Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध


६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ ।४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए ।

तर अदालतको आदेशपछि जोनाथनले थप शुक्रकिट दान गर्न सक्नेछैनन् । यदि अदालतको आदेश उल्लंघन गरेमा उनीमाथि एक लाख १० हजार डलर जरिवाना हुनेछ ।जोनाथनको शुक्रकिटबाट विश्वभर गरी करीब ६ सय बच्चा जन्मिसकेका छन् । उनी ती सबै बच्चाका जैविक पिता हुन् । अब अदालतले उनीमाथि थप बच्चाको पिता बन्नबाट रोक लगाएको छ ।

उनले अब थप वीर्यदान गर्न त सक्ने छैनन् नै पहिले दान गरेको वीर्य पनि नष्ट गर्नुपर्नेछ । आफूले पहिले दान गरेको शुक्रकिट यदि कुनै शुक्रकिट बैंक वा क्लिनिकहरूमा मौज्दात रहेमा त्यसलाई नष्ट गर्नका लागि लिखित रुपमा निवेदन दिन पनि अदालतले जोनाथनको नाममा आदेश दिएको छ । तथापि यदि उनको शुक्रकिटलाई कुनै दम्पतीले पहिले नै बुकिंग गरिसकेको भएचाहिं त्यो लैजान पाउनेछन् ।

जोनाथन मिजरको जिवन तथा शुक्रकिट दानको सिलसिला सामान्य रुपमै चलिरहेको थियो । तर जब एउटा नागरिक संस्थाले उनीविरुद्ध अदालतमा मुद्दा हाल्यो तब परिस्थिति बदलियो ।

अदालतमा दायर गरिएको मुद्दामा मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ । त्यस्तो यौन सम्बन्ध तथा प्रजनन इनसेस्ट वा इनब्रिडिंगको प्रक्रिया हुनेछ, जुन पूरै मानवताका लागि नै खतरनाक हुने पनि अदालती निवेदनमा दाबी गरिएको थियो ।

मिजरको शुक्रकिट दानको समाचार सबैभन्दा पहिले सन् २०१७ मा सार्वजनिक भएको थियो । उनले त्यसबेला ठूलो परिमाणमा शुक्रकिट दान गर्दथे । त्यसपछि उनलाई नेदरल्याण्डका फर्टिलिटी क्लिनिकहरुमा शुक्रकिट दानका लागि कालोसूचीमा राखियो । किनकि उनी नेदरल्याण्ड्समा मात्रै १०० बच्चाको जैविक पिता बनिसकेका थिए ।

नेदरल्याण्ड्समा कालोसूचीमा परेपछि उनले अन्य देशका क्लिनिकहरुमा शुक्रकिट दान गर्न सुरु गरे । त्यसपछि उनले डेनिस शुक्रकिट बैंक क्रायोसलाई छाने । क्रायोसका विभिन्न शाखाहरु विश्वका विभिन्न देशमा रहेका छन् । उनले सबैजसो शाखाहरुमा शुक्रकिट दान गर्न भ्याए । जसका कारण उनी विश्वका कैयन् देशका बच्चाहरुको जैविक पिता बन्न सफल भए ।

जोनाथनले शुक्रकिट बिक्री गर्नका लागि धेरैपटक आफ्नो नामसमेत परिवर्तन गरेका थिए । उनले फर्टिलिटी सेन्टरमा थोकमा शुक्रकिट दान गर्ने मात्र नभइ आफ्नो शुक्रकिटको खुद्रा व्यापार पनि गर्ने गरेको बताइएको छ ।

एजेन्सी:

साझा खोज

साझा खोज

Next Post
कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन

रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन

आज पत्रकारिता दिवस मनाइँदै

आज पत्रकारिता दिवस मनाइँदै

संसदमै अर्धनग्न बने अमरेशकुमार सिंह

संसदमै अर्धनग्न बने अमरेशकुमार सिंह

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.