Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

आँखा पाक्ने रोग लागिहाले के गर्ने ?


आँखा पाक्ने रोग लागिहाले के गर्ने ?

काठमाडौँ। मौसम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग ‘कन्जन्टिभाइटिस’ देशैभर फैलिरहेको छ। कतिपय विद्यालयहरुका बालबालिका, शिक्षक,  कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा आखाँ पाक्ने समस्या भएको पाइएको छ। विद्यालय, कलेज जस्ता धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ।

एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले आँखा पाक्ने एकैपटक धरैजनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ। ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन्।

प्रमुख लक्षणहरु
१. अचानक एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२. आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
३. आँखाबाट बारम्बार पानी बगिरहने
४. आँखामा कचेरा लाग्ने तथा टाँसिने
५. आँखाबाट आँसु बगिरहने
६. आँखा सुन्निने
७. आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।
८.  कहिलेकाँही रुघा खोकी पनि लाग्न सक्छ।
९.  कान तथा घाँटीको छेउछाउमा सुनिन पनि सक्छ।

यस्तो समस्या भएमा के गर्ने?

१. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्छ तर आँखा  भित्र पानी पार्नु हुँदैन।
२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने
३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न नदिने
४. सके सम्म एक्लै सुत्ने, भिड भाड हुने ठाउहरुमा नजाने
५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने
६. कालो चस्माको प्रयोग गर्ने

यस्ता लक्षण भएका मानिसको आँखामा हेर्दा, आँखामा आँखा जुधाउँदा, सँगै बस्दा, कुराकानी गर्दा, सँगै खाना खाँदा सर्छ भन्ने गलत धारणा  छ। यसो गर्दा एक मानिसबाट अर्को मानिसमा  सर्दैन। जबसम्म रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमबाट अर्को मानिसको आँखासम्म पुग्दैन तबसम्म सर्दैन।

उपचार:
यदि कसैमा यस्तो किसीमको समस्याहरु देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा  ठूलो समस्याबाट बच्न सकिन्छ।साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ। आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ। आँखाको नानीमा दाग तथा फुलो बस्ने जोखिम हुन्छ । आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता समस्याहरु पनि हुन सक्छ।

यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ। जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्ने जोखिम हुन्छ। तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ।

घरको औषधि एकै किसिमको भए पनि यदि दुइजनालाई यसको संक्रमण भएको छ भने छुट्टा छुट्टै औषधिको प्रयोग गर्नु पर्छ र अलग अलग ठाउँमा राख्ने गर्नु पर्छ। औषधि लगाइसकेपछि हरेक पटक राम्रोसँग साबुन पानीले हात धुनु पर्छ।

साझा खोज

साझा खोज

Next Post
लहान वडा नं. १ मा आगलागी

लहान वडा नं. १ मा आगलागी

प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन

प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.