Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

०१५ को चुनावमै उठेका थिए २६८ स्वतन्त्र उम्मेदवार


०१५ को चुनावमै उठेका थिए २६८ स्वतन्त्र उम्मेदवार

काठमाडौं । ६४ वर्ष अगाडि २०१५ मा भएको पहिलो संसदीय चुनावमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार थिए । राणाशाहीको पञ्जाबाट मुक्त भएर मुलुक प्राजातान्त्रिक व्यवस्थातिर लम्किदै गर्दा दलका उम्मेदवारसँगै साढे दुई सय भन्दा बढी स्वतन्त्र उम्मेदवार चुनावमा उत्रिएका थिए ।

१ सय ९ सिटका लागि भएको चुनावमा राजनीतिक दलहरु मध्ये कसैले पनि १ सय ९ वटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन सकेका थिएनन् । तर, स्वतन्त्र उम्मेदवारको संख्या भने २६८ थियो । यो चुनावमा राजनीतिक दलहरुमा सबैभन्दा धेरै १ सय ८ उम्मेदवार कांग्रेसले मात्र उठाएको थियो ।

२०१५ यताका ६४ वर्षमा नेपालले पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र गरेर तीनवटा शासन व्यवस्था भोगिसक्यो । यो अवधिमा राजनीतिक, सामाजिक परिवर्तन भएपनि स्वतन्त्र उम्मेदवारको लहर भने ६४ वर्ष अगाडि जस्तै यसपटक पनि देखिएको छ ।

संसदीय चुनाव अगाडि भएको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपी हमालको विजयले धेरैलाई संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्न हौस्याएको छ ।

०१५ मा ९ वटा राजनीतिक दल चुनावी मैदानमा थिए । १०९ सिटका लागि भएको चुनावमा ९ वटै राजनीतिक दलका कुल उम्मेदवार ५१८ थिए । स्वतन्त्र र राजनीतिक दलका गरेर ७८६ उम्मेदवार चुनावी मैदानमा थिए ।

राणा र कांग्रेसको संयुक्त मन्त्रिमण्डल सहित २०१५ सम्म ८ वटा सरकार परिवर्तन भए । यो राजनीतिक अस्थिरतालाई दलहरुको गलत काम करार गर्दै स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए ।

स्वतन्त्र उम्मेदवारको लहरबारे लिलाभक्त मुनकर्मी आफ्नो किताब ‘नेपालको आधुनिक इतिहास’मा लेख्छन्, ‘यिनीहरु आ-आफ्नो जिल्लामा भएका समस्याहरु राखेर सरकारले गरेका अन्यायहरुको घोर भत्र्सना गर्दै पार्टीभित्र भएको खिचातानी समाप्त गर्न आफ्नो व्यक्तित्व प्रदर्शन गरी प्रचारमा लागेका थिए ।’

दलहरुको प्रतिको वितृष्णा कतिसम्म थियो भन्ने एउटा उदाहरण हो उपत्यका (काठमाडौं) क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवार बनेका लालसिंह महर्जन ‘किसान’को घोषणापत्र ।

घोषणापत्रमा महर्जनले त्यतिखेरका सबै राजनीतिक दलको चर्को आलोचना गरेका छन् । बीपी र मातृकासहित कोइराला बन्धु र कांग्रेसलाई पदलोलुपहरुको समूहको आरोप लगाउँदै उनी लेख्छन्, ‘जनताको आवाज, जन कल्याण्को भावनालाई कुल्चेर प्रगति विरोधी कांग्रेस र त्यसका पद लोलुप नेता कोइराला बन्धुहरुले दिल्ली सम्झौता गरी क्रान्तिलाई दबाए ।’

नेपाली कांग्रेसलाई ‘फासिस्ट’ संगठन भएको आरोप लगाउँदै महर्जनले कांग्रेसले मजदुर, किसानको मिठो सपना भंग गरेको आरोप लगाएका थिए ।

कम्युनिष्ट पार्टीले पनि किसान र आम जनतालाई धोका दिएको आरोप उनले लगाएका छन् । उनी घोषणापत्रमा लेख्छन्, ‘२००९ सालमा रौतहटमा कम्युनिस्टले किसानलाई भड्काएर कृषि क्रान्ति सुरु गरे । तर, जब सरकारको दमन सुरु भयो कम्युनिस्टहरु भागे । किसान तवाह भए । कम्युनिस्टको पछि लागेर किसानले धोका सिवाय अरु के पायो ?’

यस्तै अर्को उदाहरणसहित उनी कांग्रेसको आलोचना गर्छन्, ‘२००३ सालमा कांग्रेसले विराट नगरमा मजदुरहरुलाई भड्काएर संघर्ष सुरु गर्यो । तर, आफ्नो सरकार गठन भएपछि मजदुरमाथि गोली चलायो, मोल बन्द गरायो । मजदुर गरिब थियो, भोकै मर्नुपर्ने भयो ।’

कुनै पनि राजनीतिक दलले मजदुर, किसान र आम मानिसको भलाइका लागि काम नगरेको दाबी गर्दै उनी राजनीतिक दलमाथि खनिन्छन् । उनी लेख्छन्, ‘आज यो स्पष्ट भएको छ कि कुनै पनि पार्टीले किसान भलाइको लागि अघि सर्ने छैन । आफै जमिनदार छ । आफ्नु पार्टी नै सामन्तवादी छ । उनीहरु सामन्त -भूमिपति) हरुकै भलाइमा बोल्ने छ, चल्ने छ ।’

कम्युनिस्ट पार्टीले आफ्नो घोषणापत्रमा गोर्खा भर्ती केन्द्र बन्द गराउने उल्लेख गरेको स्मरण गर्दै महर्जनले आफ्नो घोषणापत्रमा ‘कम्युनिष्ट भर्ती केन्द्र’ पनि बन्द गराउने उल्लेख गरेका थिए ।

आफूलाई ‘किसान’को हिमायती दाबी गर्दै लालसिंह महर्जनले घोषणापत्रको सुरुवातमै आफू चुनाव जितेर संसदमा पुगेपछि किसान, मजदुर र मध्यम वर्गको भलाइका लागि अवस्था अनुसार राजनीतिक दल, स्वतन्त्र सांसदसंग मिलेर काम गर्ने वाचा गरेका थिए ।

महर्जनले चुनाव भने जितेनन् । उनको क्षेत्रबाट कांग्रेस नेता गणेशमान सिंहले १० हजार ९ सय ८६ मत ल्याएर चुनाव जिते । महर्जनले १ सय ९१ मत मात्र ल्याए । काठमाडौं क्षेत्र नम्बर १ मा महर्जन सहित चार जना स्वतन्त्र उम्मेदवार थिए ।

स्वतन्त्र उम्मेदवार बनेका २६८ मध्येमा सप्तरी पश्चिम क्षेत्र नम्बर ३७ बाट हरिहरलाल चौधरी, क्षेत्र नम्बर ४६ सर्लाहीबाट रामदुलार । क्षेत्र नम्बर ७३ जुम्ला उत्तरबाट भीमप्रसाद श्रेष्ठ र क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणबाट जयबहादुुर महत क्षेत्री गरेर चार जनाले मात्र चुनाव जिते । २४६ जनाको त जमानत (धरौटी) नै जफत भयो । यो चुनावमा २५० रुपैयाँ धरौटी तोकिएको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल मतको ६ भागको एक भाग मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने नियम थियो ।

गृष्मबहादुर देवकोटाको किताब ‘नेपालको राजनीतिक दर्पण भाग-२’ मा प्रस्तुत तथ्यांक अनुसार ४५ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि पाएनन् ।

०१५ को चुनावमा उठेका कतिपय स्वतन्त्र र दलकै उम्मेदवारलाई राजा महेन्द्रले दलका उम्मेदवार हराउन उठाएको आरोप पनि लाग्दै आएको छ । मोरङ दक्षिण विराटनगरबाट साढे नौ हजार मत ल्याएर चुनाव जितेका कांग्रेस संस्थापक नेता बीपी कोइरालाका निकटतम प्रतिस्पर्धी भएका दिलबहादुर श्रेष्ठलाई दरबारले चुनाव उठाएको आरोप लगाउँछन् राष्ट्रिवादी गोर्खा परिषद्का नेता (पछि कांग्रेस) भरतशमशेर ।

इतिहासकार डा. राजेश गौतमले लेखेको शमशेरको अन्तर्वार्ता किताब ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर’ मा उनी भन्छन्, ‘बीपीविरुद्ध राजदरबारद्वारा प्रस्तुत स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले पनि घुँडा टेके ।’ ०१७ मा महेन्द्रले ‘कु’ गरे शासन सत्ता आफ्नो हातमा लिएपछि महेन्द्रले २०२० मा श्रेष्ठलाई पञ्चायत सहायक मन्त्री नियुक्त गरेका थिए ।

त्यसो त भरतशमशेरले आफ्नो विरुद्ध पनि राजाले उम्मेदवार खडा गरेको आरोप लगाएका छन् । ‘मेराविरुद्ध खडा गराइएको रानी -रत्नराज्यलक्ष्मी) को मामा योगविक्रम शाहको जमानत जफत भयो,’ भरतशमशेरले भनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरबाट भरतशमशेरले ८ हजार ८८० मत ल्याएर चुनाव जितेका थिए भने । स्वतन्त्र उम्मेदवार बनेका रानीका मामा योगविक्रम शाहले ७७६ मत पाएका थिए ।

पोखरा पश्चिम क्षेत्र नम्बर ९९ बाट स्वतन्त्र उम्मेदवार बनेका राजा महेन्द्रका ससुरा हरिशमशेर जबराले पनि चुनाव हारेका थिए । उनलाई नेपाली कांग्रेसका मीनबहादुर गरुङंले हराएका थिए ।

भरतशमशेरले भने जस्तै सबैतिर दरबारले स्वतन्त्र बनाएर आफ्ना उम्मेदवार नपठाएको बताउँछन् इतिहासकार डा. राजेश गौतम । उनी भन्छन्, ‘केही स्वतन्त्र उम्मेदवारलाई दरबारको सहयोग थियो । तर, अधिकांश उम्मेदवार भने सांसद बन्न पाइने लोभमा चुनावमा उठेका थिए ।’

चुनावी इतिहासका जानकार डिल्लीराम मिश्रका अनुसार कतिपय स्वतन्त्र उम्मेदवारहरु दलबाट टिकट नपाएपछि आफूलाई स्वतन्त्र करार गर्दै ‘बागी’ उठेका थिए । ‘०१५ को चुनावमा दलहरुसंगको आक्रोशले नै स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको हो । तर, कतिपय उम्मेदवार भने दलबाट टिकट नपाएपछि बागी बनेर उम्मेदवारी दिएका थिए’ उनी भन्छन् ।

०१५ को चुनावमा स्वतन्त्र उम्मेदवारले घडी, चरा, माछा, घैला, पानस, हात्ती, तराजु, घण्टा, सारंगी, मसी कलम, धारा, घोडा, डुंगा र फूल चुनाव चिहृन पाएका थिए । अहिले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पाएको ‘घण्टा’ चुनाव चिहृन पाएका थिए काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालसिंह महर्जनले । ‘किसानको जय गराउन घण्टालाई भोट दिनुहोस्’ भन्दै उनले आफ्नो प्रचार-प्रसार गरेका थिए ।

अहिले स्वतन्त्र उम्मेदवारले दलतन्त्रको विरोध गर्दै मतदाता आकषिर्त गर्न अनेक घोषणा गरे जस्तै महर्जनले आफूले वाचा गरेको काम गर्न नसकेमा सांसद पदबाट हटाउने अधिकार जनतालाई दिने घोषणा गरेका थिए ।

उनले आफ्नो घोषणापत्रको अन्तमा लेखेका थिए, ‘श्री लालसिं महर्जनले यस घाोषणपत्र बमोजिम काम नगरेमा, गर्न नसकेमा वहाँलाई संसदबाट फिर्ता बोलाउने शक्ति यस लालसिंह चुनाव सहायक कमिटीलाई लेखिदिएको छ ।’

साझा खोज

साझा खोज

Next Post
डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.