८ साउन, काठमाडौं । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो ३ घण्टायता फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्र भई बहने खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन आह्वान गरेको छ ।
अहिले नेपालमा मनसुन सुषुप्त अवस्थामा छ । तर स्थानीय प्रणालीका कारण बिकसित बादल देशभर घुमिरहेकाले एक-दुई स्थानमा भारी वर्षा भएको मौसमविद विनोद पोखरेलले जानकारी दिए ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति र भोलि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











तपाईको ईमेल गोप्य राखिनेछ