइन्छ । सुरुमै एकदमै उच्च ग्लुकोज भएर आएका बिरामीहरू छन् भने तुरुन्तै नियन्त्रण गर्न सुरुकै अवस्थामा इन्सुलिन दिइन्छ ।

औषधि खाँदा मधुमेह नियन्त्रण नभएमा पनि इन्सुलिन दिइन्छ । कुनै पनि कारणले बिरामी अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था आएमा इन्सुलिन सुरु गर्नुपर्ने हुन्छ । यसैगरी मिर्गौलाको समस्या छ र मिर्गौलाको समस्याले औषधि चलाउन सकिएको छैन भने मधुमेह नियन्त्रणको लागि इन्सुलिन चलाउनुपर्ने हुन्छ ।

इन्सुलिन किन दिइएको हो ?

टाइप वान मधुमेह भएर शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि शरीरमा इन्सुलिन पुर्‍याउन इन्सुलिन दिइन्छ । औषधिबाट मधुमेह नियन्त्रण नभएको अवस्थामा पनि इन्सुलिन दिनुपर्छ ।

इन्सुलिन लिन छुटेमा के गर्ने ?

टाइप वान मधुमेहमा त इन्सुलिन छुटाउन मिल्दैन । छुट्यो भने सुगर लेभल बढेर अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । टाइप टुमा भने एक पटक वा इन्सुलिन छुटेमा सुगर लेभल नापेर सम्झने बित्तिकै लगाइहाल्नुपर्छ ।

इन्सुलिन कुन समयमा दिनुपर्छ ?

शरीरमा एउटा इन्सुलिन चौबिसै घण्टा निस्कन्छ भने अर्को चाहिं खाना खाएपछि निस्कन्छ । खाना खाएपछि निस्कने इन्सुलिनको कमी भएको छ भने खाना खानुभन्दा अघि दिइन्छ । चौबिसै घण्टा निस्कने इन्सुलिनको कमी भएको हो भने जुन समयमा दिंदा पनि हुन्छ ।

टाइप वान मधुमेहमा इन्सुलिन उत्पादन नै हुँदैन त्यसैले जीवनभर दिनुपर्छ । टाइप टुमा मधुमेहमा औषधिले काम नगरेर इन्सुलिन दिएको छ भने त्यसलाई पनि छोड्न मिल्दैन । टाइप टुमा खानपान र व्यायाम गरेर मधुमेह नियन्त्रण भयो भने चाहिं इन्सुलिन छुटाउन पनि सकिन्छ ।

(डा. भट्टराई थाइराइड तथा मधुमेहरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन् । डा. भट्टराईसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

साझा खोज

साझा खोज

Next Post
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

सरकारले जग्गाको कित्ताकाट खोल्यो

सरकारले जग्गाको कित्ताकाट खोल्यो

आदिवासी जनजातीका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

आदिवासी जनजातीका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

कित्ताकाटमा लहान प्रथम, वडा नम्बर – ४ बाट सुरु

कित्ताकाटमा लहान प्रथम, वडा नम्बर - ४ बाट सुरु

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.