Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?


डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

काठमाडौं । काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । काठमाडौंका धेरैजसो अस्पताल डेंगुको बिरामीले भरिन थालेका छन् । डेंगु विरुद्धको खास उपचार र औषधि नभएकाले लक्षण अनुरुप औषधि दिइने गरिएको छ । खासगरी डेंगुको संक्रमणमा उच्च ज्वरो आउने भएकाले पारासिटामोल खान दिइन्छ ।

अहिले डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको माग उच्च छ । यद्यपि धेरैजसो ठाउँमा पारासिटामोलको अभाव हुन थालेको देखिन्छ । डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको एक औषधि वितरक स्वीकार्छन् । उनका अनुसार बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् । उनीहरुका अनुसार जतिबेला महामारी बढ्छ, त्यसबेला व्यवसायीले सिटामोलको अभाव गराउँछन् ।

सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ । यसैगरी सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ ।

केही वर्षअघि सरकारले सिटामोलको प्रति ट्याब्लेट एक रुपैयाँ भन्दा बढी लिन नपाउने भनेर तोकेको थियो । तर औषधि उत्पादक संघले एक रुपैयाँ एमआरपी भएको सिटामोल बनाउँदा घाटा हुने भन्दै उत्पादन नगरेकाले बजारमा अभाव भएको हुनसक्ने वितरकको दाबी छ । सिटामोलको मूल्य समायोजन हुनुपर्ने भन्दै पटक–पटक औषधि उत्पादक र व्यवसायीले माग गर्दै आएका छन् ।

प्रत्येक घरमा अनिवार्य जस्तै भइसकेको सिटामोलको मूल्य समायोजन गरेर उत्पादन क्षमता बढाउनुपर्ने औषधि व्यवसायीहरु बताउँछन् ।

‘माग अनुसार सिटामोल उत्पादन हुन नसकेको हो,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, ‘तर बजारमा अभाव भएको छैन ।’

औषधि उत्पादकको माग बमोजिम सिटामोलको मूल्य समायोजन गर्नेबारे सरकार सकारात्मक नै रहेको उनी बताउँछन् । यद्यपि अहिले महामारी बढिरहेको अवस्थामा नयाँ मूल्य निर्धारण गर्दा सर्वसाधारण मारमा पर्ने भएकाले कुनै कदम नचालिएको केसीको भनाइ छ ।

‘उपयुक्त समयमा वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय कच्चा पर्दाथको मूल्य वृद्धि भएको अवस्थालाई पनि मध्यनजर गर्दै मूल्य समायोजन गर्ने योजना छ,’ उनी भन्छन् । विभागले औषधि उत्पादक संघलाई तत्कालका लागि सिटामोलको अभाव हुन नदिई वितरण र उत्पादनको सन्तुलन मिलाउन सूचित गरेको केसी बताउँछन् ।

‘औषधि अभाव हुन्छ भन्ने हल्ला आउनासाथ मान्छेले हत्तपत्त किनेर घरमा थुपार्ने प्रवृत्ति छ,’ उनले भने, ‘यसले पनि बजारमा अभाव भएजस्तो देखिन्छ ।’

औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले पनि औषधिको मूल्य समायोजनमा सरकारले कुनै चासो नदेखाएको कारण माग अनुसारको उत्पादन नभएको बताए । ‘सिटामोलको अभाव हुँदा मात्र उत्पादनको कुरा निस्किन्छ, बेलामा कसैले यसको चासो देखाउँदैन । २०६४ सालको मूल्य निर्धारणले अहिले चल्न सकिंदैन,’ उनी भन्छन्, ‘सरकारलाई पटकपटक मूल्य समायोजन गर्न आग्रह गर्दै आएका छौं । तर खासै चासो देखाएको छैन ।’

भारतबाट पनि सस्तो भएकै कारण आयात हुन छाडेको उनी बताउँछन् । ‘केही ठूला कम्पनी र पुरानो कम्पनी सामुदायिक उत्तरदायित्वको हिसाबले बनाइरहेको हुँदा माग अनुसारको उत्पादन नभएको हो,’ पाण्डे भन्छन्, ‘औषधि सस्तो र कच्चा पदार्थ महंगो हुँदा यसको उत्पादन धेरै कम्पनीले गर्न छाडेका छन् ।’

साझा खोज

साझा खोज

Next Post
‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.