Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?


दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

डा. पुनम नेपाल

शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि बनाउँछ ।

सन्तुलित आहार भनेको शरीरका लागि आवश्यक सबै पोषक तत्त्व खानेकुरामा उचित मात्रामा हुनुपर्छ । हामीले खाइरहेका खानेकुरा शरीरका लागि फाइदाजनक नै हुन्छ भन्ने हुँदैन । त्यसैले आयुर्वेदमा मानिसको ऋतु र शारीरिक संरचना (स्वभाव) अनुसार खाने-पिउने समय तोकिएको छ । त्यसैले आयुर्वेद अनुसार के र कहिले खानेबारे जानकारी भएको खण्डमा धेरै रोगबाट बच्न सकिन्छ ।

भोजनमा के के समावेश हुनुपर्छ

आयुर्वेद अनुसार भोजन सात्त्विक हुनुपर्छ । सात्विक भोजनको विशेषता भनेको प्राकृतिक रूपमा सजिलै पकाउन सकिनु, भरपुर पोषण दिनु, शरीरलाई हल्का गराउनु,  ऊर्जा दिनु आदि हुन् । जसकारण आयुर्वेद क्षेत्रमा सात्विक भोजनलाई मानव शरीरको विकास, स्वस्थता र दीर्घ जीवनको लागि उत्तम मानिन्छ ।

सात्विक खानामा प्रकृतिले दिएको मौसमी फलफूल र तरकारी, दूध र दुग्धजन्य पदार्थ, अन्न, दाल, गेडागुडी समावेश हुन्छन् । जसमा गुलियो, नुनिलो, अमिलो, टर्रो, पिरो र तीतो रस पाइन्छ ।

सधैंभरि खान मिल्ने र ऋतु विशेष गरेर खाना मुख्यतया दुई प्रकारको हुन्छ । सधैं खाइने खाना पुरानो हुनुपर्छ भने तरकारी फलफूल ऋतु विशेष हुनुपर्छ । किनकि नयाँ अन्न भन्दा पुरानो अन्न राम्ररी पच्छ र मौसमी तरकारी फलफूलमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स हुन्छ ।

कति मात्रामा खाने ?

कस्तो खानासँगै कति मात्रामा खाने भन्ने कुरा पनि आयुर्वेदमा महत्त्वपूर्ण हुन्छ । हामीले हाम्रो पेटको खाना खाने क्षमतालाई चार भागमा विभाजन गर्नुपर्छ । चार भागमा दुई भाग हामीले ठोस खानेकुरा जस्तै दाल, भात र तरकारी खानुपर्छ । एक भाग तरल खानेकुरा जस्तै दाल, मोही, जस्ता खानेकुरा खानुपर्छ । एक भाग भने हावा पास हुन खाली छाड्नुपर्छ ।

कसरी खाने ?

खाना खाने समयमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । भोक लागिसकेपछि मात्र खानुपर्छ । जब भोक लाग्छ, शरीरमा पाचन रसहरू उत्पादन हुन्छ । तब हामीले खाएको खानेकुरा राम्ररी पच्छ ।

भोजन गर्दा हतारमा वा छिटो-छिटो गर्नु हुँदैन । भोजन बिस्तारै–बिस्तारै, प्रेमपूर्वक वा शुद्ध भावले गर्नुपर्छ । अक्सर हामी हतारमा चपाएर निल्छौं । यसो गर्दा मुखबाट निस्कने र्‍याल खानामा सही ढंगले घुलमिल हुन पाउँदैन । त्यस्तो भोजन पेटमा पुगेपछि पाचन प्रणालीलाई बोझ हुन्छ । यसले आन्द्रालाई कमजोर बनाउँछ । दाँतले पनि राम्ररी आफ्नो काम गर्न पाउँदैन, त्यसैले त्यो पनि कमजोर हुन्छ । खाना राम्ररी चपाएर खानुपर्छ, जसले गर्दा त्यसमा रहेको पौष्टिक तत्त्व हाम्रो शरीरमा राम्ररी प्राप्त हुन सकोस् । त्यसैले के भनिन्छ भने भोजनलाई त्यस बेलासम्म निल्नु हुँदैन, जबसम्म त्यो पिसिएर रसदार हुँदैन ।

यसै प्रकारले पेय पदार्थ पनि मुखमा राखेर पिउनुपर्छ । भोजन गरेको समयमा चिसो पानी पिउनु हुँदैन । भोजन गर्नुभन्दा आधा घण्टाअघि वा आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

कुन ऋतुमा के खाने, के नखाने भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ । ऋतुअनुसार खानपानमा ध्यान दिन सक्छौं भने रोग लाग्ने सम्भावना निकै कम हुन्छ । जस्तै वसन्त ऋतु चैत, वैशाखमा दही खानु हुँदैन । यो सिजनमा पाचन क्षमता कमजोर हुने भएकाले दही खाँदा पाचन प्रणाली बलियो हुन्छ ।

मौसमी खानेकुरालाई भोजनमा समावेश गर्नुपर्छ । अहिले बेमौसमी खेती भन्ने एकदमै धेरै लोकप्रिय छ । तर बेमौसमी खानेकुरा भन्दा मौसमी खानेकुरालाई प्राथमिकतामा राख्नुपर्छ ।

आयुर्वेदका अनुसार केही खानेकुराहरू मिसाएर एकसाथ पनि खान हुँदैन । जस्तो महसँग उति नै मात्रामा घिउ मिसाएर खाँदा त्यो विषाक्त हुन्छ । साथै माछामासुसँग दुग्धजन्य खानेकुरा मिसाएर खानु हुँदैन ।

राम्रो खानपानसँगै शारीरिक व्यायाम पनि त्यत्तिकै महत्त्वपूर्ण छ दीर्घजीवनको लागि । त्यसैले दीर्घजीवनको लागि राम्रो खानपान शैलीसँग दैनिक योग र व्यायाम पनि गर्नुपर्छ ।

(आयुर्वेदिक चिकित्सक डा. नेपालसँग कुराकानीमा आधारित)

साझा खोज

साझा खोज

Next Post
हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.