लहान २८, वैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. – ५ कल्याणपुर टोलमा आज विहान आगलागी भएको छ । सवुरी यादवको फुसको भान्सा कोठामा विहान करिव ९ः ३० बजे अचानक आगलगी भएको स्थानीयहरुले सझाखोज डटकमलाई बताएका छन् । विहान खाना पकाएर चुल्होको आगो ननिभएपछी अचानक आगो सल्केको थियो ।
आगलागीबाट ४ जनाको घर जलेर नष्ट भएको छ । विसुन यादव, चन्दर यादव, रामअशिष यादवको घर र घरमा रहेको अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद , भाँडाकुँडा, सुनचाँदी लगायतका सम्पुर्ण धनमाल नष्ट भएको पीडित परिवारहरुले जनाएको छ । क्षतिको यकिन विवरण आउन नसकेपनी करिब ३ लाख भन्दा माथिको धनमाल जलेर नष्ट भएको बुझिएको छ । लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, स्थानीय र प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
फेटो हेर्नुस् ।















तपाईको ईमेल गोप्य राखिनेछ