- लहान ४, कार्तिक । सिरहाको लहानमा नेकपा माओवादी केन्द्र सिरहा क्षेत्र नं. – १ को क्षेत्रीय भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकापा माओवादी केन्द्रबाट लहान – २० मा दुई पटक वडा अध्यक्ष पदमा निर्वाचित गणेश कुमार चौधरीको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य सुनिता महतोको प्रमुख आतिथ्यमा भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जनाएको छ ।
४ सय भन्दा वढी नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा क्षेत्र नं. – १ भरीमा एक मात्र लहान न.पा. वडा नं.- २० बाट दुईपटक ह्याट्रीक गरि निर्वाचित भै माओवादी केन्द्रको नाम र इज्जत राख्ने वडा अध्यक्ष गणेश कुमार चौधरीलाई पार्टीले सम्मान गरिएको स्रोतबाट बुझिएको छ ।











तपाईको ईमेल गोप्य राखिनेछ